जीवनमा सर्वोत्तम उपलब्धि कसरि प्राप्त गर्ने ?

यो संसारमा यस्तो को छ जो सर्वोत्तम जीवन जिउन चाहँदैन ? जीवनमा सर्वोत्तम उपलब्धि पाउने इच्छा कसलाई छैन ? अर्थात जो कोहिले पनि सर्वोत्तम उपलब्धि पाउन चाहान्छन् l तर पहिले यो जान्नुहोस् कि सर्वोत्तम उपलब्धि के हो ? समस्त सृष्टिमा जो ‘सर्वोत्तम’ छ, त्यसलाई प्राप्त गर्नु नै सर्वोत्तम उपलब्धि हो l
सर्वोत्तम के हो ? सर्वोत्तम त एकमात्र परमेश्वर हुनुहुन्छ, अरू कोहि छैन l परमेश्वरलाई प्राप्त गर्नुनै जीवनको सर्वोत्तम उपलब्धी हो l फेरी जीवनमा कुनै अरू उपलब्धिको इच्छा, इर्ष्या रहने छैन l यसबाहेक तपाईंले जीवनमा जे पनि प्राप्त गर्नुहुन्छ सबै बेकार हो, हुनेछ l
यो धन-दौलत, मान-सम्मान आदि कतिदिन रहला ? यो संसार तथा संसारसँग सम्बन्धित कुनै पनि वस्तु तपाईंको होइन, फेरी किन त्यसलाई आफ्नो बनाउने चक्करमा लाग्नुभएको छ ? दोस्रो कुराहरूको त कुरा नै छोडौं, यो शरीर पनि तपाईंको होइन l यो पनि तपाईंले एकदिन छोड्नुपर्छ l यो संसारको कुनै पनि थोक सधै तपाईसँग रहन सक्दैन फेरी किन त्यसको पछाडी भागीरहने ? आखिर भाग्नै पर्छ भने त्यसको पछी भाग्नुहोस् कि फेरी कहिल्यै कुनै कुराको पछाडी भाग्नु नपरोस् l त्यस कुरालाई प्राप्त गर्ने कोशिश गर्नुहोस् जुन कुरा पाएपछि तपाईंबाट त्यो कुरा कहिल्यै टाढा नहोस् l जुनसुकै तरिकाले होस्, जुनसुकै माध्यमबाट होस्, यो जगतमा जे गर्दा पनि परमेश्वरको भावना भेटोस्, हाम्रो अस्तिस्त्व परमेश्वरमा बनिरहोस् l हामी परमेश्वर प्रति समर्पित बनि रहौं l यो नै सर्वोच्च स्थिति मानिने छ l महान उपलब्धि मानिनेछ l
हो हामीले परमेश्वरलाई आफ्नो जीवनमा निम्त्याउँदा र सर्वोच्च उपलब्धिको तक्मालाई शिरोपर गरेर जिउँदा अनेकौ तरिकाले हामी पेलिएका छौं l हेपिएका छौं l असोचनीय आरोप र आलोचनाको शिकार हामी हुनुपरेको छ l डलरमा धर्म परिवर्तन गर्नेहरू भनेर, हाम्रो आत्मविश्वासमा चिथोर्न प्रयास गर्ने गरेका छन् l तर हामी महान उपलब्धिको निम्ति सहौँ l
हामीले देखेका छौं, कतिजना काम गर्नकै लागि, पैसा कमाउनकै लागि घरदेखि बाहिर जान्छन् तर उनीहरूलाई कुनै अपमान, बेईज्जति हुँदैन l तर सच्चाईको बाटोमा, परमेश्वरको निगाह खोज्दै कुनै परिवार, व्यक्ति परमेश्वरको अनुग्रहमा जिउन चाहान्छ भने मानिसहरूले अपमान-बेइज़्ज़ती डलरमा बिकेको सम्झन्छन् l
यो समाजले समलिंगीहरूलाई मन्दिरमा फुलादनी सजाएर विवाह गरिदिन्छन्, मानवाधिकारको नाउँमा महिलाहरूलाई पुरुष र पुरुषलाई महिलाको दर्जा दिएर तालि बजाउँछ, उनीहरूकै भाषामा, मानवाधिकारको नाउँमा यो सबै अभ्यास ठिकै मानौं ! तर उनीहरू, अर्थात् कोहि व्यक्ति आफुले चाहेको, स्वीकार गरेको धर्म ‘आस्था’ को बाटोमा हिड्न चाहान्छ भने यहिँ समाजबाट बेइज़्ज़ती-अपमान सहित डलरे, गाई खाने, दलितले मान्ने धर्म जस्ता आरोप र आलोचनाको तक्मा बोकेर बाँच्नु पर्छ l
अहिले हाम्रो सरकार कतिपय रीतिले हाम्रो आस्थाप्रति निष्ठुर भएको छ l जानी राखौं : के चार पैसा कमाउनकै लागि सरकारले जनतामाथि शोषण गरिरहेको छैन र ? एकातिर नशा-उन्मूलन गर्न भनेर करोडौं खर्च गरिरहेको छ, जाँड, रक्सि चुरोट जन्य: सेवन नगरौं भनेर करोडौंको बिज्ञापन, जनचेतनामूलक कार्यक्रमहरू गरेका छन् तर रक्सीको फैक्ट्रीहरू कहाँबाट आउँछ ? लाईसेन्स कहाँबाट पाउँछ ? एकातिर मध्यपान सेवन गरेर गाडी नचलाऊ भनेर बिज्ञापन दिइरहेको हुन्छ, अर्कोतिर चियाको दोकानलाई पनि रक्सि बेच्ने लाईसेन्स दिइरहेको हुन्छ l कसको लागि हो ? तपाईंहरूले बचाउ अभियान गर्दै विष उत्पादन गर्न हुने, हामीले मृत्युको संघार तोडेर नयाँ जीवन आशा लिएर बाँच्न नपाउने ?
मित्रहरू हाम्रो बारेमा आलोचना गर्ने र हामीप्रति कठोर स्वभाव देखाउने राज्यलाई छोडिदिनुहोस् l हामी हाम्रो विश्वासको सिस्टममा स्थिर रहन आजको आलोचनालाई सहौँ, भोलिको आदरलाई पर्खौं l
परमेश्वरको सृष्टि जति सिस्टेमेटिक छ, त्यति नै उहाँको संरचना जटिल छ l यसैले गहिराईबाट उहाँलाई नचिन्दा जति अविश्वासको अप्ठ्यारो बाटो देख्छौं, उहाँलाई चिनेपछि, अविश्वासलाई चिरेर, त्यो भन्दा बढी सहज र आनन्दको यात्र सूरु गर्न सक्ने छौं l यहि सत्यताको आत्माले मात्र जीवनको सर्वोत्तम उपलब्धीमा पुर्याउनेछ l
त्यसैले परमेश्वरलाई भेटिसकेपछी, उहाँकै अनुसार समर्पित जीवन जिउनुपर्दछ l कुनै पदलाई पाएर मात्र पर्याप्त हुँदैन l त्यसलाई निर्वाह गर्नुपनि सक्नुपर्दछ l जति ठुलो पद हुँदछ, त्यति नै ठुलो जिम्मेवारी पनि हुन्छ l यसकरण परमेश्वरको मार्गमा धेरै कठिनाई, परिक्षा र संघर्षबाट भएर निस्कनुपर्दछ l हिम्मत हार्नुहुँदैन l हामीले जति ठुलो चुनौतीलाई पार गर्छौं, त्यति नै ठुलो पद प्राप्त गर्छौं l यसकारण परमेश्वरको सम्पर्कमा रहेर जिउन सिक्नेले मात्र संसारको, अनन्तको सर्वोत्तम उपलब्धि प्राप्त गर्नेछ l हामी परमेश्वर प्रति समर्पित बनि रहौं l यो नै सर्वोच्च स्थिति मानिने छ l माहान उपलब्धि मानिनेछ l आमेन !
( आफ्नो साथिहरूको बीचमा पुर्याउन सेयर गर्नुहोस् ।)
श्रवन बोम्जन #‎shrawanbomjan‬