यस पृथ्वीमा परमेश्वरको प्रेमलाई चाखेर सबैले आनन्द उठाएको परमेश्वर चाहनुहुन्छ । हामीलाई माया गरेकै कारण परमेश्वरले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो र हाम्रो अधिकारमा दिनुभयो । सबै मानिसहरूको पापलाई मेटाउन र ख्रीष्टको बलिदानमा बिश्वास गर्नेहरूको उज्वल भविष्यको निम्ति आफ्नो पुत्रलाई हाम्रो निम्ति दिएर उहाँले प्रेमको कदम चाल्नुभयो । यहिँ सुसमाचार मानिसहरूसामु पुर्याउने जिम्मेवारी हाम्रो कादमा आएको छ ।
धेरै मानिसहरूले मुक्ति (मोक्ष)को निम्ति अनेकौं दुखकष्ट झेलेर शरीरक यातना सहेपनी आफ्नो आत्माशान्ति र मृत्यूपछिको सुनिश्चितताको निम्ति सत्यताको आधार भेट्न सकेको छैन । तर एउटा असल सुसमाचार हामीसँग छ । यदि हामी ख्रीष्टको राज्याको पाल तन्काउन लागि पर्यौं भने, सबै मानवजातिको हृदयमा नयाँ आत्माकरण हुनेछ । हामीले सुनाउने सुसमाचारको सन्देशलाई स्वीकार गर्नेहरूको जीवनबाट मृत्यूको शक्ति भाग्नेछ । उनीहरूले आत्माशान्ति र मृत्यूपछिको सुनिश्चितता पाउनेछ । ख्रीष्टले उनीहरूको जीवनमा आफ्नो राज्य खडा गर्नुहुनेछ ।
परमेश्वरले पृथ्वीबाट खराब र पापी मानिसहरूको ठुलो बगललाई पवित्रताको अथाहसागरमा ल्याएर पखाल्न चाहनुभएको छ । यसैको निम्ति हामीलाई खेताला बोलाउनु भएको छ । यदि हामीले राम्रो काम गर्यौं भने ज्यालासहित ठुलो ईनाम पाउनेछौं । अहिले संसारमा घटिरहेको हरेक अप्रिय, अमानवीय, अइश्वरीय घटनाहरू परमेश्वरलाई थाहाँ छ । यो भन्दापनि ठुलो विपत्ति र कहिल्यै नसुनेको, नदेखेको घटनाहरू हुनुभन्दा अगाडी उहाँले हामीलाई गर्नुभएको प्रेमको सन्देश मानिसहरूको विचमा पुर्याएको परमेश्वर चाहानुहुन्छ ।
अहिले कसरी उत्तम जीवन बिताउने र भविष्यमा अनन्त जीवनको भागिदार हुने भन्नेकुरा हाम्रै हातमा छ । जसरि हामी सबै खाले परिस्थितिहरूमा भविष्यलाई सम्झेर खुशी हुँदै त्यो अदेखा विश्वास र भरोसामा जिइरहेका छौं ।
आजको यो द्वन्दात्मक संसारलाई हामीले ख्रीष्टको बारेमा बताउनै पर्छ । हो यो काम गर्नलाई हामीलाई धेरै गार्हो हुन्छ । ठुलो मूल्य चुकाउनुपर्छ । तर हामीले गर्ने सबै काम, संघर्ष, भोगाई ख्रीष्टको बलिदानको अघि कुनैपनि मुल्यको रहदैन । तापनि हामी जस्तो छौं, हामीले जे गर्न सक्छ त्यो गरेको उहाँ चाहानुहुन्छ ।
गैरइसाईहरूले धेरैपटक धेरै ठाउँहरुमा सुसमाचार प्रचारमा लागिपरेका ख्रीष्ट अन्युयायीहरूलाई विदेशी दलाली, धर्म परिवर्तनकारी र आमाबुवा बेच्ने जस्ता असामाजिक आरोप लगाएर ख्रीष्टियनहरूलाई शोषणको रूपमा हेर्ने गरिएको छ । र हामी आलोचित हुनुपरेको छ । तापनि हामी आलोचनाको भिडमा प्रशंसानीय भएका छौं । प्रभूले भन्नुभयो जसले मेरो खातिर तिमीहरूलाई घृणा गर्छ, सम्झ त्यसले तिमीहरूलाई होइन् । मलाई गरेको छ ।
सुसमाचारको सेकाकाईमा निस्कदा उपयुक्त समय, स्थान, त्यहाँका सस्कृति, परमपराको ख्याल राखेर हामीले त्यहाँ सुनाउने सुसमाचारको भाषा र सन्देशको तरिकासम्वन्धि विशेषगरी संवेदनशील हुनैपर्छ । यदि हामीले त्यहाँको अवस्था र परिस्थितीलाई प्रार्थनासहित अग्रिम अवलोकन (थाहाँ) गरेनौं भने त्यस समय, त्यस ठाउँ, र त्यहाँका मानिसहरूमा पुर्याउने खोजेको सुसमाचार प्रचार त्यहाँ शोषणको भाषा बन्नसक्छ । त्यहाँको मानिसहरूको निम्ति असंवेदनशील र नितिविरुध्द हुन सक्छ । यसकारण सबैकुरामा, परिस्थितिमा होशियारिका साथ् अघि बढौं । संवेधनशील परिस्थितिहरूमा पनि सुसमाचार बाढ्नुहोस !
परिस्थिति हेरेर सुसमाचारको हतियार बन्नुहोस् । पर्चा बाढ्नुमात्र सुसमाचार होईन । कसैलाई सुनिदिएर सुसमाचार बन्नुहोस् । आफ्नो जीवनको चालचलनलाई सुसमाचार बनाउनुहोस् । मित्रताको माध्यमबाट, सहकार्यद्वारा, प्रेम, चासो, सम्बन्ध र सहयोगद्वारा सुसमाचार बन्नुहोस् । इमान्दारिता र पारदर्शिताको साथामा सुसमाचारको खुड्किलो बन्नुहोस् । तर कसैलाई पनि प्रलोभनमा पार्ने चेष्ट कहिल्यै नगर्नुहोस् । प्रेम नै सुसमाचार हो । प्रेम बाडेको परेम्श्वर चाहानुहुन्छ ।
#shrawanbomjan
श्रवन बोम्जन
