क्रिसमसमा देउसी कि क्यारोल ?

कुरा के हो भने, पुसमा क्रिसमस हो, तर मङ्सिर देखि नै, क्यारोल खेल्न सुरु गरिन्छ। क्रिसमस आउन लाग्यो । म विश्वासी भएदेखि नै एउटा कुरा ठीक लाग्ने थिएन। त्यतिबेला म विश्वासमा नयाँ भएकोले यो कुरालाई छलफल गर्न पनि संकोच मान्थें किनकि मेरो सोचाई गलत होला भनी म सोंच्थें तर अचेल विश्वासमा बढ्दै आउने क्रममा पनि, त्यो कुरा ठीक नलाग्ने क्रम रोकिएको छैन | मलाई चित्त नबुझ्ने कुराको बिषयमा अलिकति बताउन चाहन्छु,  तपाईहरूलाई कस्तो लाग्छ ? कृपया आफ्नो विचार राख्नुहोला ।

कुरा के भने पुसमा क्रिसमस हो, मङ्सिर लाग्नासाथ क्यारोल खेल्न सुरु गरिन्छ | हिन्दु चलनको देउसी-भैलोझैं घर-घरमा गई खेलिन्छ | घर-घरमा गई भजन गाउनु, नाच्नु, ख्रीष्ट येशू संसारमा जन्म लिएर आउनु भएको, खुशीको दिनलाई चर्चा गर्नु, उहाँको गवाही बाढ्नु  नराम्रो कुरा होइन, तर क्रिसमसको  नाउँमा भइरहेको गलत प्रभाब, र अभ्यासले चाहिं मलाइ चित्त बुझेको छैन ।

आज भोलि, बिशेष गरेर नेपालमा बिश्वसिहरुको घर, घरमा गएर क्यारोल खेल्ने गरेको पयिन्छ, क्यारेल खेल्न विश्वासीहरु कसैको घरमा आए पछी, भेटि स्वरूप केहि पैसा दिदै र, खान-पिनमा सहभागी गराउने जस्ता चलन हाम्रो बिचमा सुरु भइ सकेको छ। यो चलन नेपालमा कसले सुरु गरे कहाँबाट आए यो बिषयमा म अनबिज्ञानै छु ।

जब ख्रीष्टमस नजिकिन्छ मण्डलीमा बिश्वसिहरुलाई सोधिने गरिन्छ तपाइको घरमा क्यारेल राख्न चाहनुहुन्छ ? भनेर, त्यति खेर अलिकति सक्षमहरुले हात उठाउछन, हामी राख्न चाहन्छौ भनेर, तर त्यहीं समूहमा कोही-कोही यस्ता परिवारहरु पनि हुन्छन, चाहेर पनि मेरो घरमा क्यारेल खेल्न आउनुहोस् भन्न सक्दैनन्, किनकि उनीहरु कतिजनाले राम्रो खाजा, र भेटि दिन नसक्ने अबस्थामा आफुलाई पाएका हुन्छन । यसरि ख्रीष्टको नाउँमा गरिने संगतिमा आर्थिक समस्याले गजेर बिश्वसिको स्थरलाई अलग गराउदै, हामीमा तितो रुखहरु उम्री रहेको छ । तर मण्डलीले यो खाले अभ्यास मात्र जारि राखेर, इसाई परिवारहरुलाई बुझ्न नसक्नु, अर्थात् उनीहरुमा परेको असरलाई नबुझ्नु एकदम दुखको कुरा ठान्दछु म ।

मैले बिदेशीमा भएको मण्डलीहरुमा क्यारेल खेल्दै विश्वसिको घरमा पैसा उठाउदै हिनेको देखिन, सायद, मैले थाहाँ नपाएको पनि हुन् सक्छ । तर म प्रष्ट पार्न चाहन्छु, ख्रीष्टमस र क्यारेललाइ देउसी, बनाइ रहेकाछन, हाम्रा नेपाली इसाइहरुले। अलिकति जान्ने बुझ्नेले पनि यो बिषयमा बोल्न,लेख्न,भन्न खोजेका छैनन् । क्यारेललाइ फोनड राइजिंग कार्यक्रम जसरि लानु एकदम गलत अभ्यास भएको मैले पाएको छु।

वास्तविक कुरा अझ यो ख्रीष्टमस भनेर मनाइने दिनमा नै येशू जन्मेको भन्ने कुनै आधारभूत प्रमाण पनि छैनन्, र क्यारेल भन्ने उत्सव पछिलो इतिहास हेर्दा अ-इसाईहरुको एउटा चाड हो भनेर हामीले बुझ्न सकिन्छ। र पनि ख्रीष्टमस मान्नुहुन्न भन्ने पक्ष्यमा छुइन, तर यसको अभ्यासले फैलाई रहेको देउसी कार्यक्रम जस्ता, भेटि बटुल्न मात्र सिमीत कार्यक्रम गरेर हिन्ने कि , साँच्चै ख्रीष्ट पापिहरुका निम्ति जन्मिनु भएको बिश्वास र खुशीको समय समजेर, साँच्चै मण्डली सबै उहाँको नाउँमा आनन्द मनाउने हो ? भन्ने बिषयमा मलाई लेख्न मन लागेको छ ।


हुन त कसै-कसैले क्यारोल गाउन आउनेहरुलाई नखुवाए पनि हुन्छ भन्छन् तर सबैले खुवाउनाले आफूले पनि खुवाउनुपर्ने बाध्यता हुन्छ | यसरी त झन् आर्थिक बोझ पो भएन र ? अझ बिडम्बना भनूँ, ज-जसले घरमा क्यारेल खेलाउन सक्दैन वा खुवाउन सक्दैन त्यसको घरमा क्यारेल हुँदैन तर त्यसको भेटि चाहिं स्वीकारिन्छ।

आफ्ना विश्वासीजनलाई वर्षमा एकपटक खुवाउन पनि के दुःख मान्नुजस्तो त हुन्छ तर यस किसिमको चलन खर्चालु हो। म चाहन्छु, सबैको घर-घरमा क्यारेल होस्, प्रभुको भजनमा नाचगान होस् तर खुवाउने-पियाउने र भेटी डालोमा भर्नपर्छ भन्ने खालका मनसायमा होइन । के ? केहि दिन नसक्ने विश्वसिको दैलोमा गएर हामीले प्रार्थना गरि दिन सक्दैनौ र ?

अहिले यहाँ क्रिसमस र क्यारोलको बिषयमा साँच्चै छलफल गरौ भने पनि, क्रिसमस आफैमा बिबाद ल्याउने खालको मितिमा अल्झेको छ । ता पनि जुनै मिति र दिनमा भएपनि ख्रीष्ट हामी पापिहरुको लागि यस संसारमा जन्म लिएर आएका हुन् भन्ने सत्य गवाही र विश्वासले हामीलाई यो ख्रीष्टमसको समयलाई बिशेष बनाउन प्रेरणा मिल्दछ । भने, कति मण्डली हरुले ख्रीष्टमसलाइ बिश्वास गर्दैनन् र मान्दैनन पनि यो उहाँहरुको आफ्नो ठाँउमा छ।

क्यारोल खेल्न घर-घरमा गएर भेटि उठाउने चलन नेपालमा मात्र होकी अन्त देशमा पनि छ ? मैले त अहिले सम्मम, भएको देशमा देखिन यस्तो चलन।

यस्तो चलन काहाँ देखि र कसले-किन चलाएको हो भन्ने पनि म जान्न चाहन्छु | यस्तो चलन रोक्न के गर्नुपर्ला ? रोक्नु जायज कि नाजायज ? यस्तै चलन रहे ‘गरिबलाई दसैं दशा’ जस्तै भएझैं ‘गरिबलाई क्रिसमस पनि दशा’ जस्तै नहोला भन्न सकिन्न, कि कसो ?    

गएको बर्ष मेरो घरमा पैसा थिएन्, अनि मेरो घरमा क्यारोल टोलि पनि आएन भनेर गुनासो गर्नेहरु धेरै छन् । भेटि उठाउनुको लागि यो उत्सव मनाउदै हुनुहुन्छ तपाइँ ? ख्रीष्टको संगति, दिन सक्ने र नदिन सक्नेमा भनेर विभाजित भएको छ र ? किन मण्डलीमा भएका कमजोर बिश्वसिहरुलाइ लज्जित तुल्याउने अभ्यास गर्दैहुनुहुन्छ ?। सायद सबै मण्डलीमा मैले लेखे जस्तो नहोला, तरै पनि क्रिसमस नामलाई लिएर हामीले धेरै गलत अभ्यासलाइ उठाएको कुरा चाही लुकाउन सकिदैन ।

के सबै विश्वासी एकै ठाउँ मण्डलीमा भेला भएर क्रिसमसलाई बिशेष गरि मान्न सकिन्न,?। क्रिसमस दिनमा खान,पिन, र सुसमचारिया कार्यक्रम राख्नको लागि बिश्वसिहरुलाई पैसा उठाउने चलन पनि छ, यसरि सबैले मिलेर पैसा उठाएर गरेको काम सार्है आफैमा राम्रो कुरा हो,। तर मण्डलीले तोके जति सबै विश्वासीले क्रिसमसको लागि पैसा दिन सक्दैनन्,। उदारहणको लागि, एक परिवार बर-बर Rs. २००० उठाउनुभयो, तर मण्डली भित्र सबैले त्यति रकम क्रिसमसको लागि भनेर छुट्टाउन सक्दैन, जसले गर्दा दिन नसक्नेहरु यस्ता क्रियाकलापबाट भित्रि हृदयमा दुखि हुन्छन किनकि सबैले दिए मैले दिन सकिन भनेर, हो यस्ता समस्याहरुलाई मण्डलीले कसरि बुझिलिनु भएको छ, । दशैमा ऋण लिएर दशैँ माने जस्तो, गरि क्रिसमस मान्न बिश्वसिहरुलाई सिकाउनु भएको छ भने ? म चाहिँ यो गलत अभ्यास हो भन्छु । 

किनकि हामी इसाइहरुका निम्ति हरेक दिन बिशेष दिन हो । क्रिसमसको दिन मात्र होइन। बिश्वसिहरुलाई, देउसी र दशैको जस्ता रिति-तिथि पुरा गर्न नसिकाउनुहोस। आत्मामा जिउन सिकाउनुहोस, कमजोर र दुर्बलले पनि प्रशंसा गर्न सक्ने हाम्रो महान परमेश्वरको प्रेमले घेर्नुहोस्।  धनि र गरिबलाइ छुट्टाएर हेर्ने दृष्टिकोणलाइ फ्याकौ, ख्रीष्ट येशुमा सबै समान हुन्। प्रभूले विधुवाको भेटि स्वीकार गरे झैँ मण्डलीमा भएका दुर्वल परिवारलाई स्वीकार गर्नुहोस्,। दिन सक्नेलाई मात्र खुशी नपार्नुस, पछाडी बसेका दिन नसक्ने परिवारलाई पनि खुशी बाढ्नुहोस। उनीहरुलाई अगाडी ल्याउनुहोस्।

क्यारोलको नाउँमा देउसी, नाखेल्नुस । - मेरो विचार मात्र -