जीवनका सबै समस्याहरू झन्झट मान्नैपर्ने खालका मात्र हुँदैनन् l


एकजना मानिसले चोकको बीचमा लगेर कार रोक्यो जसको कारण उसको पछाडी रहेको धेरै गाडीहरूले हर्न बजाउन थाले l ऊ कारबाट ओर्लियो, शान्त भएर आफूभन्दा पछाडिको कारसम्म हिँडेर गयो र भन्यो , " माफ गर्नुहोस्, मेरो कार स्टार्ट भएन l यदि तपाईले मेरो गाडी स्टार्ट गर्ने प्रयास गरिदिनुहुन्छ भने म यहाँ बसेर तपाईको हर्न बजाईदिनेछु l "

यो कुराबाट मैले ठुलो पाठ सिकेको छु l रिसाईराख्ने चित्त नबुझ्दो अवस्थामा मानिसहरूको अगाडी अनियांत्रित स्वभाव प्रस्तुत गर्ने निर्णय हामी आफै गर्न सक्छौं l तर जीवनका सबै समस्याहरू झन्झट मान्नैपर्ने खालका मात्र हुँदैनन् l

हो धेरै कुराहरू निस्पक्ष हुँदैनन् र केहि मानिसहरूसँग काम गर्न गाह्रो हुन्छ l तापनि रिसलाई सहि तरिकाले निर्देशित गर्न सकिन्छ l विस्फोटनमा प्रस्तुत हुनलागेको शब्दहरूलाई दावेर समस्याहरूको समाधान गर्न सकिन्छ l यसका निम्ति हामीले जीवनमा नयाँ सीप सिक्नुपर्दछ l

रिक वारेनले आफ्नो पुस्तकमा लेखेका यी शब्दहरू मलाई अतिनै राम्रो लाग्छ: " हाम्रो आत्मासेवाको संस्कृतिमा 'म पहिले भन्ने मानसिकताको दास भई काम गर्नु लोकप्रिय विचार होइन l " येशूले पद र प्रतिष्ठाको सन्दर्भमा नभएर सेवाको सन्दर्भमा महानताको दर्जा तोक्नुभयो l

हामीले हाम्रो जीवनका काम नलाग्ने कुराहरू फ्याक्दा हाम्रो जीवनको मुख्य समस्याहरू कहाँ छन् भनि देख्न सक्छौं l यसकारण जीवनका सबै समस्याहरू झन्झट मान्नैपर्ने खालका मात्र हुँदैनन् l यसबाट नम्रताको विकाश गर्न सकिन्छ l रिसलाई सहि तरिकाले निर्देशित गरेर आदरणीय व्यक्तिको परिचय दिन सकिन्छ l यस्तै कुराहरूप्रति मर्न सिक्नुनै येशूले तोक्नुभएको पद र प्रतिष्ठाको सेवामा लागेर महानताको दर्जामा पुग्नु हो l हाम्रो आत्मासेवाको संस्कृतिमा 'म पहिले भन्ने मानसिकताको दास भई काम गर्नु लोकप्रिय विचार होइन l "

‪#‎shrawanbomjan‬
श्रवन बोम्जन