हिन्दुत्वको नाउँमा बाहुन राज्यको माग ।
जातीयताको नाउँमा पहिचान सहितको राज्यको माग ।
नेपालको सरकारले नेपालमा ९०% हिन्दुहरु छन् भनेर तथ्यांक देखाएता पनि नेपाललाई हिन्दु राज्य हुनुपर्छ भनेर माग राख्नेहरुमा २०% पनि नभएका खस क्षेत्री/ ब्राह्मणहरु मात्र देखिएको छ । हुनलाई नेपालमा किराती, र बौध्दमार्गिहरुले पनि हिन्दुधर्म भित्रका कति परम्परा र संस्कारहरु मान्दै आएका हामी देख्न सक्छौँ, तर पनि उनीहरुले नेपाल एकल धार्मिक हिन्दु राष्ट हुनुपर्छ भनेर आफ्नो प्रस्ताब राखेको देखिन्न ।
केहि समय अगाडी जनजातिहरुले जातीय राज्यको माग राख्दा सडकमा निस्केर जातिया राज्यले देशलाई टुक्र्याउछ भन्दै असहमति जनाउदै घोर बिरोध जनाउने ब्राह्मणहरुले अहिले हिन्दु धर्मको कुरालाई जोडेर सिंगो देश नै बाहुन राज्य बनाउन खोजेको सड्यन्त्र हाम्रो अगाडी प्रष्ट देखिन्छ ।
बहुमतकै आधारमा राज्याले अहिलेको बिबादास्पद मुद्दालाई हेर्ने हो भने पनि हिन्दु राज्य अर्थात् बाहुन राज्य कदापी हुन सक्दैन । तर पनि धर्मको नाउँमा हिन्दु राष्ट भन्दै, ब्राह्मण राष्ट बनाउन खोज्नु भनेको, ठुलो मूल्य चुकाउनु पर्ने बाटो अपनाउनु मात्र हो । तर यसले कसैलाई मिलापमा राख्दैन ।
मैले आज सम्म हिन्दु राष्ट हुनुपर्छ भनेर आवाज उठाउनेहरुको बिचमा ब्राह्मणहरु बाहेक अरु जातिहरुको सहभागिता देखेको छैन । यसले के बुझाउछ ? बाहुन राष्टको माग हुँदै छ कि, हिन्दु राष्टको ?
बेलाबेलामा भारतीय हिन्दु दलालको आडमा यहाँका हाम्रा केहि भनाउदा हिन्दु अगुवाहरु निकै तातिने गरेको देखिन्छ । गएको केहिदिन अगी पनि एकजना टपरे नेताले हिन्दु राज्य नभए, बौध्दमार्गीहरुको गुम्बा, मुस्लिमको मस्जिद, क्रिश्चियनको चर्च भत्काउछु भनेर भनेको सुन्दा, साना छँदा चक्लेटको लागि रुने नानीहरु जास्तो लाग्यो ।
कुनैपनि हालतमा हिन्दु राज्यको नाउँमा यो देश “बाहुन राज्य” हुनै सक्दैन । धेरैको रगत बगी सकेको छ । धेरैले अनिंधो र भोकमा रात बिताई सकेकाछन् । बाहुनवादी सड्यन्त्रमा हजारौँ निर्दोष योध्दहरु सहिद भइसकेका छन् ।
आज जनजातिले बाहुनलाई प्रेम गर्न सिक्नुपर्छ । बाहुनले जनजातिहरुलाई प्रेम गर्न सिक्नुपर्छ । जनजातिले आदिमा यो देश हाम्रो मात्र थियो भन्ने अहमलाई प्रेममा मिसाउनुपर्छ । बाहुनहरुले पनि इतिहासमा झैँ चाप्लुसी गरेर जनजातिलाई दासत्वमा राख्न नखोजेर मानवताको दृष्टिमा समान ओहोदा बढौंन सिक्नुपर्छ ।
ब्राह्मण मित्रहरुले धर्मको नाउँमा हिन्दु राष्टको मुद्दा उठाएर बाहुन राष्टको सपना देख्नु एकदम मुर्खतापूर्ण भ्रम हो । आफैमा धोका हो ।
८०% भन्दा बढी जनजातिहरुको बहुमत भएको जिल्लाहरुको जातीय राज्यको मुद्दा त छिनाफाना हुन सकेको छैन । देशभर २०% मात्र रहेको ब्राहमणहरुले सिंगो राष्टलाई धर्मको नाम जोड्दै कसरि बाहुन राज्य बनाउन सक्छ ? ८०% जनजातिले हिन्दु राज्यको मुद्दालाई साथ् दिएकै छैन । यद्धपि हिन्दु जनजातिहरुले नै हिन्दु राज्यको मागलाई स्वीकार गरेको छैन ।
हिन्दुत्वको नाउँमा ईतिहासमा धेरै सड्यन्त्र भइसकेको छ । हिन्दु शब्दले हाम्रो पुर्खाहरुको आत्मा स्वतन्त्रतालाई खोसेको थियो । हिन्दु शब्दले हाम्रो ऐतिहासिक पुर्खाहरुको आकांक्षा र मानव अधिकार माथि खेलबाड गरेको थियो । बलात्कार भएको थियो । घर, खेतबारी खोसेको थियो । कहिल्यौ नसुनेको हिन्दुत्वमा जबर्जस्ति झुकाब राख्न बाध्य बनाएको थियो । हाम्रो राजाहरुको हत्या गरिएको थियो । देशको आकार खोस्यो । बहुजाति, बहुधर्मको पहिचान खोस्यो । यति ठुलो गुण पाई सक्यौँ हामीले, अब फेरी हिन्दु राज्यको नाउँमा बाहुन शासन दिने हामीलाई ?
हिन्दु राज्यको माग झुठो हो । षड्यन्त्र हो । सोझाहरुमाथिको खेलबाड हो । हिन्दुत्वको नाउँमा बाहुन राज्य खोज्नेहरुको षड्यन्त्र हो ।
हिजोको हाम्रो पुर्खाहरुलाइ हिन्दु करण गरेझौँ, आज हामीलाइ गर्न नसक्दा हिन्दुत्वको टाउको दुखेको छ । त्यसको परिधिभित्रबाट उम्केर हामीले अपनाएको आस्थाहरुमा हिन्दुले इर्स्या गरेका छन् । सधै मेरो पुर्खालाई दबाएर राख्ने हिन्दुत्वले मलाई दबाउन नपाउंदा यसका टपरे दुदहरु षड्यन्त्र रच्दैछन ।
हिजोको दिन गए अब । म स्वतन्त्र छु । मेरो छोरा छोरी स्वतन्त्र नै हुनेछ । म मेरो खुशीको आस्थामा बिश्वास गरेर जिउछु । मेरो छोरा छोरी पनि त्यसरी नै जिउनेछन ।
बुवाले अमिलो खाने छोरा छोरीको दाँत कुडिने दिन गए अब ।
एकल हिन्दुराष्ट भन्दै यहाँ, बाहुनले राज्य गर्ने दिन गए अब
भाइचारा प्रेममा मिलेर रहौं, जय नेपाल l
नोट: माथि लेखिएका मेरा बिचारमा खस क्षेत्री बाहुनलाई बिरोध गर्न खोजिएको छैन, मैले त केवल खस क्षेत्री बाहुन प्रवृत्तिलाई बिरोध गर्न खोजिएको मात्र हो l सिधा बुझेर आफुलाई नतताउनु होला !!
October 13, 2014
श्रवन बोम्जन