मलाई भेट्ने रहस्य

आँखा भरि छन सपनाहरु

बुझी दिदैन कहिले सफलताले
मनभरी छन् कल्पनाका भबिस्यहरु
तर नभेटिने ति भोलिका दिनहरु
आज होकी भोलि, यो बाटो भुल्ने
अनन्तको गन्तव्य तिर लाग्ने जिन्दगि
नलिएको ऋण तिर्न , उर्लिनु छ
जमिनको गहिराइ मुनि
बिहानीको सित झैँ कतिखेरको,
घामको तापले मलाइ सुकाउछ
मलाई थाहा छ, त्यहि समय देखि
म लुक्नेछु सधैको निम्ति
आजको बाटोहरु भएर म कहिले हिन्ने छैन
ए संसार तिमीले मलाइ खोज्छौ होला
तर कहिले भेट्ने छैनौ
सायद तिम्रो र मेरो बाटो एकै भए
भेट अबस्य हुनेछ, नत्र केहीछिन रुन्छौ होला
त्यो बादल पारि उदाउने, दृश्यलाई
जब तिमीले देख्छौ,
मेरो आत्माको प्रतिबिम्ब
पक्कै, त्यहि हुनुपर्छ , किनकि
मैले यो जीवनको हारमा बाच्दै
त्यो जीवनको सुखलाई चुनेको छु
त्यो राज्यको दुत बन्न
आजको इमान्दारिता स्वीकारेको छु
बिना सूचना म कतै हराए
यहि मेरो शब्दहरु हेर्नु
मलाइ भेट्ने रहस्य
अहिले नै बताई दिएको छु ।