म जवान भएकोले गर्दा प्राय म आफुले भोग्दै आएको अनुभवलाई समेट्दै ख्रीष्ट येशूमा मेरा जवान साथीहरुलाई केहि उत्साह दिन मन पराउछु । म पनि आत्मिक शिक्षामा पोक्त व्यक्ति त होइन र पनि आफुमा भएको सत्य अनुभवलाई एक सल्लाह, उत्साहको निम्ति आफ्नो विचार संग ब्यक्त गर्न मलाई एकदम राम्रो लाग्छ। १६ बर्षको अन्तिम महिना देखि नै प्रवासि जीवन विताउन सफल भएर होला l राम्रा नराम्रा धेरै जिन्दगीका तिता मिठा अनुभव संगाल्न म सफल भएको छु ।
गएको केहि समय अगाडी फेसबुकमा परिचय भएकी एक जना बहिनीले मलाई उनिको आफ्नो केहि समस्याको बारेमा भन्छु प्रार्थना गरिदिनु ल श्रवन दाजु भन्नुभयो ? l मैले हुन्छ्नी भन्नुसन बहिनी तपाइको समस्या के हो ? भने.. l उनीले आफ्नो समस्या यसरी राखिन, दाजू म यसपाली एकदम दुखी भएकी छु, १२ पढ्दै गरेकी थिए एउटा बिषय लागेर म उतिर्ण हुन् सकिन l अब मलाई मेरो सिंगो जीवन असफल भएको पिरले गाज्दै छ l मलाई मर्न मात्र मन लाग्छ,l त्यति लामो समय पढ्दै सफल भएर आए तर आज आएर मेरो सबै सपना चकनाचुर भयो । म सबै तिर अध्यारो मात्र भएको थाहाँ गर्छु l म कसरि परिवार साथी-भाइमा आफुलाई प्रस्तुत गरु ? मैले यो बिषयमा कसैलाई भनेको छैन,।
बहिनीले यसरि प्रार्थनाको बिषय म संग बाढ्नु भएपछी मैले सान्तवना दिने प्रयास गरे र तिम्रो लागि म सधै प्रार्थना गर्नेछु, एउटा अध्यनको एक बिषयलाई पार गर्न नसक्दा परमेश्वरले दिनुभएको यो सुन्दर जीवनलाई हेला गर्ने प्रयत्न नगर भनेर सल्लाह दिए,l र मैले देखाउन सक्ने सम्म प्रेमले उनीलाई सम्झाए l उनिको लागी मैले प्रार्थना गरे ।
आज मैले यो बिषयलाई जोड दिनुको कारण चाँही यिनी बहिनी जस्तै अरु धेरै, हाम्रा जवान-जवानिहरु यस्तै समस्यामा अल्झेर परमेश्वरले दिनुभएको सुन्दर जीवनलाई आफ्नो अधिनतामा राखेर मैले अब केहि गर्न सक्दिन म कमजोर छु म खडा हुन् सक्दिन भन्ने जस्ता भौतिक असफलताको कारण बनाएर आफुलाई दुखि जीवन बिताउन, आफ्नो रोजाइ अनुसारको जीवनलाई पक्रेर जीई रहेका छन् । तर परमेश्वरले हाम्रो जीवनलाई कति सुन्दर मौका, अनन्तको वास्ताविक जीवनको आशा दिनुभएको छ भन्ने कुरालाई सजिलै नकारी रहेका हुन्छौ ।
तपाइँ जीवनमा आइ पर्ने साना भन्दा साना असफलताको निम्ति, परमेश्वरको सुन्दर वरदान माथि प्रश्न उठाउदै हुनुहुन्छ भने कसरि परमेश्वरले दिन चाहनुभएको ठुलो सफलतालाई पार गर्न सक्नुहुन्छ र ? यो हामीले जीई रहेका जीवन हाम्रा आफ्नै होइन । मित्र, यो त परमेश्वरले दिनुभएको उहाँको असल वरदान हो । ख्रीष्टको रगतद्वारा किनिएका उहाँको निजि सम्पत्ति हो ।
हामीलाई यहाँ यस क्षणिक संसारमा आफ्नो परिचय बनाउने अवसर परमेश्वरले दिनुभएको छ,। संसारलाई तपाइँ र मैले आफ्नो असल परिचय दिनुपर्दा निश्चयनै मित्र धेरै संघर्षहरु संग जुध्नु पर्छ l हामी कयौ चोटी लड्छौ, टुट्छौ, असफल हुन्छौ फेरी क्रुसलाई पक्रेर उठ्न सक्नु, उठ्ने प्रयास गर्नु, हामीले गुमाएको साना असफलता भन्दा हजारौ गुणा ठुलो सफलतालाई पक्रिनु हो । परमेश्वरले हाम्रो पीरलाई, दुखलाई, हामी भित्र गुज्रिरहेका अदेखा दुखाइलाई नियाली रहनुभएको हुन्छ l उहाँ हामीलाई परिपक्क छोरा-छोरी भएको चाहनुहुन्छl यसैले कति अबस्थामा हामीलाई उहाँले स्थिरता पक्रिन सिकोस भन्ने हितुले त्यसै छोडी दिनुहुन्छ। तर हामी यो कुरालाई बुझ्दैनौ l उहाँको प्रेममा संखा गर्छौ l यो गलत हो ।
यहाँ संसारको भौतिक सम्पन्नता र सफल जीवनको धन शक्तिले हाम्रो जीवनलाई अनन्तको निम्ति राखिएको स्वर्गीय राज्यको प्रजा हुने अधिकार दिलाउन सक्दैन । यस संसारमा कोहि पनि अमर रहने छैन l कोहि पनि अविनाशी रहने छैन l सबैले एकदिन आफु संग भएको असल सिप,काम, वरदान, र यो दुनियालाई नै छोडेर जानु पर्छ।
कुन सफलता र कुन असफलताको सत्यता तपाइँ अपनाउन चाहनुहुन्छ ?l के पढाइमा असफल हुनाले तपाइँ निराश हुनुहुन्छ, ? l तपाइको योजना, सपना, आकांक्षा पुरा नहुनुमा तपाइँ सुन्दर जीवन देखि तर्सि रहनु भएको छ ? मित्र क्षणिक जीवनको क्षणिक बसाइको सफलतालाई हेरेर अनन्त-अनन्त पाउने असल सफल, र आनन्दको जीवनलाई आफु देखि पर राखेर नजिउनुहोस् ।
मेरो जीवनमा पनि धेरै असफलताका कुराहरु छन्, भन्ने’नै हो भने मलाई त आफुले स्कुल पढेको सम्झना पनि छैन,l तर मैले के गरे, म को हुँ भन्ने तिता अमिला नैरस्यले मलाई कमजोर बनाउन सक्दैन । म अव ख्रीष्टले मेरो निम्ति के गर्नुभयो, उहाँ मलाई कस्तो रुपमा चाहनुहुन्छ भन्ने सत्यतालाई पक्रेर क्रुसको द्वारमा खडा हुन् सिक्दै छु, ताकी त्यो अनन्तको ढोका खोलिदा म छिर्न सकु ।
मैले बुझेको जीवन चाही यहिँ हो, मृत्यु पारि हाम्रो वास्ताविक जीवन छ । त्यहाँको लागि चाहिं हामीले केहि गर्नु छ,l यहाँको असफलता केहि होइन मित्र l मृत्यु पारीको जीवनको लागि केहि असल कुरा संगाली लान सक्नु चाही हाम्रो विजय हो । वास्तविक जीवन ख्रीष्ट संग जिउनु छ । यहाँको जीवन त केहि छिनमै सबैले छाडी जानुछ । आफ्ना, पराइ, सबैलाई बिर्सी जानुछ । त्यो अनन्तको वास्ताविक सफलतालाई हेरौ,।
यहाँ हामीले दौडिने हाम्रा जीवनका भाग त केवल वास्तविक जीवनको निम्ति तयारी गरिदै गरेका नमुनाहरु हुन् । हामी यहि संसारको परिक्षणमा फेल भयौ भने कसरि वास्तविक जीवनको मूल्य पाउने ? कसरि ख्रीष्टसंगको अनन्तको जीवन बिताउन पास हुने ? यहाँको जीवन यहाँ हामीले पाएका चोला वास्तविक होइन l साँचो असली जीवन त मृत्यु पारि छ । जीवनलाई प्रेम गर्नुहोस् । परमेश्वरमा रहनुहोस् । प्रभुले सबैलाई आशिष दिउन l आमिन l
श्रवन बोम्जन ।
तपाइको प्रतिकृया पढ्न पाए म अत्यन्त खुशी हुने थिए ।
यस छोटो लेखले कसैलाई उत्साह मिल्छ जस्तो लागेमा कृपया कपि नगरी सेयेर गरिदिनुहोला ।
