तिमी चुप बस भन्छन्:

तिमी चुप बस भन्छन्:
१. पाष्टरले चर्चमा पैसा, शरिरको अभिलाषा, भौतिक मोह र कालोबजारी, अनैतिक कामहरू पाप हो भनेर सिकाउनुहुन्छ । तर त्यहि काममा संलग्न भएका अगुवाहरूको बारेमा हामीले खबरदारी गरेर लेख्यौं भने, यो पाप हो, ख्रीष्टको काम तिमीले आफ्नो हातमा लिनुहुँदैन, प्रभूले न्याय गर्नुहुन्छ, तिमी चुप बस भन्छन् ।

२. चर्चमा हामीलाई व्यभिचार, महिला माथिको कुदृस्ठि, कामदारमाथिको शोषण, र गरिबहरूमा थिचोमिचो गर्नु पाप हो भनेर सिकाइन्छ । तर उनीहरू कतिजनाबाटै भएका गल्ती, बहुविवाह, अफिसमा जातिय शोषण, महिलालाई कम महत्त्वको ठान्ने बिषयमा खबरदारी गरेर लेख्यौं भने, यो पाप हो, ख्रीष्टको काम तिमीले आफ्नो हातमा लिनुहुँदैन, प्रभूले न्याय गर्नुहुन्छ, तिमी चुप बस भन्छन् ।

३. हामीलाई परमेश्वरको कामको निम्ति र बिधी पूरा गर्न दशांश दिन, सुसमाचार, घरेलु सँगती, बाइबल स्कुल, विभिन्न अगुवा तालिमहरूमा जान सिकाइन्छ । तर दशांशमा किन भ्रष्टाचार ? सँगतिमा किन धनीलाई मात्र प्राथमिकता, तालिमहरूबाट शिक्षा प्राप्त युवाहरूलाई तपाईंहरूकै शरण पर्दा मात्र प्रभुको इच्छा ! यो अलिक उचित भएन भनेर खबरदारी गरेर लेख्यौं भने, यो पाप हो, ख्रीष्टको काम तिमीले आफ्नो हातमा लिनुहुँदैन, प्रभूले न्याय गर्नुहुन्छ, तिमी चुप बस भन्छन् ।

४. अरूको काममा बाधा पुर्याउनुहुन्न, खोस्नुहुन्न, चोर्नुहुन्न, एकतामा बस्नुपर्छ, हामी सबैतिर ख्रीष्टको नमुना बन्न सक्नुपर्छ भनेर हामीलाई बताइन्छ । तर अरूको चर्चको बिश्वासी किन तानेको ? अर्को चर्च फुटाएर किन आफ्नो सम्प्रादाय बनाएको ? फलानो सँगतिमा तपाईं किन नगएको ? पाष्टर-पाष्टर किन नबोलेको भनेर खबरदारी गरेर लेख्यौं भने, यो पाप हो, ख्रीष्टको काम तिमीले आफ्नो हातमा लिनुहुँदैन, प्रभूले न्याय गर्नुहुन्छ, तिमी चुप बस भन्छन् ।

५. बाइबल स्कुल , आश्रम, ngo हरू, विभिन्न संघसंस्थाहरू बिदेशीदाताको सहयोगमा खोल्छन् । करोडौंको बजेट हुन्छ । तर कतिपयले खुलेआम ७०% सम्म बिनाकाम सिधै भ्रष्टाचार गरेको देखिन्छ, बाइबल स्कुलमा फ्रीमा पढाईदिन्छौं भनेर बिदेशीसँग सम्झौता हुन्छ; यहाँ हरेक सहभागीबाट पनि असुलिन्छ । किन यस्तो गर्या ? भनेर खबरदारी गरेर लेख्यौं भने, यो पाप हो, ख्रीष्टको काम तिमीले आफ्नो हातमा लिनुहुँदैन, प्रभूले न्याय गर्नुहुन्छ, तिमी चुप बस भन्छन् ।
आलोपालो गर्नेहरू चुप बसेकै छन् ।

मार्चमा/23/2015
‪#‎shrawanbomjan‬