मैले इसाई विरोधिहरूलाइ योपनि भनेको छु; तपाई कानुनी प्रक्रियामा जानुहोस् । म तपाईलाई सयौँ अपराधीहरू (कैदीहरू) चिनाई दिन्छु । तर राम्रा ९५% इसाईहरूलाई स्वागत गर्नुहोस् ।
सेवाकाइको नाउँमा सबैभन्दा बढी पैसाको सेवा भएको देशहरूमा भारत अघिल्लो नम्बरहरूमा पर्न आउँछ । आजसम्म भारतमा मिसनको नाममा यति पैसा बग्यो कि त्यसलाई आंकलन पनि गर्न सकिदैन । तर त्यहाँका इसाई इतिहास र सुसमाचारको प्रारम्भ अनुसार देखिनुपर्ने काम देखिएको छैन । कारण त्यहाँका माहात्मा गान्धी देखि आजसम्मका बुध्दिजीबीहरूले इसाईहरूको क्रियाकलापलाई सकारात्मकरुपमा देख्न सकेका छैनन् ।
सोझाहरू आफ्नो विश्वासमा केन्द्रित रहेर इमान्दार जीवन विताउन लागेपनि; त्यहाँका धेरैजसो शिक्षित मानिने बाठोहरू बाईबलको शिक्षालाई बौध्दिक अभ्यासमा मात्र सिमित गरेर डलर कमाउन लागेका छन् । इसाई भएर यो कुरालाई पढ्दा हामीलाई नमिठो लाग्छ । तर वास्तविकता यहिँ हो ।
लॉर्ड मैकाले १८३० - मा आफ्नो शिक्षा प्रणालीलाई भारतमा लागु गरेर आफ्नी आमालाई एउटा पत्रमा लेखेकी थिइन् "अबको ३० वर्षमा भारतमा कुनै मूर्ति हुने छैन् । तर आज पनि सबैभन्दा बढी मूर्ति भएको देश भारत नै हो । शताब्दी अगाडीका मिशनेरी र प्रचारकहरूले देखेको दर्शन अनुरुप भारतलाई ख्रीष्टमा जित्न सकेको छैन । काम नभएकोले गर्दा होइन । त्यहाँ धेरैधेरै काम भएको छ । तर निस्वार्थताको काम कम भएको छ । आफ्नो फाईदाको काम बढी भएको छ ।
पछिल्लोपटक नेपालपनि यहि रोगले ग्रसित छ । तपाई काठमाडौंमा बसेर हेर्नुहोस् सेवाकाइको अनेक रूपहरू देख्नुहुन्छ । गाउँतिर त परेर सिक्ने पाष्टर अगुवाहरूले धन्न नेपाली मण्डली धानेका छन् । तर यहाँ काठमाडौंमा केहि शिक्षित मानिनेहरू चाँही अरूको तानेको तानेकै छन् ।
नक्कली सर्टिफिकेट किन्नेदेखि वहुविवाह गर्नेसम्म र विदेशी डोनरहरूको चाकरी गर्नेहरूदेखि पास्टरिय सेवाकाइलाई पार्टटाईम भनेर पैसालाई फुलटाईम मान्नेसम्मको एकहुल अगुवाको बगाल यहाँ सिङ्गो इसाई जगतको साँढे बनेर बसेका छन् ।
यसकारण मैले त आजकल इसाई विरोधीहरूलाई सिधै भन्ने गरेको छु । राम्रा ९५% इसाईहरूलाई स्वागत गर्नुहोस् । फटा, चोर डलरे ५% नक्कली इसाईहरूलाई चिनाई दिन्छौं । तर सबैलाई नराम्रो नभन्नुहोस् ।
मैले इसाई विरोधिहरूलाइ योपनि भनेको छु; तपाई कानुनी प्रक्रियामा जानुहोस् । म तपाईलाई सयौँ अपराधीहरू (कैदीहरू) चिनाई दिन्छु । तर राम्रा ९५% इसाईहरूलाई स्वागत गर्नुहोस् ।
तपाई मूर्ति (आत्मिक मूर्ति) हराएको विरोध गर्नुहोस् । म तपाईलाई इसाई समाजभित्रबाट, थुप्रै धातुहरूबाट निर्मित मूर्तिहरू (आत्मिक मूर्ति) देखाई दिनेछु ।
#shrawanbomjan
