म पाइन्ट , उनि फरक l

इसाई जीवनमा प्रवेश गरेपछी कति जना सँग मैले नाटक गरे, र अरुहरु धेरैले पनि म सँग नाटक गरे l मेरो कथा, रचना, सहभागिता, अभिनय नरहेको नाटक हेरेर वा, मनमा त्यसको दृश्यलाई जन्म दिएर कतिजनाले मलाई तिमि त्यस नाटकको हिरो हो, अर्थात् भिलेन हो भन्दा, म ठिक मनको रहेको ठाउँमा बिचलित भएको छु l र गलत मनको भएको ठाउँमा ठिक देखिएको छु l तर यो मेरो निम्ति पासो हो l गलतमा ठिक देखिनु l ठीकमा गलत देखिनु l अर्को नाटक हो l
अरुको नैतिकता निर्माण गरिदिन खोज्ने, र विक्षिप्त हुनेगरी बिगरी दिन खोज्नेहरुको हास्यास्पद शब्दहरुलाइ जोडेर म, कविता बनाउ कि यो ढोकालाई सधैको निम्ति बन्द गरिदिउ?।
यो सम्बन्धको ढोका खोली दिनेलाइ दुख हुदैन थियो भने म यो तितो व्यबहारमा लुकेर हास्ने थिए l कस्तो बिचलन हो यो भनेर ।
मित्रता, नाता, सम्बन्धको अटुट भरोसामा, र विश्वासमा केन्द्रित प्रेमको घरमा इर्स्यालाइ बास बस्न दिने l इश्वरीय प्रभावको ख्याल नराख्ने l साट्टो फेर्ने l पालो हेर्ने l घाटी रेट्ने l भुडी छेड्ने l ब्वासोको बथानमा मिल्न जाने l खुट्टा तान्ने l पुच्छर तान्ने l आफै जान्ने l न्यायको लट्ठी बोकेर अरुलाई हान्ने l सम्झौता र समझदारीको कुरालाई निको नमान्ने l म सँग नाटकगर्ने मेरो साथीको तिर प्रयोगले मलाइ घोच्न मात्र खोज्नु, र मैले यसको प्रतिकार गरिरहनु पक्कै हाम्रो नाटकमा कथा नमिलेको हो l
सायद मैले यो नाटकमा कतिपय मोडलाई प्रयोग गर्न हुदैन थियो l उनले पनि यो मोडलाई प्रेमको घर, प्रेमको पितामा, ख्रीष्टमा हामी एक भनेर स्वीकार गर्न हुदैन थियो l अभिनय गर्ने बेलामा जसरिहुन्छ यो नाटकलाई एकदम राम्रो अर्थपूर्ण बनाउन मिलेरै लागि पर्यौ l तर कथाले बोकेको संदेश डाइरेक्टरलाइ मन नपरेको भन्नपनि मिल्दैन l तर कलाकारको अभिनय धेरै गहिरेको रैछ l अभिनयले वास्तविक नाटक रचेर मेरो कथालाई मोड्दै गरेको ख्याल मलाइ नहुनु, म अर्को नाटक बन्दै गरेको पात्रो रहेछुl
अहिले आएर मैले नलेखेको कथामा उसले बसाइ सरेको छ, र त्यो नाटक राम्रो बन्न नसकेर होकी त्यसलाई चर्चित बनाउन हो, त्यहाँ मेरो अभिनय र सहभागिता छ भन्दै उहाँले बिज्ञापन गरिरहनु भएका कुरालाई थाहाँ पाउदा, त्यस नाटकमा भूमिका निभाई रहेको मेरो जुम्ले मितलाई भेट्ने रहर पालाको छ l
यहींनिर बिश्वासको जरा हल्लेको महशुस हुन्छ मलाइ, दात नहुनेले टोक्न खोज्छ l जिब्रो नहुनेले थुक्न खोज्छ l उहाँको यो चाहनाको मुखमा गएर म पस्न सक्दिन,l नउछिटिने थुकमा भिजन सक्दिन l यहिँ हो समस्या l मेरो साथीले चाहे जस्तो म बन्न सक्दिन l मैले चाहें जस्तो मेरो साथी बन्न सक्दैन l
म पनि नाटक गर्छु l मेरो साथीले पनि नाटक गर्छन l तर म मेरो साथीलाई चुनौती दिन्न l मेरो साथी मलाइ चुनौती दिन्छन l म मेरो साथी हारोस, म विजय होस् भन्दिन l मेरो साथी मलाइ हारोस भन्छन, तर नाटकमा आत्मसमर्पण गर्न म जान्दिन l यो नाटक हो l
एउटै कथामा अभिनय सुरुभयो l अहिले कथा फरक l मान्छे फरक l साथी फरक l बिश्वास हाम्रो एकै इश्वरमा, तर क्षमा दिन नसक्ने अहम फरक l उ फरक l म फरक l
माफ गर्नुहोस् l 
म पाइन्ट l 
उनि फरक l


July 21, 2014
श्रवन बोम्जन