गुड फ्राइडे के हो ? किन मनाईन्छ ?
नेपालमा पछिल्लो समय क्रिश्चियन समुदायको उल्लेख्य बृद्धि भइरहेको । र संसारका अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि इसाई समुदायका मानिसहरूले गुड फ्राइडेलाई विशेष दिनको रुपमा मनाउन थालिएको छ ।
आज गुड फ्राइडे यानीकी असल शुक्रबार हो । आजकै दिन प्रभु येशूले यस संसारको आपराध र मानव जातिको पापको निम्ति आफुलाई क्रुसमा अर्पण गर्नुभएको थियो ।
गुड फ्राइडे यस्तो एउटा दिन हो; जुनदिन येशू ख्रीष्टले यस धर्तीमा बढ्दै गरेको पापको लागि नि:स्वार्थ प्रेमको वलिदान प्रस्तुत गर्नुभएको थियो । यो दिन येशू ख्रीष्टले उत्पीडन र यातना सहेर, यस जगतका सारा मानव जातिका निम्ति आफ्नो प्राण त्याग्नु भएको थियो ।
बाइबलअनुसार शुक्रबारको दिन येशूलाई क्रुसमा टाँगेर मृत्यु दण्ड दिइएको थियो । आफ्नो मृत्यु भएको तेस्रो दिन, अर्थात् आइतबार येशू फेरी जीवित भएर उठ्नुभएको थियो । मृत्युमाथि विजयी हुनुभयो l जुन दिनलाई इष्टर सण्डे भनिन्छ । केहि ठाउँ र समुदायमा गुड फ्राइडेलाई होली फ्राइडे, ब्लैक फ्राइडे अर्थात ग्रेट फ्राइडे पनि भन्ने गरिन्छ ।
इसाई समाजमा गुड फ्राइडेको विशेष स्थान छ । यो दिन येशुले क्रुसमा प्राण त्याग्नु भएको थियो । निर्दोष हुनुभएर पनि उहाँलाई क्रुसमा टाँगीदा, उहाँले आफुलाई क्रुसमा टाँग्नेलाई श्राप दिनुभएन, तर तिनीहरूको निम्ति प्रार्थना गर्दै भन्नुभयो कि "हे पिता यिनीहरूलाई क्षमा गरिदिनुहोस्", किनकि यिनीहरूले के गर्दैछन् सो कुरा जान्दैनन् ।
येशुलाई किन क्रुसमा मारियो ?
दुईहजार वर्ष अगाडि येशू ख्रीष्टलाई यसकारण मृत्युदण्ड दिइएको थियो कि उहाँले अन्याय र घोर विलासिता तथा अज्ञानतामा भएको अन्धकारलाई हटाउनको निम्ति मानिसहरूलाई शिक्षा दिनुभएको थियो । तब यहुदीहरूका कट्टरपन्थी धर्मगुरुहरूले येशू ख्रीष्टको खेदो गर्दै विरोध गरेका थिए । उनीहरूले येशूलाई मसीह भनेर विश्वास गर्दैनन् थिए l येशूको शिक्षा र येशूले म इश्वरपुत्र हुँ भनेर घोषणा गरेको कुरामा येशूलाई फसाउँन यहुदी धर्मगुरुहरू लागि परे l उनीहरूले रोमन गवर्नर पिलातुसकहाँ गएर येशूको बारेमा उजुरी गरे । रोमनिहरूलाई सधैं यहूदीहरूसँग युध्द हुने डर थियो । यसकारण कट्टरपन्थि धर्मगुरूहरूलाई खुसी पार्नको निम्ति येशू ख्रीष्टलाई क्रुसमा मृत्युदण्डको दर्दनाक सजाय सुनाइयो । येशू ख्रीष्ट परिवर्तनको पक्षधर हुनुहुन्थ्यो । उहाँले मानव प्रेमको सिमामात्र बाध्नुभएन तर मानव जातिको निम्ति पितासँग आत्माकेंद्रित भएर आफुलाई क्रुसमा मृत्यु चाख्न दिनुभयो ।
येशूले इश्वरीय प्रेममा भएर आफ्नो मानवीय शरीरको खुसी-खुसी बलिदान गर्नुभयो । यस दु:खलाई सहेर उहाँले संसारलाई मुक्ति दिन चाहानुभएको थियो, यसैकारण उहाँले मृत्यु स्वीकार गर्नुभयो । आज यो माहान दिनमा उहाँको प्रेम र सन्देश हाम्रो उद्दारको निम्ति पर्याप्त छ ।
यस दिनको महत्व येशू ख्रीष्टले सहनुभएको यातना र उहाँको वचनप्रति मनन गर्नु हो । यो दिन येशुलाई क्रुसमा चढाइएको थियो। क्रुसमा भएको येशूको वलिदानको कारण नै यो दिनलाई ख्रीष्ट अन्युयायिहरूले ‘गुड’ भन्दछ । अर्थात् गुड फ्राइडे भन्दछन् ।
--------
पण्डित माधवप्रसाद उपाध्याय आफ्नो पुस्तक ‘वेदान्तलाई नियाल्दा’ पृष्ठ ६६ मा लेख्नुहुन्छ कि जीर्ण–शीर्ण भइसकेको संसारको उष्णतामा परमब्रम्ह परमेश्वरको पुर्णावतार ‘ प्रभु येशू ’ बाटो , सत्य र जीवन बनेर पापीहरुको पाप प्रायश्चित्को निम्ति क्रुसमा वलिदान हुनुभयो ।
#shrawanbomjan
श्रवन बोम्जन