जनावरले इच्छामृत्यु रोज्दा र मान्छेले मान्छेकै शिकार गर्दाको समय कस्तो होला ?

मलाई किन यस्तो लाग्छ : ?
अबको केही वर्षपछि जनावरले पनि आफै इच्छामृत्यु रोज्नेछ । मान्छेहरूले मान्छेकै शिकर गर्नेछ ।

पहाडका टाकुराहरू समतल हुनेछ । खोलाहरू सुक्नेछ । त्यसपछि बाँदरले आत्माहत्या गर्नेछ, चराचुरुङ्गीले चट्टानमा ठोकिँदै मृत्यु चाहानेछ । यसरिनै सबै जंगली जिबजन्तुले इच्छामृत्युमा आफुलाई त्याग्नेछ । संसारले एउटा नयाँ, स्वर्थी, दयनीय, कालो युगलाई स्वगत गर्नेछ । जहाँ प्रेम, बिश्वस, भाईचारा भन्ने सम्बन्ध रहदैन । गरिब र अशक्तलाई विचरा भन्ने दयाँवान कोहि हुनेछैन ।

केवल जिउँदो बस्नकै लागि सबै किसिमको खराब काम गर्न मान्छेहरू प्रतिस्पर्धामा उत्रिने छ । त्यस्तो समय हुँनेछ, जतिखेर आफुलाई खुशी राख्न बुवाआमाले छोराछोरीलाई पछार्ने छ । 

केवल जिउँदो रहनकै लागि प्रत्येक मान्छे, आफ्नो लागी जिउँदो हुनेछ । सबैलाई आफ्नै जिन्दगी प्यारो हुनेछ । कसैलाई बर्बाद र नोक्सान नगरे मान्छेलाई निन्द्रा लाग्ने छैन ।

त्यो कस्तो दिन हुन्छ होला ? आफू बाँच्नकै लागि मान्छेले मान्छेको सिकार गर्नेछ । मान्छेलाई मार्नेछ ।

घरभित्र रोपेको धानको चामालले कतिलाई पुग्ला ? केमिकल छरेर बचाएको सागपातले कतिको भान्सा उज्यालो होला ? पैसाको रास थुपारेर अनिकालमा जिउनुजस्तो ठुलो दशा र बिपत्तिको वर्तमान कस्तो हुन्छ होला ? त्येतिखेर चाईनाले बनाएको प्लाष्टिकको चामलले मान्छेलाई बाँच्न मदत गर्ला कि नगर्ला ?

त्यो पापको दुर्दशाबाट मानिसहरूलाई फर्काउन ख्रीष्टको गवाही दिनेहरू होलाकी नहोला ?

मलाई किन यस्तो लाग्छ : ?
अबको केही वर्षपछि जनावरले पनि आफै इच्छामृत्यु रोज्नेछ  । 
मान्छेहरूले मान्छेकै शिकर गर्नेछ ।

कसले कसलाई बचाउने ? कसले कसको पक्षमा बोल्ने ? आजकै मान्छेहरू त निर्दयी छन् । आजकै पदारी, पुजारी त धन र कामवास्नाको मोहमा लट्बट्टिएको छ । हामी पछिको अर्को पुस्तामा के चाहिँ असल कुरा बाँकी रहला ? आज नै मान्छेले मान्छेको मासु खाना थालिसक्यो । पुरुष पुरुष महिला महिला बिच दुष्टताले राज गरिसक्यो । आफ्नै मात्र मान, पद्धतिको लागि मुल्य चुकाउनेहरूको बिचमा हामी छौँ ... भोलिका हाम्रा सन्ततिहरूको पालामा के होला ?

जनावरले आफै इच्छामृत्यु रोज्दा र  मान्छेले मान्छेकै शिकार गर्दाको समय कस्तो होला ? 

त्यो पापको दुर्दशाबाट मानिसहरूलाई फर्काउन ख्रीष्टको गवाही दिनेहरू होलाकी नहोला ?

श्रवन बोम्जन