चोरलाई मालिक, र मालिकलाई नोकर भन्न मिल्छ ?

म धेरै पहिलादेखि नै डलरवादी अगुवा र भ्रष्टाचारी गोठालोहरूको विरोधी हुँ । यो कुरामा खुलेर विरोध गर्न मलाई डर छैन । तर पनि आजसम्म कसैको नितान्त व्यक्तिगत सेवाकाइमा चोट पुर्याउने काम मबाट भएको छैन । म त्यो चाहन्न ।

आफुलाई काम, सुविधा दिएको मानिसहरूको बारेमा मात्र सोच्नु प्रेमको सिद्धान्त होइन ।प्रेम त हाम्रो विपक्षीलाई, र हामी भित्रकै खरावलाई पनि प्रेमको दृष्टिकोणबाट नियाल्न सक्नु र उनीहरूको निम्ति प्रार्थना गर्नु हो । किनकी हामी सबैभन्दा खराव भएको अवस्थामा नै ख्रीष्ट हाम्रो निम्ति क्रुसमा मारिएका थिए । यसकारण मैले आजसम्म कुनै पनि व्यक्तिको नभएर, उनीहरूको भ्रष्टचारी, चोरी, ठगी, र झुटो प्रवृत्तिलाई मात्र विरोध गरेको छु । यदि मान्छेकै विरोधमा उत्रेको भए दर्जनौंको निम्ति म ठुलो भारी पर्न पनि सक्छु । म पनि कहिँ कतै जाकिन सक्छु । तर कसैलाई निचोर्नु र पछार्नु मेरो काम होइन । सचेतता जगाउने मेरो उद्देश्य हो ।

यसो भन्दैमा खरावलाई खराव भन्न हुन्न भन्ने मानसिकता ममा छैन । र काठमाडौंको खाल्डोमा डलर थुपारेर बस्ने अगुवाहरूको कुरूपतालाई सिङ्गार्ने मेकअप ब्वाई पनि म बन्न सक्दिन ।

पैसाकै पछी लागेका केहि भ्रष्टाचारी नक्कली गोठालोहरूको कारणले गर्दा, आज यिनीहरूको फटाह कामको नतिजामा हामी सिंगो इसाई समुदाय नै आलोचित हुनु परेको छ l

गएको हप्ता एकजना पाष्टरले लाखौंको ठगी गरेका कारण जेल सजाय भोगिरहेको खबर आएको थियो l हिजो पनि मिनिस्ट्रीको नाममा अनियमित ढंगले धनसम्पत्ति जोडेको भनेर केहि पाष्टरको नाम न्युज अभियानमा आएको थियो र बेलकीपख दर्जनौं NGO कर्मी इसाई अगुवाहरूको नाम पनि भ्रष्टाचार गर्यो भनेर न्युज अभियान अनलाईन खबरमा आएको थियो l तर नाम मुछिएकाहरूले कुनै कदम नचालि मौन रहिराखेको खण्डमा बेईमानी पक्का गरेको छ भन्ने बुझिन्छ l त्यहाँ भएका सबै नामचाहिँ होइन तर त्यहाँ परेकामध्येका ८५% नामहरू कालो धन्दा गर्ने नक्कली डलरवादी इसाई नै हुन् l यसमा कुनै दुईमत छैन l

९०% जति इसाई NGO हरूले इसाईहरूलाई समेटेर काम गरेको छैन l विदेशबाट पैसा लिन मात्र इसाई संस्था र इसाई गतिविधिको भिजन देखाउँछन्, पछी पैसा आएपछि आफ्नै इच्छाअनुसार आफ्नै शैलीमा पैसा खर्च गर्छन्, तर यिनीहरूकै कारण आलोचित हुने बेलामा चाँही हामी सबै हुन्छौं l तर यिनीहरूको खातामा मण्डली विकासको निम्ति आएको पैसा न चर्चले पाउँछ न इसाईहरूले, त्यहिँ फटाहारूले खान्छ l सिंगो इसाई समुदाय देखाउने दाँत जस्तो भएको छ l

भ्रष्टाचारको लिष्टमा परेका सबै नामहरूका पाष्टर र NGOकर्मी इसाईहरू प्रायजसो सबै फरक फरक इसाई संगठनहरू खोलेर लागि परेका छन् l यिनीहरूले गर्दा नेपाली इसाईहरूमा फाटोसमेत् आएको छ l कसैले म NCS निकट, कसैले NCF, त कसैले म FNCN निकट भनेर लागि परेका छन् l यिनीहरूकै कारण इसाईहरूबीच फाटो पनि आएको छ l

केहि गर्छौं, परिवर्तन ल्याउँछौं, मिडीयामा इसाई बिरोधीहरूको प्रतिरोध गर्छौं भनेर लाग्नेहरूलाई सामान्य उत्साहसमेत् दिन लोभ गर्ने अगुवाहरूको बिगबिगी छ यहाँ । दाँत दुखेको छ भने औषधी ल्याएर दाँतमा लगाउनुपर्छ । नेपाली इसाई समुदायको दुखाई नघट्नुको कारण यो हो कि दाँतको औषधी किनेर हातमा लगाइएको छ । प्रभुको नाममा उठेको करोडौ पैसाको अनावश्यक खोलो बगेको छ यहाँ, तर वास्तविक आवश्यक ठाउँहरूमा खडेरी लागेको छ ।

पैसाको खेति गर्ने नक्कली इसाईहरूको कुरुपता मैले खिचेर राखेको छु l न्यायकर्ता बनेर होइन, सानोतिनो लेख लेख्ने हैसियतले l हामीले नै हाम्रो मानिसहरूको बिरुद्ध पोल खोल्नुपर्ने दिन नआओस् l

मसँग सहमत हुनेले चाँही एक सेयर गरौँ l सचेत गराओं l

श्रवन बोम्जन 
‪#‎shrawanbomjan‬