धेरैपटक हामीले आफुले चाहेअनुसारको
मित्रहरूको अपेक्षा गरेका हुन्छौं । र हाम्रो बुद्धि, ज्ञान र फैसलामा
नझुक्नेलाई हामी टाढा राख्छौं । यसले हामीलाई एक्लो बनाईरहेको हुन्छ ।
अरूहरूसँगको सहकार्यमा रमाउन नसक्ने मान्छे विस्तारै एक्लो हुँदै जान्छ ।
एक्लो बन्ने प्रवृत्तिले मान्छेलाई कठिन अवस्थाको सामना गर्दा पनि कसैसँग
वार्तालाप नगर्ने बनाउँछ । यसको परिणाम ; विस्तारै हामीले सकारात्मक हौसला
दिने साथीहरूलाई पन्छाएर आफुलाई हारूवा बनाउनु हो । यो अवस्थाको समस्य
भनेको यो हो कि हामी सम्भवतः आफैमा केन्द्रित हुन्छौं । आफैले मात्र सबै
कुरा जानेका छौँ र म नै अरूहरू भन्दा ठिक छु भन्ने अहमपनको जड्मा रमाउँछौं ।
पछिल्लो केहिसमय यता म नेपाली इसाई मिडियाकर्मी साथीहरू र अग्रज पास्टरहरूसँग अलिक नजिकिएको छु । कतिपय अगुवा, मिडियाकर्मी साथीहरूसँग सहकार्य गर्ने मौका पनि पाएको छु । यहाँ मैले केही व्यक्तिहरूलाई एक्लै बाँच्न चाहाने प्रवृत्तिमा दौडिरहेको देखे । अरूसँगको सहकार्य नरूचाउने, आफ्नै कामको मात्र मूल्य देख्ने र आफूदेखि दोस्रो व्यक्तिको कामहरूको आलोचना मात्र गर्ने । क्षमा र मिलापामा झुक्नु नचाहने, अरूले गरेको गल्तिबोधलाई पनि स्विकार नगर्ने, मिडिया र मन्डली हुँदी आदर्शको कुरा गर्ने तर एक्लो भएर बाँच्ने ।
केही साथीहरू एक्लो भएर बाँच्दैछन् । कसरी बाँच्ने त्यो व्यक्ति आफैमा निर्भर पर्दछ तर एक्लो भएर बाँच्नेले अरूलाई पनि एक्लो बनाउन सक्दो प्रयास गर्दो रहेछ । एक्लो हुन चहानेले, अरूलाई पनि एक्लो बनाउन अरू साथीहरूसँग सम्बन्धित मान्छेहरूको बिच्मा छिरेर सम्बन्ध बिगार्ने काम गर्छ । गरिरहेको छ । एक्लो बाँच्न चाहनेले प्रत्येक सम्बन्धलाई तत्कालको लागि महसुस गरेको हुन्छ, तर दिगो सम्बन्धप्रती उसको चासो रहदैन । त्यसमा समवेदनशील हुँदैन । यसलाई अवसरवादी पनि भन्न मिल्छ ।
उदाहरणको लागि; अलिक ठुला शक्तिशाली देशहरूमा बस्नेहरूलाई उसले तत्कालीन खाचोपुर्तीको निम्ति खाखी च्याप्ने काम गर्न सक्छ तर त्यो व्यक्तिहरूसँग दिगो सम्बन्ध बनाई रहन सक्दैन । हामी सबैलाई थाहा छ छोटो समयको लागि कसैलाई पनि आफुतिर खिच्नु गाह्रो कुरा होइन तर कसैलाई आफुतिर खिच्नु र सधैको लागि सम्बन्ध विकासमा लगानी गर्नु गार्हो पर्दछ । एक्लो हुन चाहनेहरूको कुटनैतिक सम्बन्ध र भ्रमात्मक सम्बन्धहरू कसैको प्रेम जोडि भूपू मायालुमा परिवर्तन भएझैं हुँनेछ ।
मैले नजिकबाट नियाली रहेको केही साथीहरू हुनुहुन्छ जस्ले ठूलो देशमा बस्नेहरू र अलिक हुनेखानेहरूलाई स्वर्गदुत झै ठान्दछन् तर भौतिक गरिबीको निम्न स्थरका विश्वासीहरूलाई चासोको ठान्दैनन् । किनकी उ एक्लो प्रवृत्तिको मान्छे बन्ने प्रयासमा छ । उसलाई अवसारवादको कानुनले मात्र छुन्छ, त्यो भनेको पैसा वाला र नाफामा लाने सम्बन्धहरू हुन् ... !
तापाई र मेरो जग कतिको बलियो छ भनि हाम्रो जीवनमा आउने (आँधीहरू) मानिसहरूले प्रकट गरिदिनेछ ।
अनुभवले सदैव कुनै न कुनै मूल्य चुकाउन लगाउँदछ र प्राय; त्यो सुखद् हुँदैन l यो मैले अनुभव गरेको छु । यसकारण हामीले बुझ्नुपर्ने कुरा यो हि कि पानीमा खस्दैमा हामी मर्दैनौं । तर त्यहाँ डुबिरह्यो भने मर्छौं । आफुलाई एक्लो बनाउने प्रयास भनेको पानीमा डुवी रहनु हो ; एक्लो हुनु असल होइन । घमण्ड, अहम् र अमिलाप जस्ता; कुराहारूले हामीलाई एक्लो बनाउँछ ।
यसैले आफुलाई एक्लो नबनाउनुहोस् । तपाईको जीवनमा अरूहरूलाई पनि काम गर्न दिनुहोस् । तपाईलाई सहायता गर्न चाहाने धेरैजना हुन सक्छ, तपाईंबाट सहायता लिन चाहाने पनि धेरैजना हुनसक्छ । तिनिहरूलाई बाहिर राखेर एक्लैले समस्यको समाधान गर्ने प्रयास नगर्नुहोस् । त्यो समस्यलाई अरूहरूसँगको सहकार्यको साथमा परमेश्वरको हातमा सुम्पीदिनुहोस् ।
हाम्रो जीवनमा भएको हरेक कुराहरू परमेश्वरलाई थाहा छ । उहाँको दृष्टिदेखी कुनैपनी कुरा लुक्दैन । यसकारण हामी एक्लो बनेर, परमेश्वरले हाम्रो निम्ति पठाउनुभएको मानिसहरूलाई नकार्ने काम नगरौं ।
#shrawanbomjan
श्रवन बोम्जन