तामाङ ख्रीष्टियनहरुले तामाङ ल्होछारलाई अभ्यासमा ल्याउन मिल्छ कि मिल्दैन ?


गएको वर्ष यसै महिनामा आफन्तहरुलाई भेट्नको लागि म गाउँ गएको थिए । गाउँमा म पुगेको भोलिपल्ट ल्होछार पर्वको बिशेष तयारी भयो । धर्मगत पुजापाठमा मैले सहभागीता नजनाए पनि ल्होछार पर्वको उत्सवमा भने म सहभागी भए । र, आफन्तहरुसँग भेट्ने र मिठो परिकारहरु खाने रमाइलो गर्दै ल्होछारको शुभकामना आदनप्रदान गर्ने क्रममा ल्होछारलाई सुरु गरियो । 



ल्होछारको मध्यान्हतिर मैले फेसबुकमा तामाङहरुलाई ल्होछारको शुभकामना भनेर पोष्ट गरेको थिए । तर केही इसाई मित्रहरुले मैले ल्होछारको शुभकामना दिएकोमा अपत्ती जनाए । श्रवन जि इसाई भएर पनि ल्होछार मान्नुहुन्छ तपाईं भनेर मेरो अलोचना गर्नुभयो । मैले ल्होछारको सन्दर्भलाई बुझाउन खोज्दा उहाहरुले मेरो कुरामा खासै चासो राख्नुभएन, जसमध्ये तामाङहरु पनि थिए । 

आज ल्होछारको बारेमा केही टिप्पनि इसाईहरुको जानकारिको लागि लेख्दै छु । 

आजसम्म पनि कतिपय तामाङहरुलाई नै ल्होछार के हो र यो तामाङहरुको उत्सव होर भन्ने कुरामा प्रश्न छ ? हामीलाई नै आफ्नो रहनसहन, चिनारी के हो भन्ने थाहा भएन भने हाँसोको पात्र बन्नु बाहेक हामीसँग अरु केही कुरा रहदैन । कुनै पनि चिजमा स्पष्ट भयौं भने त्यसलाई ब्यबहारमा उतार्न त्यत्ती गाह्रो छैन ।

तामाङ इसाइहरुले के बुझ्नुपर्छ भन्दा हामी इसाई आस्थामा हुर्केको भएतापनी हाम्रो पहिरन , भाषा, पहिचानलाई जोगाउने जिम्मेवारि आखिर हाम्रै हातमा छ। सबै तामाङहरुको हातमा छ । 
ल्होछार चाड एउटै भएपनी आस्था, ठाउँ र परिस्थितीले गर्दा फरक फरक तरिकाले मनाउने गर्छन् । गर्नुपर्छ । हैन म इसाई हुँ, मलाई मेरो चिनारी चहिदैन भन्नुहुन्छ भने त्यो तपाईको आफ्नो निर्णयमा भरपर्दछ । 

छोटोमा लोछार भनेको के हो र यसको महत्व के छ ?

लोछार दुई वटा शब्द सम्योजन भएर बनेको छ, लो या ल्हो बर्ष र छार नयाँ । त्यसैले लोछारको शाब्दिक अर्थ हुन्छ नयाँ बर्ष (New Year )। त्यसैले बाहिरी आवरण हेर्दा लोछार भनेको पुरानो बर्षको अन्त्यसँगै नयाँ बर्षको उदय हुनु हो । 

ल्होछ्हारलाई १२ वटा बिभिन्न जनावरहरुमा अङ्कित गरिएको छ । अनि प्रतेक नयाँ सालको परिवर्तनसँगै एउटा जनावरबाट अर्को जनावरमा सर्ने गर्दछ । अनि त्यही अनुसार त्यो सालको या बर्षको नामकरन गर्ने चलन छ अनि हामी कुन ल्हो मा जन्मेको भनेर किटान गर्न सजिलो हुन्छ ।
तामाङहरुको वर्ष अनुसार म सर्प (ल्हो) वर्षमा जन्मिएको हुँ ।

लोछार कसरी मनाइने गरिन्छ ?

बुध्दिष्ट तामाङहरुले दशै,तिहार हाम्रो चाड होईन । हाम्रो चाड त ल्होछार हो, भनेर ल्होछारमा लामाहरु ल्याएर बुध्दलाइ पुजा गर्दै, नयाँ सालको उदयको दिनमा आगनमा अग्लो बासमा बेर्हेर झन्डा (डर्ज्यु) ठड्याउने गर्दछन । र बडाहरुबाट आशिर्बाद लिने गरिन्छ । अनि आफ्नो घर वरिपरि र बाटोहरु सफा राख्ने गर्छन्, । सबै परिवार तथा इस्टमित्रहरुलाई बोलाई सामुहिक भोज भतेरको बिशेष मेला जस्तै हुन्छ । र नयाँ सालको शुभकामना आदानप्रदान गर्दछ ।

तीन किसिमको ल्होछार :

तोला ल्होछारू तमु या गुरुङ समुदायले प्रत्येक पुष १५ गते मनाउने चलन छ । हामीलाई बिधितै छ । ‘ग्याल्पो ल्होछार’ शेर्पा र टिबेटेन समुदायले मनाउने गरिन्छ । यो सोनाम ल्होछारभन्दा एक महिना पछाडि हुन्छ । सोनाम ल्होछार प्रत्येक बर्षको १२ महिनामा एक्चोटि हुन्छ । अनि प्रत्येक दुई बर्षमा ग्याल्पो ल्होछारू र सोनाम ल्होछारूको एउटै तिथीमिती पर्न आँउछ । अनि तामाङहरुले मनाउने ल्होछार भनेको सोनाम ल्होछारू नै हो ।

इसाईहरुले ल्होछार मनाउनु हुन्छ त ? 

चिनलाई कम्युनिष्ट देश भनेर चिनिन्छ । तरपनी चिनमा जब उनिहरुको नयाँ वर्ष आउँछ तब त्यहाका कम्युनिष्ट देखि सबै धर्ममा आबद्ध मानिसहरुले चाइनिज नयाँ वर्षको उत्सव मनाउदा छ । यहसम्म कि चाइनिजहरुको नयाँ वर्षमा मलेशियामा सबैभन्दा बढी सार्बजनिक छुट्टी दिईन्छ । चाइनिजहरुको बसोवास मलेशियामा बाक्लो भएकाले गर्दा नै त्यहाँ चाइनिज नयाँ वर्षको प्रभव छ । 

मलेशियामा भएका ख्रीष्टियान चाइनिजहरुले संगती गरेर उनिहरुको चिनारी दिने पहिरन पहिरेर र आफुभन्दा सानाहरुलाई पैसा दिएर नयाँ वर्ष मनाउदछन । 

नेपालको सन्दर्भमा कतिजनाले ल्होछार भनेको बुध्दिष्टहरुको मात्र हो भन्ने बुझेकाछन् । धेरैमात्रामा इसाईहरुले यसरी बुझेको पाइएको छ । र केही बुध्दिष्ट मित्रहरुले पनि यो हाम्रो मात्र चाँड हो भनेर दावी गर्दछन । तर ल्होछार बुद्दिष्टको निम्ति नभएर तामाङको निम्ति हो भन्ने कुरा बुझ्नुपर्दछ । तामाङ सबै बुद्दिष्ट मात्र छ भन्ने भ्रममा नपर्नुहोस, तामाङहरु हिन्दु पनि छन, मुस्लिम, ख्रीष्टियन पनि छन् ।

वास्तवमा ल्होछरलाई बुध्दिष्टहरुले धर्मगत रुपमा लामा ल्याएर बुद्धलाई आराधना गरेर मनाए पनि ल्होछारको शब्दिक अर्थ भनेको नयाँ वर्ष हो । (ल्होछार-नयाँ वर्ष) ।

बुद्दिष्टहरुले बुद्धलाई पुजा गरेर ल्होछार मनाउछ भनेर इसाईहरुले ल्होछारलाई हेर्ने दृष्टिकोणमा अचम्मित हुनुपर्ने कुरा छैन । किनकी नेपाली नयाँ वर्षमा पनि हिन्दुहरुले,र अन्य धर्ममा आस्था राख्नेहरुले आआफ्नै इश्वरलाई पुजा गरेर नयाँ वर्षलाई स्वगत गर्ने गर्दछ । यहसम्म कि इसाईहरुले पनि परमेश्वरलाई धन्यवाद दिएर रात्री सेवा राखेर नयाँ वर्षलाई धन्यवाद दिदछन । अंग्रेजी नयाँ वर्षमा पनि संसारभरी रहेका मानिसहरुले यस्तै गरेको पाइन्छ ।

संसारको जुनसुकै देशमा जानुहोस, जुनसुकै आस्थामा परिवर्तन भएकाहरुले पनि आफ्नो चिनारी दिने पहिरन र नयाँ वर्षलाई आफुले विश्वास गर्ने इश्वरलाई धन्यवाद दिंदै स्वीकार गरेकाछन । खुशिको उत्सव मनाएकाछन् ।

नेपालमा पनि तमाङ,गुरुङ, शेर्पा, ह्योल्मो,राई,नेवारहरुको आफ्नै चिनारी बोकेको नयाँ वर्ष छ । तर पुरानो जीवनबाट नयाँ भएका बिश्वस बोकेकाहरुले इसाई आस्थालाई स्वीकारगरे लगत्तै आफ्नो पहिचान, (चिनारी) पहिरन जस्ता कुरामा चासो घटाएर जिउन थालेको देखिन्छ । यदि यस्तो हो भने तपाईंलाई चिनाउने, तपाइको पहिचान दिने नामको पछाडीको थरपनी नराख्दा कसो होला ?

तपाईको आस्था इसाई हो । तरपनि तपाईको आफ्नो भाषा,पहिचान पनि छ भन्ने कुरालाई नभुलौ । म इसाई हुँ । म तामाङ पनि हुँ । 

तपाईले र तपाइको मण्डलीले नेपाली र अंग्रेज़ी नयाँ वर्षलाई स्विकार गर्न मिल्छ भने तामङ,गुरुङ,शेर्पाहरुले आफ्नो चिनारी बोकेको नयाँ वर्षलाई, इसाई भएर आभ्यासमा ल्याउन मिल्दैन होला र ? 

यो ( ल्होछार) नयाँ वर्ष मान्छेले बनाएको हो, यसले परमेश्वरलाई महिमा दिदैन भन्नुहुन्छ भने, नेपाली र अंग्रेज़ी नयाँ वर्ष चाहिँ बाइबलबाट आएको हो र ? यो पनि मान्छेले नै तय गरेको होइन र ? नत्रता संसारको उत्पत्ती भएको हामीले मानेको नयाँ वर्ष भन्दा धेरै अघि हो । 

उदाहरणको लागि: यो प्रेम दिवस, आमा दिवस,श्रमिक दिवस, जस्ता: धेरै दिवसहरु छन् । जसमा हामी धेरैजसोले उत्सव मनाउन छुट्टयाउदैन जस्तो मलाई लाग्छ । किन तपाईं त्यो उत्सवहरुमा सहभागीता जनाउनुहुन्छ ? । 

अब हामी इसाई हौं । येशुलाई पछ्याउँदै जिउछौ, हामिलाई हाम्रो पहिचान, चिनारी, भाषा चहिदैन भन्ने ख्रीष्टियन मैले देखेको छुइन । हामी कतिजना हिजो हिन्दु हुदा पनि नेपाली नयाँ वर्षलाई उत्सवको रुपमा मान्थ्यौ आज इसाई भएर पनि मानिरहेकाछन । किन होला ? किनकी कतिपय चिनारी दिने, आफ्नो राष्टियतालाई झल्काउने, उत्सव, विशेष दिनहरु बाइबलमा नभएता पनि, परमेश्वरको वचनमा नबाझ्नेगरि नेपाली पहिचानको निम्ति हामीले विशेष मान्नेगर्दछौ । 

यस्तै यो ल्होछार भनेको म तामाङ भाएको नाताले मेरो चिनारी हो । कसैले ल्होछारमा झाक्री नचाउछ भने, त्यो उसको आस्थामा निर्भर पर्छ । तर म इसाई भएको कारण म ल्होछारलाई संगती गरेर परमेश्वरलाई महिमा चढाएर मनाउछु भन्दा कसैलाई समस्या हुन्छ कि हुदैन होला यहाँ ? 

तामाङ ख्रीष्टियनहरु बढ्दै जाँदा, तामाङहरुको चिनारी मेट्दै जान्छ भने त्यो खालको एक्कोहोरो बिश्वसले हाम्रो सन्ततिलाई यो तामाङको भन्ने केही चिनारी छोडदैन । मैले तामाङको सबै परमपरलाई इसाइत्वोमा परिवर्तन गरौं भन्न खोजेको होइन । तर केही त्यस्ता विशेष पहिचान झल्काउने र त्यासलाई अभ्यासमा ल्याउदा पनि बाइबालमा"परमेश्वरको वचनमा" नबाझ्ने गरि गर्न सकिने कुराको बिषयलाई मात्र उठाउन चाएको हो । 

येशुख्रीष्ट पनि संसारमा यहुदी भएर आउनुभएको थियो । उहाँ संसारमा रहुन्जेल उहाँले कतिपय यहुदी परमपरालाई स्वगत गरेको बाइबलमा देख्न सकिन्छ । चेलाहरुलेपनि आफ्नो जातिको निम्ति, कतिपय उचित परमपरालाई स्विकार गरेर परमेश्वरको राज्याको पाल तन्काउने गरेको बाइबालमा देख्न सकिन्छ । 

म तामाङ भएकोले गर्दा, मेरो व्यक्तिगत तर्फबाट संसारभर छरिएर रहनुभएका तमाङ ख्रीष्टियनहरुलाई भन्नचाहन्छु , ल्होछार हाम्रो पहिचान र चिनारी बोकेको नयाँवर्ष हो । यसलाई अभ्यासमा ल्याउदा बाइबल र परमेश्वरको खिलाफ हुदैन । हामिले सगती गरेर, परमेश्वरलाई धन्यवाद दिएर, आफ्नो भाषामा, भेसभुसाम, रमाउदै परमेश्वरको महिमा गर्न सक्छौं । यदि यसो गर्दा परमेश्वरलाई महिमा हुदैन, हामी संसारिक भयिन्छ भनेर तपाइको पाष्टर र मण्डलिले सिकाउछ भने, उहाँ संगँ नै यसको कारण सोध्नुस् । सिक्नुस । 

कुपरम्परा र अन्य इश्वरलाई पुजा गरेर उत्सव मनाउनु भनेर मैले तपाइहरुलाई भनेको छुइन । तर मलाई चिनाउने पहिचान, चिनारिलाई लिएर, मेरो भेषभुसा, पहिरन, र भाषाबाट सबै जातिका परमेश्वरलाई महिमा दिन सकिन्छ भन्ने, मेरो विचारलाई राखेको मात्र हुँ । मेरो यो विचारमात्र हो, यस्तै हुनुपर्छ, गर्नुपर्छ भन्ने जबर्जस्ति सांकेतिक शब्द प्रहार यसलाई नबुझ्नुहोस । म कसैलाई लडाउन चाहान्न ।

म त अझ विवाहमा पनि तामाङ पोशाक पहिरेर विवाह गर्न सल्लाह दिन्छु । नाअतिनुहोस यो मेरो आफ्नो विचार मात्र । म इसाई हुँ कुइरे होइन । म तामाङ हुँ, कुइरे होइन । यो मेरो व्यक्तिगत धारणा हो । 

दशै,तिहार,होलि, तिज, जस्ता कुरालाई यसमा नजोडनुहोस । भगवान जोगाउने चाड र पहिचान उठाउने पर्व अलग हुन । 

ल भन्नुहोस् तामाङ ख्रीष्टियनहरुले तामाङ ल्होछारलाई अभ्यासमा ल्याउन मिल्छ कि मिल्दैन ?

तपाईंको विचारपनि कमेन्ट बक्समा देख्नपाए आभारी हुनेथिए । 

श्रवन बोम्जन