एड्रिन देवान नेपाली इसाई सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायक हुन् । छोटो समयमा नै उनले सबैको प्रिय गायक बन्ने सफलता हासिल गरेका छन् । उनै देवानसँग इसाई पुस्तिका “सादृश्य”को लागि श्रवन बोम्जनले गर्नु भएको कुराकानी :
♦ आजकाल केमा ब्यस्त हुनुहुन्छ ?
सेवकाईमा नै व्यस्त छु । क्रसवे कम्म्युनिटी चर्च, एकन्तकुनामा आराधना अगुवाको जिम्मेवारी छ, साथै हप्ताभरका अरु सेवाहरू पनि संचालन गर्नुपर्ने अभिभाराहरू रहेकाले यिनै कामहरूमा व्यस्त छु ।

♦ तपाईंको बारेमा बताईदिनुहोस् न ।मचाहिँ दार्जिलिङको पेदाेंग भन्ने सानो ठाँउको निवासी हुँ । सानैदेखि प्रभु येशुको नामले दिमाग मन भरिने वातावरणमा हुर्किएँ (प्रभुलाई धन्यवाद होस्) । अनि उहाँको लागि गीतसंगीत रचना गर्ने वरदान पत्ता लागे पछि पछाडी फर्किन सकिनँ । सन २०१२ मा काठमाडौं आएर हालसम्म यहिँ नै ख्रीष्टको मण्डलीको सेवा गरिरहेको छु ।
♦ तपाईंको परिवारमा को को विश्वासी हुनुहुन्छ ?
सबै नै विश्वासी हुनुहुन्छ ।
सबै नै विश्वासी हुनुहुन्छ ।
♦ तपाईंले कहिले देखि गीत गाउन थाल्नुभयो ?
म ६–७ वर्षको हुँदा देखि नै गीत गाउँथे, स्कुलका विशेष कार्यक्रमहरूमा भाग लिनुपथ्र्यो । तर १० वर्षको उमेरमा मलाई आफैलाई गाएको मिठो लाग्न थाल्यो अनि म गाउनमा रूचि राख्न लागें ।

♦ तपाईंले पहिलोपटक गाउनुभएको गीत कुन हो ?
मैले पहिलो पटक गाएको गीत त त्यति याद भएन । स्कूलमा गाएको “ट्वीङ्न्कल ट्वीङ्न्कल लिटल स्टार” या सन्डे स्कूलमा गाएको “आजको दिन आजको दिन” यि दुईमा एक हुनपर्छ ।

♦ तपाईंले कहिलेदेखि गीत लेख्न र संगीत कम्पोज गर्न थाल्नुभयो ?
मैले २००१ (कक्षा ९) मा पहिलो पटक पास्टर अबनेर राई (मेरो मामा) ले लेख्नुभएको केहि गीतहरूमा संगीत भरें । राम्रो प्रतिक्रिया देखियो विश्वासीहरूमा । त्यसपछि २००२ (कक्षा १०) मा पहिलो गीत (शब्द संगीत) रचना गरें । यहाँहरूलाई स्मरण गराउन चाहन्छु कि परमेश्वरका दुईजना दासहरूबाट गीत लेख्ने अगमवाणी भएपछि मैले यो कार्य आरम्भ गरेको हुँ ।

♦ एड्रिएन देवानले “वचनका शब्दहरूलाई नै” आफ्नो गीतमा बढी प्रयोग गर्छ भन्ने सुनिन्छ नि ?
बाइबलको पानाहरूमा ईश्वरीय भावनाहरूले ओत प्रोत भएका विषयहरू छन, ति तत्वहरू छन् जसले परमेश्वरको पुरा महिमा हुने गीतहरू सिर्जना हुन सक्दछ । हाम्रो दिमाग, सोच अनि भावनाहरू पनि गहिरा नै छन् (सांसारिक गीतहरू पनि धेरै मन छुने हुन्छन् ।) तर परमेश्वरलाई महिमा दिनका लागि उहाँकै आत्माले प्रेरित शब्दहरू भएका गीतहरू आवश्यक पर्दछ भनेर म विश्वास राख्दछु ।

♦ अहिलेसम्म कतिवटा गीत गाउनुभयो ?लगभग ३० वटाचाहिँ रेकर्ड भएछ ।
♦ कुनै सेकुलर गीत पनि गाउनुभएको छ ?
गाएको छैन ।
गाएको छैन ।
♦ नेपाली इसाई जगतमा गीत भजन गाएर जीविकोपार्जन गर्न गाह्रो छ भन्छन् नि ? यसबारेमा तपाईंको अनुभव के छ ?
परमेश्वरको लागि आनन्दसाथ गाउने हो । जीविका हेर्ने काम उहाँको हो । तर अब टेक्निकल कुरा गर्दा, गीत गाएर एल्बम बनाएर कमाई गर्छु भन्ने आँटचाहिँ नगरे पनि हुन्छ । अलि तितो सुनिन्छ तर पनि भन्नैपर्छ, नेपाली इसाई जगतमा कलाकारहरूलाई एकदमै कम सपोर्ट छ । मण्डलीका मानिसहरूले एउटा एल्बम किन्नसमेत् मन गर्दैनन् । अनि पाइरेसी व्यापक छ ।
तर फेरि हाम्रो हृदयलाई बाइबलले जाँच्न जरुरी हुन्छ । जीविका चलाउनलाई स्तुति गर्दैछौं कि परमेश्वरको आराधनामा मण्डलीलाई उत्साहित गर्दैछौं ? यदि परमेश्वरको महिमाको पूर्ण लक्ष्य राखेर गाइँदैछ भने जीविका चलोस् या नचलोस्, कमाई होस् या नहोस् त्यति मतलब हुँदैन ।

♦ तपाईंको प्रेरणाको स्रोत को हुनुहुन्छ ?
मेरो प्रेरणाको स्रोत सर्वप्रथम ख्रीष्ट हुनुहुन्छ । स्वर्गमा पुगेर प्रभुलाई सोध्ने मेरो ठुलो इच्छा छ कि मत्ती २६:३० मा अन्तिम भोजपछि उहाँले चेलाहरूसित कुन भजन गाउनुभएको थियो ?
मेरा अन्य प्रेरणाका श्रोतहरूमा Kevin Prosch, David Ruis, Ps. Ron Cargay लगायतकाहरू हुनुहुन्छ ।

♦ यदि तपाईं गायक नहुनुभएको भए, तपाईंलाई आफु के हुन्थें जस्तो लाग्छ ?
गायक नभएको भए कवि हुन्थें होला ।
१४. तपाईंले लेख्नुभएको गीतहरू मध्ये सबैभन्दा मनपर्ने गीत कुन हो ?
मेरो दोस्रो एल्बम “अनन्ततिर” बाट “सबै वैभव टलेर जाँदा, तपाईंको वैैभव चम्कीरहन्छ…।”

♦ तपाईंलाई गीतसंगीत लेख्नलाई कुन कुराले प्रेरणा दिन्छ ?
मलाई गीत बनाउन प्रेरित गर्नेचाहिँ परमेश्वरको वचन नै हो । वचन पढ्दा अथवा सुन्दा यदि कुनै प्रकाशले अशिषित भएँ भने त्यो प्रकाशलाई गीतमा ढाल्न म लोभिन्छु । मलाई लाग्छ कि पवित्र आत्माबाट आउने वचनको प्रकाशचाँहि मानिसको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अब गीतमा त्यो प्रकाशलाई बुने पछि सजिलै मानिसको मुखमा त्यो बस्दछ अनि हृदयमा गीतद्वारा ।

♦ तपाईंले गीत लेख्नको लागि कस्तो ठाँउहरू मन पराउनुहुन्छ ? के तपाईंलाई गीत लेख्न मन पर्ने कुनै त्यस्तो ठाँउ छ ?
मलाई गीत लेख्न एउटा कोठा अनि गीतार भए काफी हुन्छ ।

♦ तपाईंलाई कुन संगीतकार र गीतकार मन पर्छ ? तपाईंलाई मनपर्ने दुईजना इसाई गायक गायिकाको नाम लिनुपर्दा ?
मलाई मन पर्ने गीतकार John Dick Khawas हुनुहुन्छ अनि संगीतकारहरू चाहिँ मेरो अहिलेसम्मको गीतहरू Music arrange गर्नुहुने च्बजग Rahul Chettri हुनुहुन्छ । उहाँ बाहेक Samuel Lepcha ज्यू अनि Pranay Khaling ज्यू पनि हुनुहुन्छ । मन पर्ने इसाई गायकहरू द्यष्न Bigyan Baraily, Rajesh Rai, Prajwal Ramtel हुनुहुन्छ । गायिका Lydia Rai, Ashmita Simick हुनुहुन्छ ।

♦ इन्टरनेट, युट्युवहरूमा आफुलाई देख्दा र आफुले गाएको गीतको प्रशंसा हुँदा कस्तो महसुस गर्नुहुन्छ ?
राम्रो लाग्छ, यस्तो लाग्छ कि मानिसहरूले आशिष पाइरहेका छन्, अनि उत्साहित बन्छु ।

♦ तपाईंको बुझाईमा जीवन के हो ?
मेरो बुझाईमा जीवन परमेश्वरको एउटा सुन्दर वरदान हो । हामी उहाँका उत्कृष्ट सृष्टि हौं । यो जीवनको सबैभन्दा ठूलो उद्देश्य साँचो परमेश्वरलाई चिन्नु अनि उहाँले आफ्नै स्वरुपमा कुन उद्देश्यको निम्ति सिर्जना गर्नुभएको हो त्यो कुरा पत्ता लगाएर अर्थपूर्ण जीवन जिउनु हो ।

♦ अन्त्यमा देशविदेशमा बस्नुभएका परमेश्वरका जन तथा आफन्तहरूलाई ख्रीष्टमसको शुभकामना कसरी दिनुहुन्छ ?
परमेश्वरले आफ्नो सबैभन्दा प्रिय एकलौटे पुत्र उपहारस्वरुप दिइहाल्नुभयो । हामी सबै दिनुहुने परमेश्वरका आराधकहरू भएकाले दिने मानिसहरू बनौं । आशा दिने, सहयोग दिने, क्षमा दिने, सेवा दिने, समय दिने, प्रेम दिने, आफ्नो आर्थिक कमाइबाट खाँचोमा परेकाहरूलाई दिने, अनाथलाई अंगालो दिने, दीनलाई सहारा दिने मानिसहरू बन्दै जाऔं । ख्रीष्टमस बडादिनको शुभकामना साथै सबैलाई ख्रीष्टिय अभिवादन जयमसीह ।

(इसाई पुस्तिका “सादृश्य”मा प्रकाशित)