के पि योहनानलाई लागेका धक्का र आरोपहरू !


केहिसमय अगाडी क्याथोलिककरण हुन लाग्यो भनेर निकै आलोचित हुनुपरेका बिलिभर्स चर्च समूहलाई भारतीय संचारकर्मी र अन्तराष्ट्रिय मिडियाले पैसाको विषयलाई लिएर आलोचना गर्न थालेका छन् l

भारतको बैंकमा मात्रैपनि अहिलेसम्म २०० मिलियन (नेपालीमा हिसाब गर्नुपर्ने हुन्छ) डलर के पि योहनानको र जीएफएको नाममा जम्मा छ र पनि पैसाको लागि मागेको मागेकै छ भनेर एउटा पत्रकारले अन्तराष्ट्रिय स्थारको मिडियामा लेखेका छन् l

जीएफएले एशियाभरि सुसमाचार फैलाउने मिशन देखाएर पैसा ल्याउने र बिलिभर्स चर्चहरुमा मात्र सिमित राख्ने गरेका आरोप पनि लागेको छ l

नेपालको बिलिभर्स चर्च र जीएफएको अवस्था सायद भारतको भन्दा फरक होला l तर भारतमा भने बिलिभर्स समुदायलाई पैसाको सेवाकाइ गरेको आरोप लागिरहेको छ l

यू ट्युवमा भएको एउटा भिडियोमा बिलिभर्स चर्चका पाष्टर अभिषेक कार्यक्रममा सानो पाष्टरहरूले अभिषेक लिनेक्रममा के पि योहनानको खुट्टा ढोकेको दृश्यप्रति पनि धेरैले आलोचना गरेका छन् l कतिजनाले यो खुट्टा छुएर लिएको अभिषेकलाई क्याथोलिकको भन्दा पनि कडा विशपवाद भएको चर्चा गरिएको छ l

हामीले नेपालमा नारायाण शर्मा अंकलको खुट्टा कसैले ढोकेको देख्नु परेको छैन l
सायद नेपाल र भारतमा भएका बिलिभर्स चर्चले केहि सस्कृति, फरक बुझाई र मान्यता बोकेका होलान l

के पि योहनानले आफूप्रति लागेको आरोपलाई झुठो भन्दै आएका छन् l तर यो विषयलाई लिएर अमेरिकामा समेत ठुलो हलचल मच्चिएको छ l र के पि योहनानलाई सेवाको नाउँमा भ्रष्टाचार गरेको भनेर विवादमा राखिएको छ l भारतबाट अडिट गरेर बुझाएको डाटालाई समेत अमेरिकामा पुन अडिट गरेर हेरिएको छ l र पैसाको चलखेल भएको प्रामाण निकालेका छन् l यो विषयमा के पि योहनानले आधिकारीक ठोस प्रमाणसहितको जफाव दिनसकेको छैन l

के पि योहनान बिलिभर्स चर्चका सस्थापक हुन् l नेपालमा ५००, सय भन्दा बढी बिलिभर्स चर्चहरू रहेको छ l

भारतमा जेजस्ता भएता पनि नेपालमा अहिलेसम्म बिलिभर्स समुदायसँग सबैको आत्मीयता सम्बन्ध राम्रो छ l नेपालमा भएका बिलिभर्स समुदायको विशप नारायण शर्मा विवादमा मुछिएको अहिलेसम्म सुनिएको छैन l यो हाम्रो लागि वलियो पक्ष्य हो l नेपालमा रहेका बिलिभर्स चर्चका अविवादिद छविको लागि धन्यवाद l

अभ्यासमा आएका गलत कुरा र प्रवृत्तिको अन्त्य गरौँ l
निस्वार्थ सेवाकाइमा लागौं l
मान्छेको चरणमा होइन, परमेश्वरको चरणमा परौं l

‪#‎shrawanbomjan‬ 
श्रवन बोम्जन