सुन मेरो मनको भाषा
ए मेरो हृदयको आशा
बन्यौ तिमी नै मेरो मनको अभिलाषा
केहि छैन मेरो जीवनमा
अब येशू नै हो मेरो आशा।
ए मेरो हृदयको आशा
बन्यौ तिमी नै मेरो मनको अभिलाषा
केहि छैन मेरो जीवनमा
अब येशू नै हो मेरो आशा।
घमण्ड मैले तोडी सकेको छु
प्रकृतिमा झुक्न छोडी सकेको छु
अब मृत्युको डरले घेर्दैन मलाई
तिम्रो काखमा भुली रहदा,
बढाइ देउ प्रभु, मेरो भरोसा
केवल तिमी नै त हौँ मेरो आशा।
प्रकृतिमा झुक्न छोडी सकेको छु
अब मृत्युको डरले घेर्दैन मलाई
तिम्रो काखमा भुली रहदा,
बढाइ देउ प्रभु, मेरो भरोसा
केवल तिमी नै त हौँ मेरो आशा।
बदलाको भाब राख्दिन मनमा अब
इर्स्याको गुण साच्दिन तनमा अब
स्यानो बन्नु लाजले छेक्दैन मलाइ
तिम्रो हात पक्री रहदा,
समाई देउ प्रभु, मेरो भरोसा
केवल तिमी नै त हौँ मेरो आशा।
इर्स्याको गुण साच्दिन तनमा अब
स्यानो बन्नु लाजले छेक्दैन मलाइ
तिम्रो हात पक्री रहदा,
समाई देउ प्रभु, मेरो भरोसा
केवल तिमी नै त हौँ मेरो आशा।
तिमीलाई कहिल्यै छोडदिन प्रभु
विश्वासलाई कहिल्यै तोडदिन प्रभु
गाउँ समाजको तिरस्कारले भेट्दैन मलाई
तिम्रो साथमा हिडी रहदा,
बचाइ देउ प्रभु, मेरो भरोसा
केवल तिमीनै त हौँ मेरो आशा।
विश्वासलाई कहिल्यै तोडदिन प्रभु
गाउँ समाजको तिरस्कारले भेट्दैन मलाई
तिम्रो साथमा हिडी रहदा,
बचाइ देउ प्रभु, मेरो भरोसा
केवल तिमीनै त हौँ मेरो आशा।
श्रवन बोम्जन