अन्त्यको दिनको बारेमा येशूले यसो भन्नुभयो

केहि मानिसहरूले यहिँ सेप्टेम्बर २२-२८ सम्ममा यो धर्ति कुनैपनि बेला नष्ट हुनसक्ने अथवा यासभित्रमा ठुला घटनाहरू घट्ना सक्न कथोकल्पित भविष्यवाणी गरेका छन् l बाईबलमा चन्द्रमा रक्तमा परिवर्तन हुनेछ भनेर लेखिएको वाक्यांशलाई लिएर यो बिषयलाई हेरिएको छ l
उनीहरूको भनाई अनुसार गएको वर्षदेखि अहिलेसम्ममा चारचोटी चन्द्रमा रातो भईसकेको र २८ तारिख भित्रमा चन्द्रमा फेरी पुरै रातो हुँनेछ l यसपछि धर्तीमा भयानक भूकम्प आउनेछ l आकाशबाट भारी पानी पर्नेछ l र यसले येशू ख्रीष्ट संसारमा आउँने सूचना दिनेछ l जब यो धर्तीमा ठुलो भूकम्पको झट्का लाग्नेछ तब अरब देशहरूमा युध्दको स्थिति सुरू हुँनेछ l यसकुराको दावी मार्क ब्लिज्ट र जॉन हेगीले गरेका हुन् l २०१३ मा ‘फोर ब्लड मून’ भन्ने पुस्तक समेत प्रकाशित गरेका थिएँ l अध्याधिक बिक्रि पनि भएको थियो l
'ब्लड मुनका यो कुराहरूले बिश्वसिहरूलाई आउने दिनको चुनौतिको निम्ति तयार रहन अग्रसर गरेको देखिन्छ l
प्रोफेसर रॉबर्ट वॉल्शले अर्को हप्ताभित्रमा यो जगतबाट मानिसको अन्त्य हुनसक्ने अभिव्यक्ति दिएर पगालपन देखाईरहेका छन् l डायनासोरको जस्तै मानिसको इतिहासपनी सकिनसक्ने संकेत दिइएको छ l यी "ब्लड मुन'का कुराहरू हुन् l

इतिहासमा अरूहरूले गरेका भविष्यवाणी यस्ता थिएँ :
१. सन् ९९९ ईस्वीमा पनि यस्तै एउटा झुठो भविष्यवाणीको चर्चा भएको थियो l धेरैले त्यस वर्षको नयाँ साल देख्न पाउदैन भनेका थिएँ l यो कुरालाई साँचो मानेर धेरैले आफ्नो आफन्तलाई छोडे, जागिर छोडे, नोकरहरूले मालिकलाई छोडे l अहिले हजारौं वर्षपछी हामी गवाही छौं की त्यतिखेर केहिपनि भएन l र त्यतेखेर त्यो भविष्यवाणी गर्ने व्यक्तिले आफ्नो भविष्यवाणी झुठ भएको स्वीकार गर्न मानेन र येशूको जन्म मितिको गलत गणना भएको बाहाना देखाएर उसले आफ्नो भविष्यवाणीमा सुधार गरेर ११३३ मा यो पृथ्वी नष्ट हुन्छ भनेर फेरी मिति तोक्यो l ११३३ मा पनि केहि भएन l २. १९८० को दशकमा पनि एकजना झुठो इसाई बक्ता पैट रॉबर्टसनले एउटा चर्चित टीवी शो संचालन गरे ‘दी 700 क्लब’ उसले आफ्नो दर्शकहरूलाई अबको दुईवर्ष भित्र यो दुनिया खत्तम हुनेछ भनेर मगज धुलाई गराए l तर संसार रहिरह्यो l ३. अमेरिकाको झुठो शिक्षाका पाष्टर हैरॉल्ड कैंपिंगले पनि भविष्यवाणी गरेका थिए l उसले २१ मे, २०११ दिन यो संसारको अन्त्य हुन्छ भनेका थिए l उसले पनि सूरूमा ६ सेप्टेम्बर १९९४ मा संसार नष्ट हुन्छ भनेका थिए तर पछी उसले गणनामा आफु चुकेको दावी गरे l गएको वर्ष डिसेम्बरमा ९२ वर्षको उमेरमा कैंपिंगको मृत्यू भएको थियो l ४. प्राचिन माया सभ्यताको क्यालेन्डरमा ( जसको सुरुवात ३११४ इसापूर्वमा भएको थियो) २१ डिसेम्बर, २०१२ लाई विश्वको अन्तिम दिन भनिएको थियो l यस क्यालेन्डरलाई बिश्वास गर्ने झुठा शिक्षाका अन्युयायिहरूले यो नै अन्तिम दिन हुन्छ भनेर प्रचार गरेका थिए l यसैको आधारमा एउटा निकै चर्चित हॉलीवुड फिल्म पनि बनाईएको थियो l यसमा अधिकंश मानव प्रजातिको नष्ट भएको देखाईएको छ l यथार्थमा भने यो तारिखको दिन केहिपनि भएन l र मानिसहरू आजपनि पृथ्वीमा राजा गरिरहेका छन् l - बाइबलमा रक्ताम्य चन्द्रमाको कुरा :
परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌। प्रेरित २:२० “ती सङ्कष्‍टका दिनको तुरुन्‍तै पछि, सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्‍नेछन्‌, तथा आकाशका शक्तिहरू हल्‍लाइनेछन्‌। मत्ती २४:२९ ( अरू पनि थुप्रै पदहरू छन् ) - अन्त्यको दिनको बारेमा येशूले यसो भन्नुभयो l ( मर्कुस १३: १-३७ ) जब उहाँ मन्‍दिरबाट निस्‍कँदैहुनुहुन्‍थ्‍यो, तब उहाँका चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्‌, गुरुज्‍यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्‍य भवनहरू।” येशूले तिनलाई भन्‍नुभयो, “यहाँ त एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नछोडिने गरी सबै भत्‍काइनेछन्‌।” अनि उहाँ मन्‍दिरको सामुन्‍ने जैतून डाँड़ामा बस्‍नुहुँदा पत्रुस, याकूब, यूहन्‍ना र अन्‍द्रियासले उहाँलाई गुप्‍तमा सोधे, “हामीलाई भन्‍नुहोस्‌, यी घटनाहरू कहिले हुनेछन्‌? र यी सब कुरा पूरा हुनका निम्‍ति के चिन्‍ह हुनेछ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्‌। धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्‍दै आउनेछन्‌, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्‌। जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ। किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्‍पहरू जानेछन्‌, अनिकालहरू हुनेछन्‌। योचाहिँ स्‍त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्‍टको आरम्‍भ हो। “तिमीहरू आफ्‍ना विषयमा होशियार रहो। तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्‍पनेछन्‌। तिमीहरू सभाघरहरूमा पिटिनेछौ। अनि हाकिमहरू र राजाहरूका सामुन्‍ने मेरो खातिर तिनीहरूलाई गवाही दिन तिमीहरू खड़ा हुनेछौ। र पहिला सबै जातिहरूलाई सुसमाचार प्रचार गरिनुपर्छ। जब मानिसहरूले तिमीहरूलाई पक्री लगेर मुद्दा चलाउँछन्‌, तब के बोलौं भनी अघिबाटै फिक्री नगर। तर त्‍यसै बेला जे तिमीहरूलाई दिइन्‍छ, त्‍यही बोल, किनकि बोल्‍ने तिमीहरू होइनौ, तर पवित्र आत्‍मा हुनुहुनेछ। “एउटा भाइले अर्को भाइलाई मृत्‍युको लागि सुम्‍पनेछ, र त्‍यसै गरी बाबुले छोरालाई। छोरा-छोरीहरू आमाबाबुहरूका विरुद्धमा खड़ा हुनेछन्‌, र तिनीहरूलाई मार्न लाउनेछन्‌। अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ त्‍यसैको उद्धार हुनेछ। “जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्‍यहीँ उभिएको देख्‍छौ (पढ्‌नेले बुझोस्‌), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्‌। घरको कौसीमा हुने तल नओर्लोस्‌, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌। खेतमा हुने आफ्‍नो खास्‍टो लिन पछाडि नफर्कोस्‌। तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई! त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर। किनकि ती दिनहरूमा यस्‍तो महासङ्कष्‍ट आइपर्नेछ कि परमेश्‍वरले गर्नुभएको सृष्‍टिको सुरुदेखि अहिलेसम्‍म न त यस्‍तो भएको छ, न कहिल्‍यै हुनेछ। यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए ता कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ। त्‍यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्‌’ वा ‘त्‍यहाँ छन्‌’ भन्‍यो भने, तिमीहरू विश्‍वास नगर। किनभने झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्‌, अनि सम्‍भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्‍हहरू र आश्‍चर्यका कामहरू गर्नेछन्‌। तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु। “तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन्‌, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्‌। अनि त्‍यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्‍नेछन्‌। तब उसले स्‍वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्‍वीको अन्‍त्‍यदेखि आकाशको अन्‍त्‍यसम्‍म चारै दिशाबाट आफ्‍ना चुनिएकाहरूलाई भेला गर्नेछ। “अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ। यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्‍छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्‍ने जान। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यी सबै कुरा भई नसकूञ्‍जेल यो पुस्‍ता बितिजानेछैन। स्‍वर्ग र पृथ्‍वी बितिजानेछ, तर मेरा वचन कहिल्‍यै बित्‍नेछैनन्‌। “तर त्‍यस दिन र त्‍यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्‍दैन, न त स्‍वर्गमा हुने स्‍वर्गदूतहरूले न पुत्रले। होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। यो त मालिकले आफ्‍ना चाकरहरूलाई घरको प्रत्‍येक काम र दायित्‍वको जिम्‍मा दिएर र पालेलाई जागा रहनू भनी आज्ञा दिएर परदेश लागेको जस्‍तो हो। “यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ। नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला। जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।” सक्दो सेयर गरौँ l
झुठा भविष्यवाणीबाट होशियार रहौं l #‎shrawanbomjan‬
श्रवन बोम्जन l