एकजना जनाजाती लेखकले इसाइकरणले आदिवासी जनजातिलाई फुटाईरहेको आरोप लगाएका छन् । उनले विशेषगरी इसाई भएका आदिवासी जनजातीले आफ्नो पहिचान त्यागेर पहिचान विहीन बनेका आरोप लगाएका छन् ।
उहाँलाई मपनी केहि भन्न चाहान्छु :
के इतिहासिक हाम्रो पुर्खादेखी आजसम्म सिङ्गो आदिवासी, जनजातिलाई हिन्दूकरण गर्दा चाहिँ आदिवासी पहिचानमा फुट आएन ? हिन्दू नै नभएको, नसुनिएको देशमा वर्षौं हिन्दूराज्य शाशन हुँदा आदिवासी, जनजातिहरूको आत्मा, आस्थामा फुट आएन् ?
हामी पहिचान, राष्ट्रियता गुमाएका शरणार्थी होइनौं । यहिँ माटोमा घस्रेर हाम्रो घुँडा पिल्सिएका छन् । यहाँकै डाँडाकाँडामा हाम्रो कथा, जीवनको सत्यता छ । यो माटोले हामीलाई, हाम्रो इच्छा स्वतन्त्रतामा, नेपाली भएर जिउन दिन्छ । यो माटोले हामीलाई, हाम्रो आत्माकेन्द्रित लक्ष्यलाई छुन दिन्छ ।
के जनजातिले जाँडरक्सी खाएर हिड्दा मात्र पहिचान जोगिन्छ ?। के आदिवासी, जनजातीले कुसंस्कार, कुसस्कृती, अन्धविश्वासमा बाँच्नसिके मात्रै पहिचान जोगिन्छ ?। कस्तो पहिचानको कुरा गर्या हो ? हामी हिजोभन्दा अलिक चेतनशील भएर बाँच्दा, पहिचान लत्याउने भएँ ?। हामी शिक्षा र चेतना विकासको पाटोलाई पन्छ्याउँदै, मानव स्वतन्त्रताको युगलाई बुझ्ने हुँदा पहिचानमा फाटो ल्याउने भए ? ।
म तामाङको छोरो हुँ । दिनहुँ आदाभन्दा बढी समय तामाङ भाषा बोलेकै हुन्छु । तामाङ गीत संगीतमा रमाएको हुन्छु । जहाँ गएपनी तामाङ हुँ भनेर गर्वको साथमा परिचय दिएको छु । तामाङ पहिरन देखी तामाङ सभ्यताको ख्याल राखेको छु । तर म तिमी जस्ता साँघुरो मानसिकता भएकाहरूको निम्ति पहिचान त्यागेको व्यक्ति भएँ ? ।
हामी भएर नै हाम्रो जात, भाषा, संस्कृति र हाम्रो इतिहास भएको हो । हामीलाई जात, भाषा, सस्कृतिले बनाएको होइन । यसलाई हामीले स्थान दिएको हो । र आज हामी हाम्रो पहिचानको निम्ति, हामीले नै बनाएको जात, भाषा, सस्कृती बोकेर हिडिरहेका छौँ । तपाईं र म नै छैन भने, हामीले बनाएको पहिचान पनि छैन । यसकारण बुझ्नुहोस् बिरालोले म्याउ गरेर बिरालो भएको होइन l बिरालो भएर नै म्याउ गरेको हो l
धर्म, आस्थाले हामीलाई जनजाती, तामाङ, राई, लिम्बू, गुरुङ, बनाएको होइन । हामी भएपछि नै ती धर्म, आस्थालाई हामीले हाम्रो जातिभित्र, व्यक्तिबभित्र जीवित बनाएको हो । यसकारण हरेक व्यक्तिले आफ्नो आत्मारूचिमा, आफ्नो जीवनमा कुनैपनी आस्थालाई जीवित बनाउन सक्छ । यो कुनै, कसैको पहिचानको कुराले होइन ।
पहिचान त उसको राष्ट्रियता भाषा र जात हो । धर्म होइन । मैले कसैलाई मेरो राष्ट्रियता, भाषा र जात भनेमा उसलाई मेरो पहिचान थाहाँ हुन्छ । कसैलाई मैले मेरो धर्म भन्दा, उसलाई मेरो पहिचान थाहाँ हुँदैन ।
मृत्यूको छाँया भएको समयलाई मित्र भन्न सकिदैन । यसैले जीवनको छाँया भएको मानिस बनौं । सबैको आत्मा, आस्थालाई सम्मान गरौं ।
यो बिषयमा तपाईको आफ्नो प्रतिकृया कमेन्ट बक्समा छोड्नुहोला l
मसँग सहमत हुनेले COPY नगरी सेयर गरिदिनुहोस् l
- धन्यवाद !
#shrawanbomjan
