इसाई दिदि-बहिनीहरुमा तिजको प्रभाव नपरोस l

इसाई दिदि-बहिनीहरुमा तिजको प्रभाव नपरोस l
स्वस्थानीमा भनिएको छ, नवराजकी आमालाई स्वस्थानी पढेकै कारण फल प्राप्त भयो । त्यही कारणले नवराज राजा भए । सबैकुरा राम्रो भयो । स्वस्थानीमा उल्लेख यी नवराजकी आमाले चाहिं कुनचाहिं स्वस्थानी पढिन् ? उनले पढेको स्वस्थानीमा पनि यसैगरी नवराजकी आमाले स्वस्थानी पढेको भन्ने कुरा थियो कि ? यो कुरा मै हुँ भन्ने पण्डितले पनि भन्न सक्दैनन् ।
मधुकैटबको बोसो पानीमा जमेर पृथ्वी, मासुले पर्वत अनि हाडले ढुंगा बनेको कुरा स्वस्थानीमा उल्लेख छ ।
दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरीहरु जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ? एउटैले सक्ने भए नेपालको जनसंख्या अहिलेसम्म कति पुग्थ्यो होला ?
मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ।
अर्को महत्वपूर्ण कुरा, पार्वतीले महादेव स्वामी पाउँ भनेर निराहार तपस्या गरेकै कारण उनको मनोकांक्षा पूर्ण भएको कुरा स्वस्थानीमा उल्लेख छ । यही भएर अविवाहित महिलाहरु महादेव जस्तो पति पाउँ भनी यो बेला व्रत बस्छन् । विवाह भएकाहरु आफ्नो पति महादेव जस्तो होस् भन्छन् । महादेव कतिसम्म गंजडी थिए भन्ने कुराचाहिं महिलाहरुलाई हेक्का छैन । महिलाहरुले यस्तो तपस्या गरेकैले धेरैका श्रीमान जंड्या र गँजडी भएका होलान् त ? अनि बालुवामा शिवलिंग बनाएर कतिले रोजे र खोजेजस्तो श्रीमान पाए कुन्नि ? शिवलिंगको पूजा गरेकै भरमा ठिटा मिल्ने भए लभसभको चक्कर किन गर्नुपथ्र्यो ? लमी, पुरोहित किन चाहिन्थे कुन्नि ?

कथामा पार्वतीको त्याग समेटिएपनि कथामा महिलालाई पुरुषको भोग्यवस्तुको रुपमा मात्रै लिइएको छ, कतै सम्मान गरिएको छैन । सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाईदिनु भन्ने स्वस्थानीमा उल्लेख छ । खोलामा बगाउनुको सट्टा छोरी भए उनलाई दिनु चाहिं किन नभनिएको होला ? यस्तै पतिलाई रीस गर्ने स्त्री डेरी हुन्छे, पतिको वचन नमाने पापी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे भनिएको छ । तर पति अर्थात देवताहरुलाई चाहिं सकेसम्म धेरै स्त्री भोग गर्न सक्ने पुरुषार्थीको रुपमा व्याख्या गरिएको छ । 
अहिलेजस्तो ऊबेला महिला अधिकारकर्मी भएका भए कति जुलुस निकाल्थे होला ?

‪#‎shrawanbomjan‬ - यो माथिको कुराहरु पढ्दा नै हामीलाई थाहाँ हुन्छ कि तिज जस्ता कु-परमपरालाई हामीले बढुवा दिनुहुदैन l बिशेषगरि संसारभरी छरिएर रहनुभएका इसाई दिदि-बहिनीहरुलाई यो तिज देखि अलग रहन मेरो सुझाब छ l इसाइ चेलीहरुले तीजलाई कुनैपनि तरिकाले मनाउन खोज्नु असल देखिदैन, र यो ठिक होइन l
बाइबलमा यसरि लेखिएको छ “तिमीहरु आफ्नो परमपरा मान्नलाई कति धूर्तता संग परमेश्वरको आज्ञालाई टारीदिन्छौ।” (मर्कूस ७:९), साँची नै हामीले यस्तै गरिरहेका छौ l आज । तिजको रहन समयमा बिशेष गरि, इज्र्याल,अमेरिका,हंगकंग, बस्ने नेपालि इसाई चेलीबेटीहरु धेरै मात्रामा प्रभाभित भएको देख्न सकिन्छ l नेपाल भित्रत अझ धेरैनै यो कुरामा नारिएको देख्न पाईन्छ। कृपया हामी सत्यतालाई बुझेर सत्यको प्रकाशमा हिड्ने चेष्ट गरौ।
“तिमीहरु आफ्नो चलिआएको परमपरालाई कायम राखेर परमेश्वरको वचनलाई चाहिँ रद्ध तुल्यौछौ अनि यस्तै अनेक कामहरु तिमीहरु गर्दछौ।” (मर्कूस ७:१३) हुन् पनि हामि आफ्नो खुसि, र संसारिक क्षणिक आनन्दको निम्ति कु-सस्कार, र परमपरा कायम राख्ने, त्यसलाई हृदयमा ठाउ दिने काम गर्दैछौं । अब हामी यस्ता कु-रिति र, चाडहरुबाट बाहिरिनुपर्छ। यस्ता कुराले समाजलाई अन्धकारमा धकेलिरहेको अवस्था छ l
“कुन कुरा ठीक हो। भनेर तिमीहरु किन आफै निर्णय गर्दैनौ।” (लुका१२:५७)
“भ्रममा नपर खराब संगतले राम्रो चरित्रलाई नष्ट पर्छ।” (१कोरिन्थी१५”३३)
कुनैपनि उत्सव (चांड) परमेश्वरको ईच्छा बिरुद हुनजान्छ भने, त्यसबाट उहाँको महिमा हुदैन भने, त्यसमा सहभागी हुनुभनेको, हृदयमा मुर्तिलाइ ठाँउ दिनु हो ।
“तैले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाको मात्र सेवा गर्नु।” (मती ४:१०), (लूक४:८)”तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नु।” (मति२२:३७), (मर्कूस१२:३०)
” कोही ख्रीष्टमा छ भने त्यो नयां सृष्टि हो पुरानो बितिगएको छ, हेर, नयां आएको छ” (२कोरिन्थी५:१७)) अब साँची नै नयाँ हुनेपो होकी ?
याद गर्नुहोस्, इसाई समुदायले मात्र होइन तर नेपालमा भएका अरु आस्थामा बिश्वास गर्ने मानिसहरुले पनि यो तिज जस्ता कु-परमपरालाइ बहिस्कार गर्दै आइरहेकाछन् । र गर्दैछन ।


August 21, 2014

श्रवन बोम्जन #shrawanbomjan