मैले मेरो हृदयको पीरलाई
तिम्रो उद्दारको गीतमा
साटेको छु,मलाइ सत्यताको
गहिराइ भित्र लगेर छोड्नुहोस्
जहाँ म हराउछु, र पनि मेरो
केहि नोक्सानी हुनेछैन, तर
यो वर्तमान समयको
दिनमै पनि मलाई डर छ,
किनकि, मलाई थाहाँ छ प्रभु
मेरो डर आफैमा पासो जस्तो छ,
तर तपाईमा भएको भरोसामा
म सधै आफुलाई सुरक्षित पाउछु,
म ढल्नै खोज्छु, तिम्रो आत्माको
बतासले मलाइ थमाई हाल्छ,
यसैले मैले मेरो योजनालाई
तिम्रो इच्छ्यामा साटेको छु ।
मलाइ आत्माको मार्गमा लगेर छोड्नुहोस्
जहाँ म हिड्न सकु..
श्रवन बोम्जन