हिन्दु राष्ट्र चाहियो कि आर्य राष्ट्र

अझैसम्म मैले नबुझेको अर्को कुरा, नेपालमा धेरै धर्म र आफुले इश्वर भनि बुझेका सत्यताको आधारहरु छन् । बुध्दिष्ट, इस्लाम, हिन्दू, ख्रीष्टियन , र अन्य धर्मको मूल नेपालमा धेरै देखिन्छ l हरेकले आफ्नो मनले बुझे अनुसार एउटा धर्ममा बिश्वास गरेर बाँचीरहेकाछन् l यहाँसम्म कि नेपालमा नास्तिक भन्नेहरु पनि परम्परा र संस्कृतिको कारण आस्तिक नै देखिन्छन् l किनकि परम्परामा अल्झेको मान्छे नास्तिक पूर्णरुपले हुन सक्दैन भन्ने मेरो बुझाइ हो l
मैले नबुझेको कुरा भनेको एकअर्कामा बाझिने गरेको धर्मलाई जोडेर उठाउँने गरेको समस्याको जडहरू हुन् l कतिजना हाम्रा हिन्दू मित्रहरुले इसाईहरुलाई बिदेशी धर्म हो भनेर आलोचना गर्छन l यहीं निर हो, मैले नबूझेको कुरा के भने, नेपालको इतिहास अनुसार आदिमा नेपालमा इसाई पनि थिएनन् र हिन्दू, मुस्लिम, पनि थिएनन्, कुरा यति फरक छ, हिन्दूहरुले नेपाल पस्ने बेलामा नेपालको सिमाना देखि आदिवासीहरुलाई लुट्दै, कुट्दै, फसाउदै नेपालमा राज्य गर्न शक्तिशाली भए, र इसाईहरु नेपाल प्रवेश गर्दा स्कुल खोल्दै जनचेतना, र मानिसहरुमा प्रेमका कुराहरु सिकाएर प्रवेश भए l
अब मैले नबुझेको अर्को कुरा भनेको हिन्दू धर्म बिदेशी धर्म होकी, इसाई बिदेशी हो ? । मैले यो कुराहरु नबुझेको होकी, हाम्रा मानिसहरुले यो कुरा नबुझेको हो ? नेपालमा जन्मेको महान पुरुष जो एशियाको ज्योति भनेर चिनिन्छ उहाँलाई पछ्याउने अन्युयायीहरुले बुद्ध बुद्ध धर्म मान्छन र यो असल छ l तर जहिले हिन्दूहरुले इसाई बिदेशी धर्म हो यिनीहरूलाई खेद्नु पर्छ र नेपाल हिन्दू रास्ट्र हुनुपर्छ भन्दा, गौतम बुध्दलाई अन्याय गरेको भएन र ? हो यहिँ कुरा मैले नबुझेको हिन्दू, र ख्रिष्टियन दुवै नेपाल बाहिरबाट प्रवेश गरेका आस्था हो l तर हिन्दूहरुले कसरि यति सजिलै हिन्दू राष्ट हुनुपर्छ भन्न मिल्छ ? यदि बुवा आमाले आफ्नो सन्तानलाई अंश बाडेर दिन्छ भने पहिला अधिकारिक जेठो छोरोले पाउँछ होइन र ? हो यस्तै यदि एकल धार्मिक देश नै यो देशलाई बनाउने हो भने, गौतम बुद्ध पो अधिकारिक हुन्; कि कसो ?
मैले नबुझेको अर्को कुरा गएको केहि समय देखि फेसबुक संजालमा मेरो प्यारा हिन्दू साथीहरुले हिन्दूराष्ट्रको माग गर्दै, प्रमाणहिन बिषयलाई उठाएर इसाईहरुलाई निकै गालि, गरिरहेका देख्छु, अनि मैले कसकसले गाली गरेका रहेछन कतै चिनेको साथीहरु पनि छन् कि भनेर कमेन्टहरु पढ्दै गएँ.. मैले नचिनेको तर सबै आर्य जाति भित्रका साथीहरुले मात्र इसाईहरुको आलोचना गरिएको पाइयो l हिन्दू धर्ममा आस्था राख्ने क्षेत्री, बाहुन समुदायको मानिसहरु मात्र पनि त होइन, नेपालमा यति धेरै जातिहरु छन् जसबाट अरु धेरै जातिका मानिसहरुले पनि हिन्दू धर्ममा आस्था राखेका छन् तर यो हिन्दूराष्ट्र नेपाल बनाउनुपर्छ भन्ने कुरामा म किन अरु जातिहरुलाई देख्दिन र खालि आर्य जाति भित्रैका मानिसहरु मात्र यो कुरामा एक जुट भएको देख्छु ? कतै धर्मको नाममा हिन्दुराष्ट्रको माग गर्दै आर्यराष्ट्र बनाउने चलखेल त होइन यो? यो बिषयमा हाम्रो ध्यानआकर्षण होस् l
मैले नबुझेको अर्को कुरा, अब बुध्दिष्टहरुले, हिन्दूहरुलाई बिदेशी धर्म भन्न पाइन्छ कि पाइदैन ?
सुरुवातको हिसाबले इसाई र हिन्दू दुवै नेपालमा सुरु भएका होइनन, अझ हिन्दूले त नेपालको आदिवासीहरुलाई मार्दै नेपालमा राज्य गरेको इतिहास हाम्रै अगाडी छ, इसाईहरुले त कमसेकम देश र आम मानिसलाई वेफाइदा हुने काम त गरेको छैन l
हिन्दूहरुले अहिले इसाईहरुलाई जबर्जस्ति धर्मपरिवर्तन गराइएको आरोप लगाई रहदाँ मैले नबुझेको अर्को कुरा सम्झन्छु जब हिन्दूहरुले आफ्नो शक्ति नेपालमा प्रदर्शन गरिदैं गर्दा, हाम्रा पुर्खाहरुलाई दशैँ-तिहार जस्ता चाडहरु मान्न नखोज्दा हजारौ हाम्रो पुर्खाहरुलाई किन मारियो ? अब कुरा सिधा बुझ्नुहोस् न मित्रहरु एउटा चाड नमान्दा मृत्यु सजाय दिने हिन्दूहरुले स्वेच्छामा इसाई बनेका नेपालीहरूलाई जबर्जस्ति धर्म परिवर्तन गराइएको भनेर हिन्दूहरुले चाहिं कसरि यो देशमा हिन्दुत्व कायम गरे भन्ने त्यो कुरा भुल्दा, नेपालमै जन्मेका बुध्दको अन्युयायी र नेपालकै आदिवासीहरुले कहिले नसुनेको हिन्दुत्वको स्थापना यो देशमा कसरि भयो भन्ने कुरा बिर्सन्छन र भन्या ? कि मैले कुरा नबुझेको अझै ?
मैले अहिले सम्म बुझेको कुरा चाँही धर्मको नाम जोडिए पनि यो धर्मको समस्या नभएर आर्यसमुदाय जो आफुलाई हिन्दू भन्छन उनीहरुको आफ्नो समस्या हो l एकलधार्मिक देशकै कुरा गर्ने भए, बुध्दिष्ट, किरातीहरु, हिन्दूभन्दा पछाडी पर्न मिल्दैन किनकि हिन्दू पनि बाहिरकै हो, यो नेपालबाट सुरु भएको सम्प्रदाय होइन l
हिन्दू धर्मलाई जोडेर हिन्दू आर्यहरुले जातीय देश नै बनाउँछु भन्दा मलाइ यो ठुलो समस्याको कुरा लागिरहेको छ l हामी इसाई आफ्नो इच्छाले इसाई बन्छौ, तर हिन्दूहरुले जबर्जस्ति देशलाई नै हिन्दू बनाउने चलखेल गरिरहेक छन् l यदि यसो होइन भने आर्य समुदायदेखि बाहिरको थेप्चे र होचा हिन्दूहरुले किन हिन्दू राष्ट्र हुनुपर्छ भनेर बिरोध गर्दैन ?
हरेक हिन्दू फेसबुक पेजहरुमा किन आर्यहरुको मात्र ठुलो उपस्थिति छ ? बुद्धिष्टहरूले बुद्धिष्ट देश हुनुपर्छ भनेर किन बिरोध गर्दैन ? किरातीले किन किराति राष्ट खोजेको छैनन् ? किनकि यहाँ हिन्दूराष्ट खोजेका छैनन् तर आर्यराष्ट्र खोजेका छन् l यो ठुलो रोग हो l समस्या हो l
अब मैले यसरि लेखिरहदा, मलाई जाति बिरोधि देखिएला तर म सबैले समान जिउने अधिकार पाउनुपर्छ र मानिसको जात भनेको पुरुष र महिलाको परिचयले श्रेष्ठ बनाइनुपर्छ भन्ने मान्यता राख्छु l
यदि म, आर्य जातिहरु प्रति बिरोधि भए भने म इसाई भनिने योग्यको हुँदिन l तर यहाँ परम्परागत चाप्लुसी संस्कारले मेरो केहि भनाउदा, हिन्दू साथीहरुलाई साह्रै बिद्रोही बनाइ रहेको कुरालाई मैले प्रष्ट्यउन खोजेको मात्र हो l
नेपाल धर्मनिरपेक्ष घोषित भइसकेको देश हो l यसलाई हामी सबैले मन देखि नै स्वीकार गरौँ र समाजमा मिलेर रहौ l

July 29, 2014

श्रवन बोम्जन
#shrawanbomjan