अगुवाइ गर्न सबैभन्दा कठिन हुने व्यक्ति सदैव आफू नै भइन्छ l


वाल्ट केलीको आफ्नो कार्टुनमा लेखेका छन्: ‘हामीले शत्रुलाई भेटाएका छौं र त्यो हामी नै हौँ l त्यो शत्रु तबसम्म आफै भइन्छ, जबसम्म आफैले आफैलाई नेतृत्वमा ल्याउने कोशिस गरिन्छ l हामीसँग भएको शत्रुमाथि विजय पाउनको निम्ति हामी बलवान छैनौं l यसकारण ख्रीष्ट येशूको अनुग्रह र उहाँको प्रेमको व्यवस्थालाई हाम्रो शत्रु विरुध्दको हतियार बनाउन सक्नुपर्छ l हामीले अगुवाइ गर्ने सबैक्षेत्रमा आफैलाई चाहिं ख्रीष्टको अगुवाइमा सार्न सक्नुपर्दछ l यसको निम्ति विश्वास चाहिन्छ । 'विश्वास' भनेको के हो त ? विश्वास परमेश्वर र हामी विचको सार हो । अमेरिकामा मानिसहरू डलरमा व्यापार गर्छन् । यूरोपमा बस्नेहरूले यूरोमा व्यापार गर्छन् । तर परमेश्वरको राज्यमा विश्वास नै मुद्रा हो । परमेश्वरसँग व्यापार गर्नको लागि हामी जुन देशमा रहे पनि विश्वास नै चाहिन्छ । उहाँसँग व्यापार गर्न सक्ने मुद्रा नै विश्वास हो । यसकारण जीवनमा उहाँको निर्देशन र बुध्दी जान्न चाहने दृढ विश्वास चाहिन्छ । विश्वास हाम्रो आशामा जोडिएको हुनुपर्छ : यदि हामीले कुनै पनि कुरामा आशा गरेका छैनौं भने हामीलाई विश्वास चाहिदैन । तर जहाँ आशा हुन्छ त्यहाँ विश्वास हुँदछ । हामी परमेश्वरमा विश्वास गर्छौ किनकी उहाँमा हाम्रो अनन्तको आशा छ । हाम्रो आशाको सुनिश्चिततालाई पक्रनको निम्ति हामीमा विश्वास चाहिन्छ । परमेश्वर हाम्रो विरूध्दमा होइन हाम्रो पक्षमा हुनुहुन्छ । यसकारण उहाँलाई हाम्रो पक्षमा बनाईरहन विश्वासको मुद्रा कमाउनुहोस् । बाइबलले भन्दछ: "धार्मिक जनचाहिँ विश्वासबाट बाँच्नेछ ।" हिब्रू १०:३८ हामी उडिरहेको हवाइजहाज आकासमा हल्लिदैमा हामी आफ्नो टिकट फाल्दैनौँ । हामी हवाइजहाजबाट हामफाल्ने प्रयास पनि गर्दैनौं । बरू हामी सिटमा नचलिकन बस्छौं र विमानचालकमाथि भरोसा गर्छौ । त्यसैले आज हाम्रो परिस्थितीहरूलाई हेर्न छोडौं । हामीमा भएको शंकाहरू फालौं र विश्वासमा हिड्न थालौं । यो जानेर कि परमेश्वरको हृदयमा हाम्रो निम्ति सबैभन्दा असल कुराहरू छन् । यदि हामी सदैव आफ्नै अगुवाइ र आफ्नै शक्तिबलमा विश्वास गर्छौं भने हामीले आफैमा शत्रु भेट्टाउनेछौं । जसका कारण हामीले गर्न चाहेको प्रत्येक अगुवाईमा सदैव हामी आफै कठिनाइको कारण बन्नेछौं । यसको समाधान नै परमेश्वरसँगको सहकार्य हो । उहाँसँगको सहकार्य नै विश्वास हो । परमेश्वर माथिको विश्वासले परिवर्तन ल्याउँछ: कहिलेकाही विश्वासले हाम्रो परिस्थितिलाई परिवर्तन गर्दैन, तर त्यतिबेला अटल रहने दृढता दिएर विश्वासले हामीलाई परिवर्तन गर्दछ । जब तपाईंको जीवनसाथीले सम्बधविच्छेदको माग गर्दछ, वा जब तपाईंको परिवार ठूलो समस्यामा हुनेछ, वा वर्षौं चलाएको दोकान बन्द हुन्छ । विश्वासले तपाईंलाई यी सबै कठिनाइहरू सहने सामर्थ्य र परमेश्वरले तपाईंको हेरचाह गर्नुहुन्छ भन्ने दृढविश्वास दिनेछ । सेयर गरौं ! सिकौं ! कसैको जीवनमा उत्साहको कारण बनौं । ‪#‎shrawanbomjan‬
श्रवन बोम्जन