७ तारिख बिहान आइतबारको दिन ठिक ७:३० बजे म लगायत अन्य १३ जना साथीहरु ब्याप्टिष्ट बाइबल कलेजको आँगनमा एकसाथ प्रार्थनाको निम्ति भेला भयौं l हामी सबै गरेर १४ जना थियौं l पोखरा नौंडाँडा हुँदै म्याग्दी, बेनी, बावियाचौर सम्मको सु-समाचारिया यात्राको निम्ति l हामी एक हप्ता समय छुटाएर, काठमाण्डोलाई केहि समयको निम्ति टाडा बनाउन निस्क्यौं l
हाम्रो टिममा १० जना सहभागीहरु ब्याप्टिष्ट बाइबल कलेजका बिध्यार्थिहरु थिए, म लगायत अन्य ३ जना चाहीं नयाँ जीवन ब्याप्टिष्ट चर्चको तर्फबाट थियौं l
खरिबोटबाट हाम्रो पहिलो यात्रा सुरु भयो l खरीबोट हुदै कलंकी सम्म एउटा बसमा आयौं l हामीलाई धेरै जना एकैसाथ देखे पछी गाडीको सहचालक भाइले हामीबाट ५० रुपैया बढ्ता भाडा लिएर हाम्रो यात्रालाई अलिकति हँसिलो बनाइदिनुभयो l
कलंकीको पेट्रोलपम्ममा केहिबेर उभिएपछि हाम्रो बस आइपुग्यो l बस आउनुभन्दा अगाडी टिकट काट्न जाने भाइलाई मैले एकजना बराबर पोखरा सम्मको हाम्रो भाडा कति पर्यो भनेर सोद्दा उहाँले केहीमात्रमा भाडा शुल्क लाग्ने भन्दा बढिनै तिर्नुभएको कुरा थाह भयो l भाडा बडी तिर्नुभाएछ भाइले भनेर हामी एकछिन छलफल पनि भयो, तर अन्तमा सबैले सायद बस राम्रो खालको होला भन्ने कुरामा बिश्वस्त भई यो कुरालाई अरु लम्ब्याउन चाहेनौं l
जब हामी जानुपर्ने बस आइपुग्यो हे हे हे .. बिश्वास नै गर्न नसकिने पुरानो थोत्रो बस हाम्रो अगाडी थियो l भ्यालिभित्र चल्ने भन्दा पनि पुरानो र असुविधा भएको l केहि दिन अगाडि नै बुक गरेको टिकट भएता पनि हामीले बस्न पाउने सिट पछाडी अन्तिममा थियो l त्यो बसको सिटमा बस्दा हाम्रो घुडा सिदा हुदैन थियो l एकदम साँघुरो l असुबिधा l साथीहरुलाइ मैले भने हाम्रो नम्रताको जाँच हुदैछ l हामी मिसनमा भएकोले यो कुरालाई सहेर बसौं l सबैजना सहमतिमा आउनुभयो l हाम्रो यात्र सुरुभयो ...
परमेश्वरको सुन्दर बरदानले सुसजित प्रकृतिको दृस्यहरु सँग खेल्दै, परमेश्वरको राज्यको पाल तन्काउने सेवाकाइको निम्ति, हामी सबैजना उत्साहित भएर धन्यवादी हृदयमा प्रस्तुत भइरहेको देख्न सकिन्थ्यो l
व्यक्तिगत कसैले पनि खाजा अथवा कुनै पनि कुराहरु किनेर खाना नपाउने नियम हामीले समूहमा बनाएको थियो l मिशनमा भएकाले गर्दा अनुशासनको परिधि भित्र रहनु चुनौतिको बिषय थियो, तर पनि हरेकले परमेश्वरमा इमान्दार हुनुपर्छ भन्ने कुरालाई स्वीकार गरेका थिए l
जब हामी खाजा खाने ठाँउमा आइपुग्यौं सबैजनाले हामी सँग अर्को ६ दिन बाँकी छ सायद खर्च नपुग्न सक्छ, सस्तो खाजा खाउँ , बरु बेलुका नौंडाँडा चर्च पुगेर छिट्टै खाना पकाएर खानुपर्छ भन्न थाले; सबैको सहमतिमा सस्तो खाजा खाने भनेर एकसाथ सबैजना होटेलमा पस्यौं l पूरी खानेकी भन्ने कुरा चल्दा चल्दा, छेउबाट एकजना साथीले चाउमिनको ५० रुपैया रे चाउमिन खाउँ भन्नुभयो l प्राय सबैले गएर फेरी चाउमिनको कति भनेर सोध्यो त्यहाको कामदारले ५० रुपैया नै भनेपछि सस्तो पो रहेछ भनेर सबैले चाउमिन नै खाना थाले l नयाँ ठाँउमा फसिनु हुँदैन होसियारी अपनाउनुपर्छ भनेर खानुभन्दा अगाडी हामीले खानको मूल्य सोधेर आफुलाई निकै चलाख महसूस गर्दै मुखमा चाउमिन हाल्दै थिए, अचानक साथीले आएर अहिले त चाउमिनको २५० भन्दै छ भन्दा मेरो त जिब्रोले स्वाद नै फेरी हाल्यो l
सबैले खाइसकेपछी काउन्टरमा पैसा तिर्न जाँदा त एकजनाको २५० ले हिसाब गर्न थाल्यो l हामीले त्यहाँको कामदारलाई यो होटेलको मालिक को हो बोलाउनु भनेर बोलाइ पठायौं l त्यस होटेलको मालिक आएर माफगर्नुस कामदार नयाँ भएकोले सुरुमा गल्ति भनि पठाएछ, २५० नै हो तपाईहरु झुकिएकोले गर्दा एकजनाको २०० को दरले दिनुभनेर त्यहाँ हामीलाई गजबले फसायो l हामीले २०० को दरले खाजाको पैसा तिर्यौं l हामीले चाहेको भए हाम्रो आवाजलाई चर्को बनाउन सक्ने थियौं l पुलिस बोलाएर केरकार गर्न सक्नेथियौं , तर येशूको नाउँमा भनेर हामीले त्यहाँ कुनै पनि रिसालु व्यबहार प्रकट गरेनौं किनकि हाम्रो दौड हामी जान्थ्यौं , र शैतानले हामीलाई २०० रुपैयाको निउले अल्झाउन खोज्दै थियो तर परमेश्वरले हामीलाई यहाँ विजय दिनुभयो, र भीडबाट येशू मौन भएर निस्के जस्तै हामी त्यो ठगिएको ठाउँबाट निस्क्यौं l
पोखरा बजारलाइ छोडेर हामी नौंडाँडाको लागि अझ अघि बढ्यौं l केहिबेरपछी हामी चढेको बसको अगाडी ४ वटा जति गाडीको दुरीमा ढुंगा माटो ओसार्ने एउटा गाडी पल्टियो l त्यतिनै खेर मलाइ अनुभव भयो कि हामी सानो-तिनो कामको लागि निस्केका मानिसहरु होइन, हाम्रो कामलाई बाधा दिन, अर्थात हाम्रो विश्वासमा धक्का दिन, डरको आत्मा हाल्न , अन्धकारको आत्माले निकै कोशिश गर्दैछन तर हाम्रो उज्यालोमा त्यो पस्न सफल हुनसकेको छैन l आदा घण्टापछी त्यो गाडीलाई एउटा क्रेन ल्याएर उठाइयो र यस्ता समस्या र बाधाहरूको बीचबाट भएर हामी ठिक ४ बजे तिर हाम्रो पहिलो दिनको गन्तव्य नौंडाडा चर्चमा पुग्यौं l
दोस्रो दिन :
नौंडाँडाबाट सु-समाचार सुनाउंदै फेवाताल तर्फ हामी झर्यौँ l हामी चढेको प्रत्येक बसमा सु-समाचारको पर्चाहरु हामीले बाँडेका थियौं l
जब हामी फेवाताल पुगेर नौंडाँडाको निम्ति बसमा फर्कदै थियौं एकजना ब्रदरले सु-समाचारको पर्चा सबैलाई दिन सुरु गर्नुभयो तब त्यो पर्चा एकजना दिदीको हातमा पर्ने बित्तिकै ठुलो आवाजमा हामी चढेको बसको टायर पन्चट भयो l त्यतिनै खेर त्यो दिदीले यो क्रिश्चियन धर्मको कागज छुने बित्तिकै यस्तो भयो भनेर गुनासो गर्दै हुनुहुन्थ्यो l हामी सँग हुनुभएको एकजना साथीले भन्नुभयो सायद हामी यो भन्दा ठुलो घटनामा पर्नेथियौं, तर यो कागजमा भएको परमेश्वरको बचनले गर्दा टायर मात्र पट्केको पनि त हुनसक्छ भनेर भन्दा उहाँ चुप रहनुभएको थियो l
बेलका फर्केर रातको १० बजे सम्म भोलिपल्ट हुने सडक नाटक र सु-समाचारिया सांगीतिक कार्यक्रमको निम्ति हामी अभ्यास गर्दै रह्यौं l
तेस्रो दिन :
बिहान हामी ४ भागमा बाडिएर दिउसो हुने सडक नाटक र सु-समाचारिया सांगीतिक कार्यक्रमको निम्ति गाउलेहरुलाई निम्तो दिन घर-घरमा पस्यौं l ३ बजेबाट हामीले कार्यक्रम सुरुगर्नु पर्ने थियो l आकाश कालो बादलले मडारिएको थियो l
अलि अलि झरी पनि परिनै रहेको थियो l पानीले हाम्रो कार्यक्रममा बाधा दिने डरले हामी अलिकति निराश थियौं l पानी पर्छ भनेर कार्यक्रम नगर्ने कुरा हुँदैन , बरु जति भ्याइन्छ कार्यक्रम गरौँ भनेर हामी चोकमा भेला भयौं l केहि भजनहरु गाएर हामीले मानिसहरुलाई भेला गर्यौ l
४ वटा सडक नाटक, जीवन गवाही, प्रवचन द्वारा हामीले इसाई आस्था बिदेशी धर्म होइन l हामी डलर पाएर यहाँ आएका होइनौं l हामीले पाएको खुशी र आनन्दलाइ चाखेर हामी चुप रहन सकेनौं त्यसैले तपाईहरुको ठाउँमा यो सु-समाचारलाई सुनाउन हामी आएका हौँ भनेर हामीले गवाही दिन सक्यौं l
नौंडाँडाको चोकमा हामीले कार्यक्रम गरिरहदा एउटा अचम्मको घटना घटेको हामीले थाहा पायौं त्यहाँ लामो समय देखि रहदै आउनुभएको दाजुको भनाइ अनुसार, हामीले कार्यक्रम गरेको चारैतिर डाँडामा पानी परेर यो खाल्टोमा पानी नपरेको अहिले सम्मको नै पहिलो घटना थियो l जबकी हाम्रो कार्यक्रम सकेको ठिक २ मिनेटमा ठुलो पानी परेको थियो l यसरि परमेश्वरले आफ्नो महिमाको बादलले हामीलाई ढाकेर उहाँको गवाही हुन दिनुभएको थियो l
चौथो दिन :
चौथो दिनमा हामी म्याग्दी, बेनी हुँदै .. बेनीबाट अर्को बस चडेर वाबियाचौर गयौं l
पाँचौं दिन :
यसपाली हामीले हाम्रो समुहलाई A,B,C, गरि तिन समुहमा बिभाजन गर्यौं l तिन समूह द्वारा ग्वाते गाँउ, नेटा गाउँ, हिडी गाउँ, दर्बांङ गाउँ, फुलबारी, महाभिर गाउँ, लामपाटा गाँउ, राणाभङ गाँउ, दरुंङ गाँउ, लरनी गाँउ, सुनारे गाँउमा गएर सु-समाचार सुनाउने कामभयो l
यस गाँउमा प्रायगरी मगरजातिहरुको बसोबास धेरै भएको पाइयो l धेरै मानिसहरु दुष्टआत्माको शिकार भएको र भूतप्रेतको आतंकमा बिमारीहरु भेटिन्थ्यो l धेरै जस्तो ठाउँमा अनुमति लिएर हाम्रो समुहले ति बिरामीहरुको निम्ति प्रार्थना गरिदिएका थिए l
यहाँको मानिसहरु शान्त स्वभावका थिए l उनीहरुले नयाँ मानिसहरुलाई गरिने मान-सम्मान सस्कारका कुराहरुबाट हामी निकै प्रभाभित भयौं l सुन्तला, अम्बा, अमिलो, काँक्रो , दहि जस्ता खाने कुराहरु हामीलाई गाउलेहरुले सित्तैमा खाना दिएका थिए l
छैटौं दिन :
वाबियाचौरबाट हिड्दै सबै जना छरिएर तातोपानी सम्म दिनभरी सु-समाचार सुनाइयो l
सातौ दिन:
बिहानको ८ बजेतिर हामी सबैजना दिउँसो क्याम्पस अगाडी हुने सडक नाटक र सु-समाचारिया सांस्कृतिक कार्यक्रमको निम्ति गाउलेहरुलाई निम्तो दिन गयौं l
१० बजे शनिबारको आराधना संगति सुरुभयो l स्थानीय चर्चको पाष्टरले संगतिको सम्पूर्ण भाग हाम्रो समुहलाई दिनुभएको थियो l हामीले कसैले संचालन गर्ने, कसैले बचन, क्वायर झुण्ड सम्हाल्ने गरेर काम बाँढेर गर्यौ र अन्त्यमा भेला भएका बिरामीहरुको चंगाईको निम्ति प्रार्थना गर्यौ,सबै बिश्वसिहरुलाई एकसाथ लिएर क्याम्पस अगाडी राखिएको सु-समाचार कार्यक्रमको निम्ति हामी बढ्यौ l
क्याम्पसको प्राङ्गनमा भएको सु-समाचारिया कार्यक्रम निकै आशिषमय भएको थियो l धेरैजना गाउलेहरुको भेला थियो l यसरि कार्यक्रम सकेपछी यहि दिन हामी बेलुका ७ बजेको बसमा काठमाडौँ फर्क्यौं l आइतबार बिहान हामी काठमाडौँ आइपुग्यौं l
एक हप्ताको मिशन फिल्डमा हाम्रो समूहमा कोहि-कसैको मनमुटाब भएको कुरा सुन्नुपरने l सबैजना एकतामा, मिलापमा, ख्रीष्टको प्रेममा एक भएर सबै ठाँउमा प्रस्तुत भएको थियो l
धेरै कष्ट, दुख, संघर्षको कुराहरु हाम्रो यात्रामा आइपरेता पनि सबै कुराको निम्ति परमेश्वर स्वयम् हाम्रो पक्ष्यमा खडा हुनुभयो l हामीलाई लाजमा पर्न दिनुभएन l परमेश्वरले हामीलाई उहाँको अनुग्रहमा साहसी र बलियो तुल्याउनुभयो l
सबै कुराको लागी परमेश्वर पितालाई धन्यवाद !
अन्त्यमा :
मलाइ पनि यस मिशन टिममा सहभागी हुने मौका दिनुभएको लागि नयाँ जीवन ब्याप्टिष्ट चर्च र ब्याप्टिष्ट बाइबल कलेजलाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु l म सँग रहेका अन्य १३ जना साथीहरुलाई पनि उहाँहरुले म प्रति देखाउनुभएको असल मित्रताको व्यबहारको निम्ति म धन्यवाद दिन चाहन्छु,l मेरो लागि प्रार्थना गरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद !
September 15, 2014
श्रवन बोम्जन