म दशैँमा हिन्दू साथीहरूलाई 'ह्यापी दशैँको सट्टामा ह्यापी होली डे' भन्न रुचाउँछु !

भाषा, धर्म र संस्कृतिको कारणले; दुइसय बर्ष अगाडी पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरे पछि मुलुकलाई एकात्मकवादको नीति, सिद्धान्त र प्रणालीबाट अगाडी बढाएको कुरा हामीले इतिहासका गवाहिहरूबाट थाहाँ गर्न सक्छौं l
पृथ्वी नारायण शाहले नेपाल एकीकरण पछि एउटा समुहलाई मात्र फाइदा हुने र पोस्ने किसिमको नीति, सिद्धान्त र प्रणाली नेपालमा लागु गरेका थिए र नेपालको बहुसंख्यक आदिवासी, जनजातिहरुले बोल्ने भाषा र अंगिकार गर्ने धर्म र संस्कृतिलाई दमन गरिएको थियो l र सबै अहिन्दू नेपालीहरुलाई जबर्जस्ति हिन्दुत्वकरण गरियो l
दशैं चाडपर्व भनेको जन्मदिन मनाए जस्तो होइन l यदी हामीले यस्तो सोचिरहेका छौं भने हामी गलत बुझाईमा छौं l दशैँ भनेको हिन्दूहरूको देवता दुर्गालाई विशेष स्थान दिएर, मूर्तिहरूमा पशुपंक्षीको बलिदान गर्ने हिन्दुहरुको चांडपर्व हो । दशैँको समयमा लाखौँ पशुपंक्षी वली गरिन्छ l प्रष्टरूपमा भन्नुपर्दा दशैँ दुर्गा पूजा र मुर्ति पूजासँग सम्बन्धित छ l यसकारण यो पर्वलाई म खुशीको दिनसँग सम्बोंधन गर्दिन l तर मेरो प्रिय हिन्दू मित्रहरूलाई 'ह्यापी दशैँको सट्टामा ह्यापी होली डे' भनेर लामो छुट्टीको शुभकामना दिन्छु l
आज अइसाई अर्थात् विभिन्न जति समुदायका अहिन्दूहरू र कतिपय हिन्दूहरूले नै पनि दशैँ तिहार जस्ता चाडपर्वलाई वहिस्कार गरिरहेको छ l परमपरागत चाडपर्वको नाउँमा प्हुजुल खर्च र पशुवली जस्ता विकृतिलाई निरन्तरता दिन नहुने निष्कर्षमा उनीहरूले यस्ता निर्णय गरेका छन् l
जब दशैँ तिहार आउँछ अरू आस्थामा विश्वास गर्नेहरू राज्यबाट शोषणमा पर्छ l हिन्दूहरूको यो उत्सवले अरू आस्थामा विश्वास गर्नेहरूको समानतामा घाउँ बनाउँछ l किनकि एउटा धर्मनिरपेक्ष देशमा राज्यले हिन्दुहरुको चाडलाई मात्र काखी च्याप्ने काम गरेको छ l विशेष स्थान दिएको छ l हिन्दूलाई जसरि अग्रस्थान, समानता, बराबरी अधिकार र सुबिधा अरू धर्मकाहरूलाई दिइएको छैन l
म किन 'ह्यापी दशैँको सट्टामा ह्यापी होली डे' भन्छु ?
मैले अगाडी नै अलिकति भनिसके दशैं भनेको दुर्गालाई आराधना गरेर मनाइने हिन्दू चाडपर्व हो l म इसाई भएको कारणले दशैँमा शुभकामना आदानप्रदान गर्नुको सट्टामा, छुट्टीको दिनहरूको निम्ति शुभकामना दिन्छु l म मेरो हिन्दू मित्रहरूको आस्थामा आलोचना गर्दिन तर सम्मानका साथमा म उनीहरूको उत्सवमा सहभागी पनि बन्दिन l किनकि म दशैको शुभकामनाहरूमा सहभागी भएर दुर्गाको आराधना गर्न सक्दिन l यो मेरो व्यक्तिगत धारणा हो l जसले जस्तो खालका परिभाषाहरू दिएता पनि सबैजना आफ्नो आस्थाको परिधिभित्र बाधिएको छ l यसैकारण अरू देवीदेवताको शरणमा झुक्न पुग्नु मेरो आस्था परिधि बाहिराको कुरा हो l म त्यसो गर्न सक्दिन l
बईबलका यो खण्डहरूले मलाई हेरिरहेको छ ;
अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता? ख्रीष्‍टको बेलिआलसँग के सरोकार? वा विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के समानता? मूर्तिहरूसँग परमेश्‍वरको मन्‍दिरको के सम्‍झौता? किनभने हामी जीवित परमेश्‍वरका मन्‍दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्‌डुल गर्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्‌” २ कोरन्थी ६:१४- १६ l
“आफ्‍नो हात हलोमा लगाएर पछिल्‍तिर हेर्ने कोही पनि परमेश्‍वरका राज्‍यको योग्‍यको हुँदैन।” लुका ९:६२
यदि मैले ख्रीष्ट येशूलाई पाएर पनि त्यो छोडी आएको परमपरालाई कायम राख्न हृदयमा मुर्तिहरू लुकाएर राख्छु भने अर्थात् राखेका छु भने म नयाँ भएर जन्मेको हुँदिन l ख्रीष्ट येशूमा मेरो केहि भाग हुनेछैन । मुर्तिलाई हृदयमा राख्नेसँग परमेश्वरको आत्मा हुँदैन l यसकारण म मेरो हृदयमा मुर्तिलाई ठाउँ दिन्न l परपपराहरूको निम्ति म आफ्नो विश्वासलाई परमेश्वरको दृष्टि विपरित लुकाउन चाहान्न l
( लेबी २६-१:) “ ‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
( लेबी २६:२८-३० ) मेरो क्रोधमा म तिमीहरुको बिरुद्द जानेछु र तिमीहरुको पापको लागी म तिमीहरुलाई सात गुणा द्न्ड दिनेछु ! तिमीहरुले आफ्नु छोरा छोरीको मासु खानु पर्नेछ ! म तिमीहरुको डांडाको थानहरु नाश पारी दिनेछु ! तिमीहरुको सुर्यको मुर्तिहरु भत्काई दिनेछु र तिमीहरुको लाशहरु त्यहि भत्किएको मुर्तीहरु माथि फ्यालि दिनेछु र् म तिमीहरुलाई तिरस्कार गर्नेछु !
मुर्तिलाई हृदयमा स्थान दिएर परमेश्वरबाट तिरस्कृत हुन् हामी कसैको पनि रहर होइन l यसकारण साथीहरू मैले एकदम सजिलोसँग पढ्दा पनि बुझ्ने साधारण शब्दहरूद्वारा यो कुराहरू बुझाउन खोजेको हुँ l म किन दशैमा दशैको शुभकामना दिदिन भनेर छोटो व्याख्या गरेको हुँ l दशैँ सम्बन्धि यो बुझाई मेरो नितान्त व्यक्तिगत विचार हो l तपाईहरू सहमत हुन्, नहुन पाउनुहुन्छ l
"तैले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु।" (मात्ति ४:१०), (लुका ४:८)l
"तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु।" (मति२२:३७), (मर्कूस१२:३०) l परमेश्वरको वचनले हामीलाई प्रष्ट पर्छ कि हामीले उहाँको मात्र सेवा गर्न सक्छौं ।
यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। (२कोरिन्थी५:१७) l
तपाइँ नयाँ सृष्टि भएर परमेश्वरको अनुग्रहमा बाँचेको उहाँ चाहानुहुन्छ । तपाईहरूले थाहाँ पाईहाल्नु भयो किन म दशैँमा हिन्दू साथीहरूलाई 'ह्यापी दशैँको सट्टामा ह्यापी होली डे' भन्न रुचाउँछु l
कसैको पनि आस्था र धर्मलाई खिसी नगर्नुहोस् l
NOTE: दशैँ सम्बन्धि यो बुझाई मेरो नितान्त व्यक्तिगत विचार हो l तपाईहरू सहमत हुन्, नहुन पाउनुहुन्छ l मेरो यो बुझाई र विचारप्रति इसाईहरू संवेदनशील हुनैपर्छ भन्नेखालका आग्रह गर्दिन l
‪#‎shrawanbomjan‬ श्रवन बोम्जन