हामी यहाँ जिउनको लागि मात्र छैनौं l यस संसारमा हामी परमेश्वर पिताको ठुलो दर्शनलाई लिएर प्रशस्ततामा, आशा, विजयको आत्मा र अनन्त जीवनको उपलब्धिको मुनाफालाई मानिसहरू सामू पुर्याउन पनि बाँचेका छौं l
सबै मान्छे एकै प्रकारले बाँच्दैनन् l फरक फरक तरिकाले मानिसहरू बाँच्दछन् l म सधै प्रार्थना गर्छु कि ख्रीष्ट अन्युयायिहरू माटोमा परेको गहुँको दाना जसरि बाँच्नु पर्दछ l किनकि गहुँको दाना माटोमा कुहिएर पनि बाँच्दछन् र धेरैलाई जन्माउछन् l “साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ।यूहन्ना १२:२४” l यो हरेक ख्रीष्ट अन्युयायिहरूलाई दिइएको कर्तव्य हो l यदि हामीले कर्तव्य बिर्स्यौ भने हातमा भएको ख्रीष्टको राज्यको पाल तन्काउन भुल्नेछौँ l
हामी सुन्ताला खान्छौं र त्यस भित्र भएका वियाँहरू फ्याक्छौँ l तर हामीले एउटा वियाँभित्र भएको हजारौं अर्को सुन्तालाई देख्दैनौं l हामिमध्य धेरै जनाले जीवनलाई पनि सुन्तलालाई जसरि बुझेका छौं; यसकारण हामी यो जिन्दगीलाई जसोतसो पार गरेर फ्याक्न चाहान्छौं तर हामीभित्र भएको सयौँ मानिसहरूलाई हामी देख्न सक्दैनौं l देख्ने प्रयास गरेका छैनौं l
मित्रहरू हामीले यो जान्नैपर्छ कि अरूको जीवनमा गरेको लगानीले सबैभन्दा महान उपलब्धि प्राप्त गर्नेछ l यसबाट आउँने आनन्द शक्तिदायक हुन्छ l यदि हामीले मानिसहरूमा लगानी गर्न सिक्यौं भने र हामीभित्र भएको सयौँ मानिसहरूलाई जन्म दियौं भने परमेश्वरले हाम्रो जीवनलाई उचाल्नु हुँनेछ l हामीभन्दा परको सफलतामा परमेश्वरले हामीलाई लानु हुँनेछ l
मदर टेरेसाको प्रख्यात भनाई ; " यदि तपाईं दयालु हुनुहुन्छ भने मानिसहरूले तपाईंलाई स्वार्थी अभिप्रयाहरू लिएको आरोप लगाउनेछन् ; जे भएपनि दयालु हुनुहोस् l आज तपाईंले गर्नुहुने भलाई, अधिकाँश मानिसहरूले बिर्सनेछन् ; तपाईंसँग भएको उत्कृष्ट कुरा संसारलाई दिनुहोस् र त्यो कहिल्यै पनि पर्याप्त नहोला; जे भए पनि तपाईंको उत्कृष्ट योगदान दिनुहोस् l अन्त्यमा त्यो तपाईं र परमेश्वरको बीचमा हुँनेछ; वास्तवमा त्यो तपाईं र तिनीहरूको बीचमा कहिल्यै थिएन् l" हो हामीले गरेका काम, सहयोग, योगदान, सहकार्य हामीसँग जोडिएको मानिसहरूसँग देखिएता पनि यो परमेश्वर सँग हो l किनकि परमेश्वरले अन्त्यको दिनमा हाम्रो कामको मूल्यांकन गरेर हामीलाई ईनाम दिनुहुनेछ l
जोएल अस्टिनले आफ्नो पुस्तक ‘बीकम अ बेटर यू’मा लेखेका छन्; “के तपाईं जीवनमा धेरै काम गर्न चाहानुहुन्छ ? दिनहुँ उठ्नुहोस् र आशिषित् हुने प्रयास गर्नुको सट्टामा अरू कसैको निम्ति आशिष हुनको लागि तपाईंको सामर्थ्यमा भएको हरेक कुरा गर्नुहोस् l यदि तपाईंले छ हप्तासम्म त्यसो गर्नुभयो भने, हरेक दिन कसैको निम्ति आशिष बन्ने प्रयास गर्नुभयो भने, तपाईको जीवन आशिषहरूले भरिनेछ l र हामीभन्दा परको सफलतामा परमेश्वरले हामीलाई लानु हुँनेछ l
पढ़ौँ lसिकौं l सेयर गरौँ l उत्साहको कारण बनौँ l
श्रवन बोम्जन
#shrawanbomjan