भीमसेनको मूर्तिमा आएको पसिनाले भन्दा, भारतमा बेचिएकी चेलीको आँशुले बढी अनिष्ट नल्याउला र?

भुकम्पमा मर्नेहरू त मरे तर बाँचेकाहरूले चियापसलहुँदो कुरा गरेको सुन्न पाइन्छ कि देशमा ख्रीष्टियनहरू भएकाले भुकम्प आयो रे, कसैले सर्प मारेर आयो रे, ईश्वरले श्राप दिएर आयो रे, कुल देवता छोडेर आयो रे  यस्तै अनेक कुराहरू गरेर मानिसहरूले प्राकृतिक विपत्तिको कारणलाई पनि तमासा बनाईरहेका छन् ।

मुर्ख ज्ञानिहरूको निम्ति यो तर्कमा उठ्नु स्वभाविकै होला तर म भने यस्ता मनगडन्ते कुराहरूलाई अचेतनशिल विवेकको पराकाष्ठा मात्र ठान्छु ।

यदि यस्ता कारणहरूले इश्वरको क्रोध प्रकृतिमा र प्रकृतिको मानिसमा आएका भए यी कारणहरू भन्दा ठूलो कारण बेचिएका चेलिहरूको आँशु हुनुपर्छ । तर यस्तो कारणले भुकम्प आयो, तर्कलाई मेरो आफ्नो पक्षबाट त म मान्दिन तर त्यस्तैहरूको भाषामा अलिकती लेख्न खोजेको हुँ । 

अहिले भुकम्प गएको सबैभन्दा बढी प्रभावित ठाँउहरू भनेको नै  सरकारी तथ्यांकअनुसार  पैसाको लागि चेलिबेटीहरू  बेच्ने जिल्लाहरू हुन । मानव बेचबिखन गरेर त्यहाँ भुक्मपले बढी प्रभावित गर्यो भन्ने मेरो तर्क होईन, तर यो महान विपत्तिलाई पनि तमासा बनाउनेहरूको निम्ति उस्तोलाई, उस्तै प्रतिकृया हो।

नुवाकोट, सिन्धुपाल्चोक र  अरू केही भुकम्प प्रभावित जिल्लाहरू भनेको मानव बेचबिखनमा धेरैपटक सुनिएको नाउँहरू हुन् । गएको केही दिन आघी दोलखास्थित भीमसेनको  मुर्तिमा पसिना आयो फेरि देशमा अनिष्ट हुन्छ होला भनेर राष्ट्रिय स्थरको पत्रीकामा समेत छापिएको थियो । के भारतको कोठीमा  बेचिएका नेपाली चेलिहरूको जीवनमा  बगिरहेको आँसुको अनिष्ट, त्यो मुर्तिको पसिना भन्दा बढी मुल्यवान् छैन  र  ? 

हामी भुकम्पलाई हेरेर न्यायकर्ता बनेका छौँ । सोझाहरूलाई तमासा बनाईरहेका छौं । ए बुध्दिवान मुर्खहरू यदि हाम्रो कर्मले बिपत्ति आएको भए आफ्नो छोरिचेलिलाई बेच्न छोडिदेओ । अरू कुराहरूलाई कारण बनाउनुभन्दा अघि बेचिएका चेलिहरूको आँसुलाई हेर !

के भुकम्पमापरि बेचिएका चेलिहरूको आफन्त मरेनन, के उनिहरूले आफ्नो दाजुभाइ, दिदिबहिनी गुमाउनु परेनन् र ? उनिहरूलाई कसले सान्त्वना दिए होला ? ।  उनिहरूले नत बेचिदाँ सान्त्वना पाए नत आज परिवार गुमाउनुपर्दा, ।  के यिनीहरूको  आँशुको  सुनुवाइ इश्वरले नगर्ला ? । कतिदिन चुप बस्न सक्लान्  इश्वर,  यिनले ती निर्दोष चेलिहरूलाई न्याय दिनैपर्छ एकदिन ।

भुकम्प प्रभावित मानिसहरूलाई राहत दिने बहानामा पनि गएको केहिदिन अघि हाम्री  चेलिहरूलाई  भारतमा  लगेर  बेचिएको समाचार आएको थियो । भूकम्पयताकै समाचारमा आएको थियो कि  सिन्धुपाल्चोक र नुवाकोटबाट भारतको उत्तरप्रदेश र मुम्बईका कोठीमा लगेर बेचिएका १५ युवती फेला परेका थिए । उनीहरूलाई कसले बेचे ?  यो भन्दा ठुलो अनिष्ट  यो देश्को जनता, सरकारले अझै खोज्नुपर्छ र ? ।  

तिम्रै भाषामा केही कुरा ! तिमी  इसाईहरूलाई आमा बेच्ने उपनाम दिन्छौं तर वास्तविक आमा मैले पो बेचेको हुँ भन्ने गल्तिबोध किन हुँदैन तिमीलाई ?। कोठिमा बेचिएका चेलिहरू आमा होईनन ? के तिम्रो दिदिबहिनी आमा होईनन ? तिमी कुन आमाको अस्तित्व बचाउन लागि परेका छौं ।  देशको सिमानामा बसेर कुन आमालाई संरक्षण गर्यौ ? । देशको सिहंसनम बसेर कुन आमालाई आँशुको   आहालाबाट  मुक्ति दियौं ? ।  यदि इश्वरले हाम्रो कर्मको फल दिएकै होभने र भुकम्पले हामीलाई सजाय दिएकै  होभने, बेचिएकी आमाहरूले  आँसुसहित्  वर्षौ बिताईरहेका अन्धकारमय जीवनको बिलाप सुनुवाई भएको हो । तिम्रो भाषामा भनेको हुँ । तिम्रै शैलीमा ।

श्रवन बोम्जन 
#shrawanbomjan