बाहुनसँग मात्र सम्पर्क हुने भगवानको देश हामीलाई स्वीकार्य छैन ।

बाटो हो कि कुबाटो 
अन्धोलाई केको मतलब 
आँखै हुनेको पनि 
ठोकिन्छ जिन्दगी 
पानीमा होइन बालुवामा लेखिन्छ जिन्दगी 
तर, एउटै लहरले मेटिन्छ जिन्दगी
भिम विरागको यो गीत सम्पुर्ण हिन्दूराज्या खोज्नेहरूको लागी समर्पित ।

दृस्ठिविहीनलाई बाटोको आकार थाहा नभए झै तपाईं हिन्दूराष्ट्र खोज्नेहरूलाई पनि बाटो र कुबाटो थाहा नहुनु, समाजमा भाइचारा दृस्ठिकोण र बाड्चुड गरेर खाने बानी नहुनु यो कस्तो एकल स्वर्थ र निष्ठुरीपन हो । ?

सयौं वर्ष भैइसक्यो धर्मको नाउँमा हामीलाई गुलामी बनाएको । हिन्दूराष्ट्र र यो धर्मले बाहुन बाहेक अरूलाई कहिले सिद्दता दिनसकेको छैन । यसैले हो नेपालमा हिन्दू धर्मको एकल शाशन चलिरहँदा बाहुन बाहेक अरू जातका, तामाङ, राई, लिम्बू, गुरुङ, मगर, दमाई, कामी, अन्य: लाई कहिल्यै पनि मन्दिरको पुजारी हुन दिइएको छैन । तपाईहरूसँग मात्र सम्पर्क हुने भगवानको देश हामीलाई स्वीकार्य छैन । त्यो भगवान जसले बाहुनसँग मात्र सम्पर्क राख्छ, त्यो हामीलाई चाहिएको छैन । जात र रङ छुट्याउने भगवानको शोषणको अन्यायबाट हामी निस्कन चाहान्छौ । यसकारण हामीलाई धर्म निरपेक्ष देश चहिन्छ ।

आँखै हुनेको पनि जिन्दगी ठोकिन्छ तर जानीजानी अरूलाई दबाउन, अरूको स्वतन्त्रता, अधिकारमाथी हस्तक्षेप गर्नका लागि ठोकिन जाने तपाईं जस्ता एकलधार्मिक हिन्दूराष्ट्र खोज्ने, एक आँखे गोरू रोडमा जोधिदाँ, म तामाङको छोरोलाई गोरु काटेर खाउ कि अझै जोधौँ जस्तो लाग्छ, यो कस्तो स्नेह बढेको होला ? यस्तो अमानवीय रुचिको कटौती गरिदिने असल हिन्दूहरूको जमात कहाँ लुकेर बस्या होला ? । तिनिहरूलाई भेटेर लुन साथिहरू त्यो बाँझो खेत र अलकत्रले पोधेको सडकमा जोधेर हिड्ने, तमासा देखाउने नक्कली हिन्दूलाई सम्झाई देऊ भन्नपाएँ हुन्थ्यो ।

सनातनको लोगो देखाउनेले बालुवामा आफ्नो पहिचान बनाउन खोज्दा झनबढी दायाँ लागेर आउछ । एउटै लहरले मेटिने सनातनको अर्थ, त्यो पनि बालुवामा यो त आक्रोशको भुमरी मात्र देखियो । आफैले भगवान बनाएर ल्यायो, आफ्नै नम्बरबाट मात्र भगवानलाई फोन लाग्ने बनाउने, टेलिकम कम्पनीलाई पनि कम्ताको भन्न चाहिँ मिल्दैन । लागानी लाग्छ । स्टाफरू पाल्नुपर्छ । तर यिनिहरूलाई यो वर्तमान युगको हनुमान भन्न मिल्छ । उहिलेको हनुमानले जङ्गल बोकेर राम कहाँ पुर्याएथ्ये, आजका हनुमानहरूले छिनछिनमा यो देशलाई नै भारत लाँदै ल्याउँदै गर्छन । यसकारण सत्य युगमा मात्र होइन आजपनी चमत्कार देख्न पायिन्छ । सनातानी भारतीय चमत्कार ।

हिन्दू अमेरिकन फाउन्डेसनको प्रतिवेदनअनुसार, संसर भरिमा धार्मिक स्वतन्त्रता नभएको अथवा खतरामा भएको देशहरूको संख्या १० वटा छन् । जहाँ कोहिपनि स्वइच्छाले हिन्दू हुन पाउदैन । उनिहरूले हरेक मानिसले आफ्नो स्वइच्छाले धर्म, आस्था परिवर्तन गर्न पाउनुपर्ने आवाज उठाएका छन् तर नेपालका हिन्दूहरूमा यो भाव नदेखिनुले प्राष्ट पार्छ कि यिनिहरू सनातन हिन्दू होईन, सनातन भारतीय हुन चाहान्छन् ।

हिन्दूराष्ट्रको मुद्दालाई लिएर आक्रोशित मेरा हिन्दू मित्रहरू कृपया हामी अलिक माथी उठेर सोचौं । भाइचारा सम्बन्धलाई मजबुत बनाउने परिवर्तनका पक्षमा बढौं । हाम्रो चेतनामा अझै विकास आएको छैन । कतिको विकास भए तर अभ्यासमा आएको छैन । नेपाली हिन्दू बन्नुस् । भारतीय होइन ।

यसकारण भन्नुस् धर्म निरपेक्ष नेपाल जिन्दावाद !
बाटो हो कि कुबाटो 
अन्धोलाई केको मतलब 
आँखै हुनेको पनि 
ठोकिन्छ जिन्दगी 
पानीमा होइन बालुवामा लेखिन्छ जिन्दगी 
तर, एउटै लहरले मेटिन्छ जिन्दगी

धर्म निरपेक्षको पक्षमा भएका हिन्दू , इसाई, बौद्ध, मुस्लिम, शिख, जैन, किरात, अन्य: सबैले यो स्ट्याटसलाई कपि नगरी सेयर गरिदिनुहोला । धन्यवाद !

श्रवन बोम्जन 
‪#‎shrawanbomjan‬