सक्कली बाघ बन्नुहोस् l



तपाई वास्तविक बाघ हो ? सक्कली बाघ बन्नुहोस् l
यहाँ तस्विरमा मैले छोरा मान्छेलाई बाघ बनाएको छु l चिडियाखानाको बाघ l सर्कसको बाघ l यो केवल जिम्मेवारीको परिधिभित्र गर्जने बाघ हो l आफ्नो परिवार, आमाबुवा, छोराछोरीको खुशीको निम्ति गर्जने, सबै परिस्थतिमा संघर्ष गर्ने बाघ l मैले भनेको बाघ यस्तो हो l जोसँग प्रेमको शशक्त हतियार छ l मानिस भएर बाँच्दै आर्को मानिसको भावनालाई बुझ्न सक्ने बिशाल हृदय छ l अरूको दुखलाई धुन सक्ने जीवित पानीको मुहान छ l आफुसंग खुशी पोखाउने, दु:ख पोखाउने सबैका भावनाहरुप्रति प्रस्तुत हुनसक्ने क्षमता छ l छोरा मान्छे रुनु हुँदैन भन्ने ढुंगाको व्यवस्था बोकेको मान्छे मेरो निम्ति बाघ हुन सक्दैन l दुःख देखाउनु हुँदैन, पीर देखाउनु हुँदैन, हाँसी हाँसी हिड्नुपर्छ भनेर आफ्नो वास्तविक जीवनको रङ्ग देखाउन नसक्ने मान्छे बाघ हुन सक्दैन l जसले खुशी र दुखका क्षणहरू महशुस गर्न सक्छ रपनी आफ्नो जिम्मेवारीबाट एककदमपछी हट्दैन उहिँ बाघ हो l देखावटी हाँसो, नाटकीय जीवन पाल्नुभन्दा आफ्नो पिडामा रूनुहोस् l किनकि छोरा मान्छेपनि मानिस हो l बाघले प्रतिकृया दिन सक्नुपर्छ l यसकारण रुनु र हाँस्नु भनेको पनि जीवनको प्रतिकृयाहरू हुन् l हाँस्नु रुनु भनेको माया देखाउनु हो l यदि माया व्यक्त गरेर आफ्नो (कसैको) जीवन सार्थक बन्छ भने सक्कली बाघ बन्नुहोस् l कुरा बुझ्ने बाघले सेयर गर्नुहोस् l ‪#‎shrawanbomjan‬
श्रवन बोम्जन