पापमय मौसमहरू त्यागेर येशूको ऋतुमा बाँचौं l

जीवनमा आएका अति संवेदनशील मौसमहरूसँग जुध्न नजान्दा थुप्रै इसाईहरूले आफ्नो परिवारलाई गुमाउनुपरेको छ l यस्ता सम्वन्ध फुटाउने मौसमहरू शैतानका लागि परमाणु बम जस्तै हुन् l यसकारण जीवनका मौसमहरूमा आउने परिवर्तनहरू थाहै नपाउने गरी एकोहोरो नहुनुहोस् l यदि तपाईं एकोहोरो हुनुहुन्छ भने, रोग, असमर्थहरू, पारिवारिक फूट र परीक्षा, यी सबै कुराले हाम्रो जीवनमा अप्रत्याशित परिवर्तन र निराशाका मौसमहरू ल्याइदिन्छन् l केहिसमय अगाडिमात्र एकजना पाष्टरको एकजना दिदीसंग मायापिरती बसेछ l आफ्नो श्रीमती हुँदाहुँदै कसैलाई काखी च्याप्नु जीवनका मौसमहरूमा आएका खराब मौसमलाई छुटाउन नसक्नु हो l जवान केटाकेटीको बारेमा यस्तो कुराहरू सुन्नु नयाँ कुरा होइन्, तर अगुवाहरूको बारेमा यस्तो कुरा सुन्नु लाजमर्दो र परमेश्वरको दृष्टिमा अपमानित हुनु हो l यी एकजना अगुवाको मात्र कुरा होइन, थुप्रै असल अगुवाहरूलाई शैतानले यौनको पीपासू बनाएर आफ्नो अधिनायकवादी मित्र बनाएका छन् l शैतानले आजको मण्डलीमा युवायुवतीहरू र अगुवाहरूलाई भौतिक कुराहरूमा आकर्षक गराएर आफ्नो दास बनाउने काम गरिरहेको छ l
म केहि यस्ता अगुवा र विश्वासीलाई चिन्दछु, जसका परिवार निकै सुन्दर थिएँ l उनीहरूको सेवाकाइ निकै फस्टाएको थियो l तर शैतानले परिवारमा ल्याएको फूट र परीक्षाको मौसमलाई छुटाउन नजान्दा उनीहरूको परिवारमा फूट आएको छ l परमेश्वरले दिनुभएको आशिषलाई पनि उनीहरूले उपभोग गर्न पाएनन् l केहि अगुवाहरू यस्ता छन्,परमेश्वरको दृष्टिमा सबैखाले खराब काम गरेर पनि आफूसँग भएको पैसाको छुरिफुरिमा छाती फुलाएर हिनिरहेका छन् l तर उनीहरूकोआत्मा स्थिल भैसकेका छन् l कतिजना पैसासँग मात्र छ, साथमा परिवार छैन l मण्डलीमा नेतृत्व छ, तर विश्वासीहरूको हृदयमा सम्मान छैन l| शैतानले थुप्रै विश्वासी र अगुवाहरूको जीवनमा यस्तै पापमय मौसमहरू ल्याइदिन्छन्, मपनि कुनै समय यो भौतिक अभिलाषाका मौसमहरूमा हराएर आएको हुँ l सायद तपाईं पनि एकजना त्यो व्यक्ति हुनुहुन्छ होला,जो पापमय मौसमहरू त्यागेर येशूको ऋतुमा रमाउँदै हुनुहुन्छ l शैतानको सबैभन्दा ठुलो षड्यन्त्र भनेको नै तपाईं र मलाई उसको अधिनमा ल्याएर, बदनाम गराउनु हो l यसकारण हाम्रो जीवनमा आउने हरेक परिवर्तित मौसमसँग लड्ने क्षमता हामीमा हुनुपर्छ l नत्रता शैतानले हामीलाई कहिले पैसा देखाएर र कहिले शरीरको अभिलाषाहरूलाई नजिक ल्याईदिएर् उसको राजदुत बनाउने योजनामा ठुलो सफलता कमाउनेछ l फलानो भाईले फलानो बहिनीलाई भगाएर लग्यो, फालानो बहिनी फलानोसँग भागेर गयो भन्ने कुरा हामीले धेरै सुनेका छौं l तर फलानो पास्टरले भगाएको, घरमा श्रीमती हुँदाहुँदै अर्कोलाई रखेल बनाएको त्यति सुन्नुभएको छैन होला, तर मैले सुनेको पनि छु l देखेको पनि छु l तीनवटी विवाह गर्ने पास्टरदेखी, आफ्नै विश्वासीको श्रीमती भगाउनेसम्म मैले देखेको छु l अनेकौं यौन काण्डमा मुछिएकहरू देखेको छु l यो वास्तवमै शैतानले परमेश्वरको राज्यलाई कमजोर बनाउन रचेको षड्यन्त्रमात्र हुन् l त्यसमै हाम्रो अगुवाहरू जाकिनु चाहिँ, उनीहरूले येशूलाई प्रेम गर्न नसकेको नतिजा हो l नेपाली मण्डलीले विश्वासीहरूको कमजोरी औल्याउने अनुमतिमात्र दिएका छन् l तर पास्टर, अगुवाको गल्ति औल्याउने अधिकार दिएका छैनन् l हामीले थुप्रै अगुवाहरूको कमजोरी नदेखे जस्तोगरी लूकाएकाले गर्दा उनीहरूलाई पनि शैतानले आफ्नो शिकार बनाएको कुरालाई नभुल्नुहोस् l यसकारण आफ्नो अगुवा, पाष्टरको कमजोरीहरूको लागि पनि प्रार्थना गरेर, कतिपय समय उनीहरूलाई पनि चेतावानी दिने सहासिक काम हामीले गर्नुपर्दछ l यस्तो गर्न नसक्दा बहुविवाह गर्नेहरू मण्डलीमा शाशन गरेर बसेका छन् l र खुलेआमरूपमा कतिजना अगुवा व्यभिचारमा संलगन भएर हिडेका पनि छन् l आजको वर्तमान समयको निम्ति यो अदेखा तर जल्दोबल्दो विषय हो l हामी सबै विश्वासीहरूले एकअर्काको निम्ति र हाम्रा पास्टर, अगुवाहरूको निम्ति दुष्टको योजनामा नपरोस् भनेर प्रार्थना गरौँ l हामी सबै शरीरमा छौं l कमजोर छौं... तर हाम्रो दुर्वलतामा परमेश्वरको अनुग्रह शिद्ध छ l आउनुहोस् पापमय मौसमहरू त्यागेर येशूको ऋतुमा बाँचौं l यसकारण पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई आत्मासंयमद्वारा वशमा राख, l कलस्सी: ३:५-६ कुनै मुल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल्य हो l हितो: ४:२३ तर म भन्दछु, आत्माको अगुवाइमा हिँड, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन l गलाती ५:१६ श्रवन बोम्जन #‎shrawanbomjan‬