परमेश्वरको भावलाई बुझ्ने भावनाको कुरा गर्दैनन् ।

भावनाको स्वासप्रस्वासद्वारा नै जीवनका अनेकौं पहाडहरू उक्लने अठोट गरिन्छ । भावना कै अर्को पाटोले जीवनलाई बेमेल र बेमौसमीको खोलातिर बगाउँछ । प्रेमकै कुरा गरौं या घृणाको, भावनाहरूको एकपाटोले निशाना लगाउने सिकार कै उपलब्धी हुन यी कुराहरू । निर्दयीहरू पनि भावनामा एकछिन दयालु मनका बन्न सक्छन् । चोरहरू दाता बन्न सक्छन् । अभिमानीहरू एकै मनका बन्न सक्छन् । भावना कै आवेगले मानिसलाई सहि दिशातर्फ वा गलत दिशातर्फ पुर्याउन सक्छ । बिल्ली ग्राहम भन्छन् "सिनेमाका अभिनेताहरू ठूलो पर्दामा भावनाहरू छोड्दछन् र दर्शक-दिर्घामा बसेका स्त्रीहरू सुक्सुसुकाउँछन् अनि दृढ् मनका पुरुषहरू पनि नलजाइ आफ्ना आँखाबाट आँसु पुच्छन् । यसकारण हामीले भावनहरूलाई बुझ्न असफल बन्यौं भने एक सन्तुलित जीवनको उचित विश्लेषण गर्न बिर्सिनेछौं । भावनाहरू प्रार्थनाको एउटा महत्वपूर्ण भाग हुन सक्दछ । हाम्रो भावनाहरू कुन प्रकारले प्रभावित भैइरहेको छ भन्ने कुरालाई शैतानले हेरिरहेको हुन्छ । परमेश्वरको भाव बुझ्ने भावनाको विकास हामीमा भएको छ, की छैन ? धेरैपटक हामी मानिसहरूबाट प्रशंसा पाउनको निम्ति भावनात्मक बन्ने कोसिस गर्छौं । कसैलाई आफ्नो नियन्त्रणमुनि ल्याउन, अर्थात आफूप्रती आकर्षित गराउनको निम्ति विभिन्नखाले भावनामा बुनेका कुराहरू सुनाउँछौं ।
आज धेरै मानिसहरूले सत्यतालाई भन्दा बढी भावनाका कुराहरूलाई पछ्याउँदै छन् । यहि कुराको जालोमा थुप्रैजना लागि परेको छ । सिनेमाका अभिनेताहरूले ठूलो पर्दामा भावनाहरू प्रस्तुत गरेर मानिसहरूलाई रुवाए झैं, थुप्रैलाई रुवाउन सफल भएका छन् । तर विडम्बना परमेश्वरको भावलाई बुझ्ने भावनाको कुरा गर्दैनन् । परमेश्वरको बुद्धि खोजिगर्ने भावानाको विकास गर्दैनन् । भावनाको प्रभावले धेरैजना प्रेम विनाको दानी भएका छन् । जोवनको आवेगलाई प्रेम ठान्ने भएका छन् । कल्पनामा भेट्ने आभासलाई जीवन भन्ने भएका छन् । परमेश्वरको उपस्थिति खोज्ने भावनालाई जन्माए कति आनन्द हुन्थ्यो ।
अरूको उन्नती, सफलता खोज्ने भावनालाई बोलाए कति सुन्दर हुन्थ्यो ।
सहकार्य, सहयोगी र मित्रता खोज्ने भावनालाई पाले कति सुखी हुन्थ्यो ।
  ‪#‎shrawanbomjan‬