आस्थाको नाउँमा आफैलाई कमजोर बनाउने पक्षहरू:

आस्थाको नाउँमा आफैलाई कमजोर बनाउने पक्षहरू:
नेपालको सन्दर्भमा ।

१. हिन्दूहरू गाई नै आमा हो भन्छन् । बलात्कारि र ज्यानमारालाई भन्दा गाईको मासु खानेलाई बढी सजाय हुनुपर्छ भन्ने मान्यता राख्छन् । संसार चन्द्रमामा बस्ती बसाल्ने शक्तिमा प्रस्तुत भैइसक्दा पनि नेपालका हिन्दुहरू भने गाई बचाउने अभियानमा अल्मलिइरहेका छन् । हिन्दूहरूमा संस्कृत पढ्ने र केही क्षेत्री/बाहुन परिवारभित्र हुर्केकालाई मात्र हिन्दुत्वको ज्ञान हुन्छ । ९०% हिन्दुहरू हिन्दुत्वको ज्ञानबिना नै हिन्दु भएर रहेका छन् । धर्मको नाउँमा गाई उनीहरूको निम्ति सबैभन्दा कमजोरी पक्ष हो ।

१. मुस्लिमहरू सुंगुरलाई सबैभन्दा अशुद्ध ठान्दछन तर पनि नेपालको राज्य भन्दा केही मुस्लिम राष्ट्रका राज्यपक्ष नम्र देखिन्छ, किनकी ती राष्ट्रहरूम सुंगुरको मासु बेच्न दिइन्छ । तर नेपालमा गाई काट्न र गाईको मासु बेच्न प्रतिबन्ध लगाइएको छ । तर पनि पाँचतारे होटेल, कोरियन रेष्टुरेन्ट, जापानिज रेष्टुरेन्टतिर गोरूको मासु खाना पाइन्छ । मुस्लिमहरूले आफ्नो धर्म सम्बन्धी हरेकलाई मगजधुलाई हुनेगरी सिकाएको हुन्छ । धर्मको नाउँमा मुस्लिमहरूको निम्ति सुंगुरको मासु सबैभन्दा कमजोर पक्ष हो ।

३. इसाईहरूको निम्ति सैतान शब्द, आत्मिक, भौतिक दुबै जीवनको निम्ति कमजोर पक्ष हो । बासीभात खाएर पखाला चल्यो भने पनि यिनीहरू शैतानलाई हकारेर बस्छन् । कतिचोटी कम ज्ञानको कारण सर्पलाई, बिच्छिलाई, कालो रङ्गलाई सैतान भन्छन् र परमेश्वरको सृष्टिलाई नै अपमान गर्छन् । आफ्नो गल्ती बोध नगरेर यिनीहरू आफुबाट भएको गल्तिहरूलाई शैतानले गर्दा भनेर आफू जोगिन चाहन्छन् । इसाईहरूको निम्ति आस्थाको नाउँमा सैतान शब्द सबैभन्दा कमजोर पक्ष हो ।

MARCH/24/2015