मण्डलीमा सेवाको नाउँमा चाकरी गर्ने लुटेरा

एउटा मण्डलीमा सेवाको नाउँमा चाकरी गर्ने लुटेरा बस्दथ्यो, 

बिस्तारै समय बित्दै जाँदा, सबै मण्डली परिवारले त्यस अगुवाको चरित्र थाहा पायो । तरपनी उहाँ चुनिएको अगुवा हो भनेर सबैले उसको बारेमा नबोल्ने निर्णय गरेँ । परमेश्वरले नै उहाँको न्याय गर्नुहुन्छ भनेर, उहाँको निम्ति प्रार्थना गर्दै त्यस अगुवाको सुधारको प्रतीक्षा गरे ।

मण्डली परिवारले आफ्नो नियत थाहा पाएको कुरा अगुवाले चालपायो । त्यसपछी उसले आफ्नो गल्ती बोध गर्नुको सट्टा झन मण्डलीलाई सबक सिकाउँछु भनेर मुर्ख बन्न लागिपरे ।

सेवाको नाउँमा चाकरी गर्ने मुर्ख अगुवाले एकदिन रातको १२ बजे आफ्नो दुबै आँखा फुटाएर बिश्वसिहरूकोमा चिच्याउँदै दौडिन लाग्यो, र चर्को आवाजमा कराउँदै "मैले परमेश्वरलाई देखिरहेको छु" एउटा सुन्दर दिन देखिरहेको छु भनेर सुनाई रह्यो ।

यो सुनेर मण्डली छक्क पर्यो,
केहि बिश्वसीहरूले आफ्नो अगुवालाई सोध्न थाल्यो, प्रिय सेवक तपाईको आँखा त दुबै फुटेको छ तब तपाईले कसरी परमेश्वरलाई र असल दिनलाई देख्नुभयो ?

तब त्यस चाकरी गर्ने मूर्ख अगुवाले सोझा बिश्वसिहरूलाई आफ्नो जालम फसाउन भन्यो " परमेश्वरले मलाई राती सपनामा दर्शन दिनुभयो र भन्नुभयो तिमिले आफ्नो दुबै आँखा फुटायौ भने मलाई र असल दिनलाई देख्नेछौं । तब मैले आफ्नो आँखा फुटाए र परमेश्वर र असल दिनलाई देखिरहेको छु ।

यो सुनेर मण्डलिको एक जवानले भन्यो, 
मपनि परमेश्वर र असल दिनलाई देख्न चाहान्छु...

तब अन्धो भैसकेको मूर्ख अगुवाले भन्यो दुबै आँखा फुटायौ भने मैले जस्तै असल दिन देख्नेछौ...

त्यस जवानले हिम्मत गरेर आफ्नो दुबै आँखा फुटायो..

तब असल दिन त परै जओस् उसले यो संसारपनि देख्न सकेन्
जवानले मूर्ख अगुवालाई कानमा गएर खुसुक्क भन्यो " मैले त असल दिन र परमेश्वरलाई देखिरहेको छैन ..

मूर्ख अन्धो अगुवाले भन्यो, सबैको अगाडि यो सत्य नभन, नत्रता सबैले तिमीलाई मूर्ख भन्नेछ, यसैले भन्नुस् मेरो जीवनमा असल दिन आयो ...
यति सुनेर जवान अन्धोले भन्यो " मैले परमेश्वरलाई देखेँ, मैले असल दिन देखिरहेको छु"..

यसपछी एक एक गरि त्यस मण्डलीको सबै बिश्वसिहरूले आफ्नो आँखा फुटायो र नचाहेरपनि त्यही शब्द बोलिरह्यो जुन मुर्ख अगुवा र जवानले बोल्यो ..
"मैले परमेश्वरलाई देखे, असल दिन देखेँ"..!

आँखा त आफ्नै हातले फुटायो, अब नचाहेर पनि भनिरहनु पर्ने हुन्छ -
"मैले परमेश्वरलाई देखे, असल दिन देखेँ"..!

मुर्खहरूको समर्थक बन्दा हाम्रो पनि यस्तै हालत हुनेछ ।

‪#‎shrawanbomjan‬