हिजो र आजबाट अलिकति थाहाँ भयो, पशुहरुमा समानता सुरु भएछ, गाईको लोग्ने गोरु-पुरुषलाइ अधिकार मिल्न थालेछl अब पिडित गाईहरुले गोरुको अधिकारको निम्ति भएपनि नेपालबन्द नगर्न मानिस जातिलाई सुझाब दिन थालेको छl
हिजोको एउटा प्रेस बिज्ञप्तिमा गाईले भावबिहोर हुदै आँशुको साथमा भने, कसैले मेरो लोग्नेलाई बाऊ भन्न सक्दैन भने अब देखि मलाइ आमाको दर्जा नदेउ, म पशु हुँ l मलाइ पशुको दर्जा नै ठिक छ l किनकि तिमीहरु मानिसमा जस्तो भेदभाव साना-ठुला हामी पशुमा चल्दैन l गाईले अझ कुरा थप्दै भने, तिमीहरु मान्छेहरु भएर, आफु-आफुमा एकता र समान व्यवहार प्रकट गर्न जान्दैनौ भने, म जस्तो पशुलाई किन आमाको उपनाम दिन्छौ र मेरो लोग्ने-गोरुबाट मलाइ अछुत बनाउछौ, किन ?
ए मान्छेहरु आफैलाई जन्म दिने आमालाई आमाको स्थान देऊ, र बुवालाई बुवाको स्थान देऊ, म गाइ हुँ, तिमीहरुले मलाइ आमा भनेर किन पशु र मानिस बिचको सम्बन्धमा आच ल्याउने काम गर्छौ, म घाँस खान्छु साँच्चै तिमीलाई जन्म दिनेले घाँस खादैन् l
अबदेखि उसो मेरो नाममा आन्दोलन, बन्द जस्ता कुरा नगर, नत्रता तिमीहरु श्रेष्ठ प्राणी भएर जन्मेको के फरक भयो र ? साँच्चै म पशु हुँ र तिमीहरु चाँही म भन्दा श्रेष्ठ प्राणी हौ, भन्ने कुरालाई बुझ l तिम्रो बारीको निम्ति म तिमीलाई गोबर दिन सक्छु, तर तिम्रो आमाले जस्तै तिमि दुखमा छदा म, तिमीलाई सान्त्वना दिन सक्दिन l
आज मेरो आँखा खुलेको छ, तिमीहरुले मलाइ आमा भनेर मेरो अपमान गर्दा, मपनि बहकेर मेरो लोग्ने-गोरुलाइ तिमीहरुले जस्तै पक्षपात गरेर बाँच्दै आएको रहेछु l साँच्चै आज मेरो हृदयको आँखा खुलेको छ, अब म मेरो लोग्ने-गोरुको विरुध्दमा भएर तिमीहरुको झुटो आमा बन्न सक्दिन, किनकि मेरो भाषा तिमीहरु बुझ्दैनौ, र तिमीहरुको भाषा म बुझ्दिन, तर मेरो लोग्नेले मेरो भाषा बुझ्दछ, मलाइ जान्दछ तर तिमीहरुले त मलाई आमा भने पनि मलाइ जान्दैनौ र नजानेकै कारण मेरो नाउँमा तिमीहरु सड्यन्त्र रच्दछौ l
आजबाट मलाई छुटकारा देऊ, म अब उप्रान्त मेरो लोग्ने-गोरुको असल श्रीमती गाइ’नि भएर बाँच्न चाहन्छु l मेरो नाउँमा यो देशमा अप्रिय घटना नहोस्, म पनि यहींको घाँस खान्छु, यहाको नै खोला-नाला किनार पखेरोमा चर्छु l म पशु भएर त म रहेको देशमा शान्ति चाहन्छु भने, तिमिहरु मान्छे हुनुको परिचय बनाऊ – अब उसो म तिम्रो आमा होइन l साँच्चै तिमीलाई जन्म दिने आमालाई आमाको स्थान देऊ, र बुवालाई बुवाको स्थान देऊ, l
पशु प्रेस, कन्फ्रेन्स : गाइटार
2014/06/24
श्रवन बोम्जन
#shrawanbomjan
#shrawanbomjan