चट्टान र भिरहरूमा हुर्कने देवदारूका रूख अरू सबै खाले रूखहरूभन्दा अग्लो गरी उभिन्छन् l देवदारूको सामर्थ्य त्यसको उचाइमा हुँदैन तर त्यसको गहिराइ र जराहरूको सामर्थ्यमा हुँदछ l
एउटा अग्लो देवदारूको रूख नभाँच्चिकन भुइँसम्मै निहुरिन र फेरी अग्लोगरी पहिलाको जस्तै गरि बलियो भएर उभिन सक्दछ भनेर भनिन्छ l बाईबलमा पनि लेबनानका देवदारूको रूखलाई अरू रूखहरूसँग तुलना गरेर लेखिएको छ l
एउटा अग्लो देवदारूको रूख नभाँच्चिकन भुइँसम्मै निहुरिन र फेरी अग्लोगरी पहिलाको जस्तै गरि बलियो भएर उभिन सक्दछ भनेर भनिन्छ l बाईबलमा पनि लेबनानका देवदारूको रूखलाई अरू रूखहरूसँग तुलना गरेर लेखिएको छ l
यसकारण देवदारूको रूखमा जस्तै तपाई र ममा गहिरा जगहरू छन् भने हामी कहाँ जाँदैछौं भनि हामी थाहाँ गर्न सक्छौं l दृढताका साथ् हामीले चालिरहेको पाईलामा आलोचनाहरू आएतापनि कुनै असर गर्नेछैन l
हाम्रो जीवनमा आउने आलोचना र सबै किसिमका हतोसहित बनाउने आरोपहरूलाई सहन देवदारू जस्तै भुइँसम्मै निहुरेर फेरी पहिलाको भन्दा बलियोगरी उभिने क्षमता हामीमा हुनुपर्दछ l
आजको वर्तामान समस्या भनेको नै विश्वासी र अगुवाहरू देवदारूको रूखजसरी झुकेर उठ्न नजान्नु हो l सबैजना आफ्नो सामार्थ्य उचाईमा देखाउन चाहान्छन; तर जगमा धमिलाले खाएको पत्तो पाउंदैन l परमेश्वरले चाहनुभएको मानिसको उचाई आकाशमा होइन, जमीनभित्र गहिराइमा हुनुपर्दछ l
हामीलाई दोष्याउने, खिसी गर्नेहरूको खातिर नभाँच्चीइकन् भुइँसम्मै निहुरिने अभ्यास हामीले गर्नुपर्छ l हामी निहुरिनु भनेको कसरत गर्नु हो l कसरत गर्नुभयो भने बलियो हुनुहुनेछ l येशू आफैपनि चेलाहरूको खुट्टा छुएर निहुरिनुभयो l
विडम्वना; आजको धेरैजसो सेवकहरू डलरको अघि झुकेका छन् र आकाशमा आफ्नो उचाई बनाएका छन् l वास्तवमा उनीहरूको जगमा माटो छैन l धमिराले जराहरू खाइसकेका छन् l उनीहरू बलियो देखिएता पनि सबैभन्दा कमजोर छन् l
आफ्नो उचाई बनाउन मण्डलीमा दुष्टतालाई स्वागत गरेका छन् l पद र मानसम्मानको निम्ति प्रेमका कोटेसन छातीमा लेखेर हिडेका छन् l तर उनीहरूको हृदयमा परमेश्वरप्रतिको डर छैन l प्रेमको परिभाषा झल्काउने जीवन पनि छैन l परमेश्वरलाई लुटेका छन् l मण्डली मण्डलीको आलोचनालाई लिएर, त भन्दा म राम्रो भन्दै आकाशमा आफ्नो उचाई बनाएका छन् l यो लुटेराहरूको कुरा हुन् l
हामीले चाँही के गर्ने ?
देवदारूको रूखजस्तो बन्न चाहानुहुन्छ भने आफूसँग नभएको कुराहरूप्रति गनगन गर्न छोडी दिनुहोस् l तपाई गनगन गरिरहनु हुन्छ भने परमेश्वरले तपाईलाई दिइसक्नुभएको कुरामा तपाईले आनन्द मनाउन सक्नुहुन्न l परमेश्वरले हामीलाई धेरैकुरा दिइसक्नुभएको छ l यसलाई चिनौं र उपभोग गरौँ l
अबदेखि तपाई जस्तो हुनुहुन्छ त्यसबारे कुरा नगर्नुस् ; तर तपाइ जस्तो हुन चाहानुहुन्छ त्यसबारे कुरा गर्नुहोस् l त्यहिँ नै विश्वास हो l यो विश्वासको प्रभावलाई जीवनमा काम गर्न दिनुभयो भने तपाई देवदारूको रूख जस्तो बन्न सक्नुहुन्छ l भौतिक संसारबाट विश्वास गर्न तपाईले देख्नुपर्दछ, तर परमेश्वरमा भरोसा गर्नेले पहिला विश्वास गर्नुपर्दछ र त्यसलाई उहाँले देखाउनु हुन्छ l
हामी देवदारूको रूख झैँ झुक्ने अभ्यास गरौँ l हामी झुकेकै समयमा परमेश्वरले हामीलाई सबैभन्दा अग्लो उचाईमा लानुहुँनेछ l
#shrawanbomjan
श्रवन बोम्जन
