आफैलाई झैँ प्रेम गर

म आफ्नो जाति प्रति गर्व गर्छु,
तर आफुलाई भन्दा जातलाई,
बढी प्रेम चाही गर्दिन, जातले
म रहने होइन, म रहेर 
मेरो जात रहने हो, 
यदि मैले आफुलाई भन्दा बढी 
मेरो जातलाई प्रेम गर्छु भने, 
पक्कै मैले अरु जातलाई,
कहिँ न कहिँ भएर घृणा गर्छु, 
यसैले म जातलाई भन्दा 
आफुलाई बढी प्रेम गर्छु,ताकी 
जात भन्दा माथि म जिएकोले 
सबैलाई समान दृष्टिले, हेर्न 
सोच्न,बुझ्न,अंगाल्न सकु,
यहि शिक्षा मैले मेरो इश्वरबाट 
पाएको छु , मलाई सिकाउनु 
हुने, आत्माले भन्नुभयो 
आफ्नो छिमेकीलाई प्रेम गर,
सबैलाई आफैलाई झैँ प्रेम गर, 

श्रवन बोम्जन