आफ्नो जिबिका चलाउन तौल जोख्ने डिजिटल तराजु लिएर एक बृद्ध सडकको पेटीमा बसिरहेका थिए l उहाँसँग भलाकुसारी गर्ने मौका मिल्यो l पुरानो कुरा, पुरानो समयको कथा; अनि आजको यो विवशता l जीवनका रङ्ग उडेको कुरा, काखमा खेलाएर हुर्काएको छोराछोरीसँग छुट्टिएर बस्नु परेको कुरा l
मैले सोधे जीवन कसरि बढ्दै छ ? उहाँको उत्तर; जस्तो हुनु थियो त्यस्तै छ जीवन l दिनभरी यहि तराजुसँग झुकेर बस्छु l यसले श्रीमान श्रीमतीलाई खाना दिएको छ l धेरै बृद्धहरूले भोगिरहेको जस्तो नै छ जीवन l खालि दिनमा निदाउन पाउने खाट छैन l घाम तापेर बस्ने सुख छैन l
मैले फेरी भने नाकाबन्दीले गर्दा ग्यास छैन, सामानहरू महँगो छ l खाना पुग्छ ? चुलो बलेको छ ? उहाँको उत्तर; ग्यास पाउन छोडेपछि हामी बुढाबुढीले होटेलमा भात खाना थालेका छौं l उमेर धेरै भईसक्यो खाना पचाउन सक्दैनौं l त्यसैले दिनमा एक छाक खान्छौं l पुग्छ l मागेर खानु परेको छैन l दिन लागेको छैन, बाँच्न ऋण लागेको स्वीकार्ने बानि परेको छ l
उहाँसँग बसेर निकैबेर कुरा गरियो l बाईबलमा लेखिएको छ "उहिले-उहिलेका दिनको स्मरण गर, युग-युगअघिका पुस्ताका बारेमा सोच। तिमीहरूका बाबुलाई सोध, र तिनले तिमीहरूलाई बताउनेछन्, तिमीहरूका बुढापाकालाई सोध, र तिनीहरूले तिमीहरूलाई बताउनेछन्।" उहाँले धेरै कुराहरू बताउनुभयो l उहाँको समयको कुरा l उहाँले पन्छाउँदै आएका संघर्ष अतितका कुराहरू l धेरै कुरा सिक्न पाईयो l उहाँको समयलाई दाजेर आजको यो बैगुनी यूगको अन्तरंग जोख्न पाईयो l
यदि उहाँसँगै भएको तराजुमा आज र हिजोको मान्छेको अतिरिक्ति चरित्रहरूलाई जोखेर हेर्ने हो भने; मेरो यो पुस्ताको धेरै भन्दा धेरै युवाहरू मानव उचाईको नम्रताबाट कठोर वस्तुको तुलनामा झरिसकेको रहेछ भन्ने कुराको भान भयो l यहाँ जन्म दिनेलाई, बचाउनेलाई, हुर्काउनेलाई र भोकै बसेर खुवाउनेलाई त्यसको बदलामा सडक र आश्रममा पुर्याउने धेरै छन् l तिनीहरू जसले भन्छन् हामी हिजोको बुढापाका भन्दा चेतनशील छौं l
यी बृद्ध एकछाक खानुको लागि दिनभरी मोटा र पातलो मान्छेको ओजन हेरेर बस्नु परेको छ l मानिसहरू आउँछन् जोख्छन् त्यसपछि कोहि मोटाउँछु भन्छन् l कोहि दुब्लाउँछु भन्छन् l यहि तराजुमा टेकेर धेरैले जीवनलाई बदल्छु भनेर जान्छन् l तर यी बृद्द छाक टार्न दिनभरी अरूको पैतालाको डोप पुछ्दै बस्दछन् l
यस्ता वृद्धहरू सडकहुँदी थुप्रै देखिन्छन् l उनीहरू कमाएर धनि हुन् वा महल बनाउन बसेका छैनन् l दिनभरिको छाक टार्न बसेका छन् l कृपया यस्ता वृद्धहरूको सानो कामहरूमा सहायता पुर्याउन उनीहरूको तराजुमा चढ्नुहोस् l उनीहरूले आशा गरेको भन्दा दश, बिस रूपैयाँ बढी दिनुहोस् l
मित्रहरू हामीले संसार जित्न नसके पनि, महलको निन्द्रा कमाउन नसके पनि कमसेकम आफूलाई जन्मदिने आमाबुवालाई आफूसंग भएको मानो बाँडेर दिऊ l नत्र भोलि इश्वरले हामीलाई यहि भन्लान् तैंले तिनीहरूलाई दया देखाइनस्। बुढापाकाहरूलाई पनि तैंले आफ्नो साह्रै गह्रौँ जुवा बोकाइस्। यसको ईनाम म तलाई के दिउँ ?
“बुढापाकाको सम्मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्वरको भय मान। म परमप्रभु हुँ। ( Lev19:32 -Deu32:7 )
तस्वीर: जगदीश पोखरेल
#shrawanbomjan
श्रवन बोम्जन