नुवाकोट काहुले गा.बि.स. मा सबैभन्दा पहिले मण्डली स्थापना गर्नु भएका र वैदेशिक रोजगारको निम्ति कुवेतमा रहदा त्यहाँ स्थित पहिलो नेपालीभाषी मण्डली सरु गर्नुहुने पा.जय बहादुर तामाङ संग श्रवण बोम्जनले गर्नुभएको अन्तरवार्ताको संशोधित अंश यसप्रकार छ:
जय मसिह पाष्टर ज्यु ! तपाईलाई स्वागत छ ।
तपाईलाई पनि जय मसिह अनि धन्यवाद ।
तपाईको बारेमा केहि बताई दिनुहोस् न ।
म जय बहादुर तामाङ्ग । बुवा मैता तामाङ्ग र आमा सुब्बुरी तामाङको पाचौ“ सन्तान हु“ । मेरो जन्म नुवाकोट जिल्लाको काहुले गा.बि.स स्थित हटिया वडा नं. ३ मा वि.सं.२०१४/७/१३ गते भएको थियो । र म नेपाल आर्मीमा पेन्सन पाकेको बारा गे्रटको भू.पू. हवल्दार मेजर पनि हुँ । परमेश्वरले मलाई उहाँको अनुग्रहमा २०५१ सालमा चुन्नुभयो, र त्यहि समयदेखि म ख्रीष्टको प्रेमलाई मानिसहरुमा पुर्यौदै, पाष्टरीय सेवाकाई गरिरहेको छु ।
आजकल तपाईको दिनहरु कसरी बित्दै छ ?
म पूर्णकालिण सेवाकाइमा काम गर्ने भएकोले गर्दा, त्यहि हो घरेलु संगति, सु-समाचार प्रचार र बाइबलीय तालिमहरुमा नै व्यस्त हुन्छु र, बेला बेलामा नयाँ ठाउहरुमा जादै बिश्वासीहरुलाई उत्साह दिदै मेरो दिनचार्य बितिरहेको छ ।
५७ औ वसन्त पार गरिसक्नुभयो, तर पनि अझै निकै जोशिलो र जवान देखिनुहुन्छ नि ?
म यहा गाउँमा बसेर परमेश्वरको कामको निम्ति पुरा समय लागि परेकोछु । ख्रीष्टको प्रेमको स्पर्श र उहाँमा पाएको आनन्दले मलाई जोशिलो बनाएको छ । परमेश्वरको निम्ति जिउँदा म आफुलाई जवान भेटाउछु ।
गाउँमा सु–समाचारीय काम गर्नु शहरमा भन्दा सजिलो छ हो ?
गाउँ र शहरमा भौतिक सुबिधाको भिन्नता मात्र हो भन्ने ठान्छु म, । परमेश्वरको काम शहर र गाउ“मा फरक भन्ने मलाई लाग्दैन । परमेश्वरको निम्ति परिश्रम गर्नु भनेको आत्माको लडाईमा हिंड्नु हो । यदि हामी गलत फाइदाको निम्ति अल्झिदैनौं भने शहर र गाउँ दुवै ठाउँमा हाम्रो आत्माको आकांक्षा मानिसहरुलाई ख्रीष्टमा जित्नु हो । आत्मा जित्नु जहाँ रहे पनि आत्मिक्ताको गहिराइ खन्नुपर्ने हुन्छ । यो गाह्रो छ । तर यसको आनन्दले हामीलाई सजिलो देख्न प्रोत्साहन मिल्छ ।
हिजो देशको सेना भएर भौतिक संघर्È गर्दा र आज परमेश्वरको राज्यको सेना भएर आत्मिक संघर्ष गर्दाको भिन्नता के पाउनुभयो नि ?
भिन्नता यो छ कि हिजो म यो देशको भौतिक संरचना र यहाँको मानिसको सुरक्षाको निम्ति संघर्षरत थिएँ तर आज म यो देशको हरेक आत्माको निम्ति संघर्ष गर्न सिक्दैछु । देशको सेना हुँदा मैले जित्नको लागि लड्नु पथ्र्यो तर परमेश्वरको राज्यको सेना हुदाँ मैले जिती सकेको छु र, अरुलाई पनि जिताउन म लडिरहेछु ।
ग्रामिण भेगमा सेवकाई गर्दाका कठिनाई र चुनौतीहरु के के भेट्नुभयो ?
कठिनाई र चुनौतिहरु त धेरै छन् ति मध्यबाट पनि भन्नुपर्दा यहाँ गाउँमा घरेलु संगति जाँदा २ घण्टा सम्म पनि हिंडेर जानुपर्ने हुन्छ । गाउँमा पुरानो परम्परागत शैलिमा जिउने मानिसहरु धेरै भएकाले उनीहरुको बिचमा ख्रीष्टको गवाही बाँढनू एकदमै चुनौतिपूण छ । तर परमेश्वरले आफ्नो पाल फैलाई रहनुभएको छ र गाउँका मानिसहरुमा परमेश्वरले मुक्ति खन्याउनु भएको छ ।
यसरी मण्डली भवन निर्माण्ँ गर्नको लागि पनि त आर्थिक स्रोतको आवश्यक पर्ला, कहाँबाट प्रबन्ध गर्नुभयो ?
म कुवेतमा काम गर्न जाँदा कमाएको पैसा र शान्ति सेनामा हुँदा कमाएको पैसाले मैले धेरै पहिले काठमाण्डौमा थोरै जमिन किनेको थिएँ र त्यहीं जमिनलाई बेचेर मैले यहाँ आफ्नै जग्गामा अहिले मण्डली भवन निर्माण्ँ गरे । भवनलाई निर्माण्ँ गर्नको निम्ति मैले धेरै समय प्रार्थना गरेको थिएँ । करिब चार लाख जति अरु व्यक्तिबाट र मण्डलीमा उठेको भेटीबाट तीन लाख अनि मैले आङ्खनो पसिनाले कमाएको झन्डै १७ लाख खर्चेर परमेश्वरको निम्ति यो मण्डली भवन खडा गरेको छु । परमेश्वरले दिनुभयो, उहाँकै निम्ति प्रयोग भएको छ यसको लागि परमेश्वरलाई धन्यवाद ।
कुवेतमा पहिलो नेपाली संगति तपाईबाट सुरुभएको भन्ने सुनिन्छ नि ?
ठिकै सुन्नुभएको रहेछ । परमेश्वरले मलाई त्यहाँ श्रमिकको रुपमा लानुभयो र मोशालाई झैं उहाँको बगालको निम्ति बोलाउनुभयो । मलाई त्यहाँ लानुमा परमेश्वरको योजना रहेछ जसले गर्दा कुवेतमा २०५२ सालमा म द्वारा परमेश्वरले त्यहाँ नेपाली भाषाको संगति सुरु गर्नुभयो ।
जीवनलाई कसरि बुझ्नुभएको छ ?
हिजो परमेश्वरलाई नचिन्दा फरकरुपले लिइएको रहेछु तर आज जीवनलाई मैले यो परमेश्वरको उपहारको रुपमा बुझेको छु । उपहार स्वरुप यो जीवन परमेश्वरले मलाई दिनुभएको हो । र आज यो जीवन परमेश्वरमा अर्थपूण छ । मैले जीवनलाई सबैभन्दा उत्तम, बहुमुल्य ठानेको छु ।
अन्त्यमा, पाष्टर ज्यु, केहि शन्देश छोड्नुहुन्छ की ?
मलाई केहि कुराहरु राख्ने मौका दिनुभएको लागि तुरही परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु । ख्रीष्टमस विश्वासीजनहरुको निम्ति एउटा राम्रो सु-अवसर हो । सबैले आ-आङ्खनो ठाउँबाट परमेश्वरको प्रेम बाढ्दै छरछिमेक आफन्त कहाँ मुक्तिको सु-सन्देश पुरयाउदै येशू ख्रीष्टको जन्मदिन ख्रीष्टमस बडो धुमधामले मनाउनुहुुन म देश तथा विदेशमा बस्नु हुने सम्पूण परमेश्वरका जनहरुलाई ख्रीष्टमसको शुभकामना दिन चाहन्छु ।
