अहिलेका हिन्दूहरू भन्दा इतिहासमा मूर्ख भनिने जनजातीहरू शान्तिप्रिय रहेछन् ।

१५ लाख तामाङहरूले धर्म निरपेक्षको पक्षमा डम्फू बजाएर शान्तिपुर्ण र्यालीका साथमा आफ्नो माग कार्यनयन गर्न सरकारलाई अनुरोध गरेको थियो । तर कथित हिन्दूवादी केही भारतिय भारूहरूले ढाल र तरवार देखाएर हिन्दूराष्ट्रको माग गरेका छन् । इतिहासमा मुर्ख जातिहरू भनेर चिनिने आदिवासी, जनजातीहरू भन्दा यो हिन्दूहरू बढी हिंस्रक र आतंक मच्चाउने समुहको रूपमा चिनिएको छ । अहिलेका जनजातीहरू शान्तिप्रिय रहेछन् । भएछन् । मुर्खहरू साधु भैइसक्दा, हिन्दू धर्मका अगुवाहरू चाहिँ कसरी मुर्ख भयो ? हिन्दुत्वले किन यिनिहरूलाई सिध्दता दिएन ? कि यिनिहरू नक्कली हिन्दू हुन ?।

गौतम बुद्धले देशमा अहिंसा नहोस् भनेर बुद्धता प्राप्त गर्न राज्य छोडेर भरत पसे र उनको अन्युयायीहरूले पनि आज अहिंसा नहोस् भनेर धर्म निरपेक्ष नेपाल चाहेका छन् । यो हिन्दूहरूलाई चाहिँ किन अरूलाई दमन, शोषण, अन्याय गर्ने हिन्दूराष्ट्र चाहिएको हो ? बुद्धले त शान्तिको निम्ति आफ्नो राज्य पनि छोडेको थियो ।

यिनिहरू नै हो इसाईहरूलाई बिदेशी धर्म मान्नेहरू भनेर गाईलाई आमा भन्ने, अहिले आएर भारतियालाई आमा भन्दै छ l यसैले हिन्दूराष्ट्रको निम्ति नारा लेखिदिन भनेर फेरि भारतीय भाजपालाई बोलाएको छ ! हिन्दुत्वको निम्ति होकि, हिन्दूस्तानको निम्ति हो ? हिन्दूहरूको यो संघर्ष र धार्मिक द्वन्द्वका बलिदान केका निम्ति ? नेपालका निम्ति कि हिन्दूस्तानका निम्ति ?। नेपाली हिन्दूहरूको आफ्नै बलले नपुगेर भारतियलाई गुहार गरेको हो ?

छुवाछूत जातिय विभेद अन्त्यको निम्ति शान्तिपूर्ण आन्दोलन गरिरहेका दलितहरूलाई हिन्दूवादी सरकारले निर्मम दमन गरेको देख्दा र हिन्दू राष्ट्रको निम्ति अतकं मच्चाउनेहरूलाई चाहिँ केही नगर्दा नेपालको एकल जातीय , एकल धार्मिक लोकतन्त्रको उपहास पनि देखियो । यो भन्दा ठुलो लोकतन्त्र, गणतन्त्र के हुनसक्छ हिन्दूवादीहरूको लागि ?

धर्मकै नाउँमा आफ्नै दाजुभाइलाई पानी पिउन दिएको छैन । धर्मकै नाउँमा एउटा बालकको हत्या गरिएको छ । धर्मकै आडमा देशलाई युद्धभूमि बनाउन खोजेको छ । कसरी यस्ता धर्मको देश बनाउन दिऊ यो सुन्दर नेपाललाई ?

नेपाली जनताहरूलाई जुधाउने दुस्साहस गरेर नेपाललाई हिन्दूस्तान बनाउन खोजिएको छ । सोझासाझा हिन्दूहरूलाई प्रयोग गरिएको छ । केही नेपाली भारू हिन्दूहरूले नेपालका शान्तिप्रिय, असल हिन्दूहरूलाई पनि धार्मिक द्वन्द्वतिर लाग्न उक्सएका छन् । कृपया असल हिन्दूहरूलाई यो कुराको चेतना होस् ।

धर्म निरपेक्ष नेपाल जिन्दावाद !
सेयर गरौं ।

श्रवन बोम्जन 
‪#‎shrawanbomjan‬