हतास पनि नहुनु यस्ता संकष्टमा
हेर म तिमीलाई रहस्यमय सत्य बताउदैछु,
जब मेरा आँखाहरु बन्ध-बन्ध हुँदै थिए,
वरिपरी रोदन, चिच्याहाट, कोलाहाल,
सुनिदैथियो आर्तनादका ध्वनिहरू
हो मैले यस संसार र भौतिक जीवनलाई छाड्दै थिएँ
इसाई भनेर सधैंका लागि,
आफ्नै मानिसहरुले मलाइ मेटाउन खोज्दा,
मैले भोगेका कष्टको अवाज,
त्यस समथल मैदानमा
प्रत्येक मानवको कर्णद्वार छुन पुगेको बेला
तिम्रो आखाको नानीहरु भिज्दै गर्दा,
परमेश्वर प्रति तिम्रो बिन्ति गुञ्जिएकोथियो,
गुञ्जिएकोथियो,
मैले पनि तिम्रो आवाजलाई सुने,
तर मेरो प्रिय! म हारेको छुइन रहेछु,
जसले मलाई मेटाउन खोज्यो,
मेरो छिमेकी र मेरो मृत्युमा
खुशी मनाइयो र तिमीहरु बिचमा डरको आत्माले घेर्यो,
हो तिनीहरुलाई सुनाइ देउ,
पिता-पुत्र-पबित्र आत्माको आशिष
मैले ख्रीष्ट येशूमा विजय प्रप्ता गरेको छु,
आदि,अन्त्य र यो घडीको अजम्बरी रहने
जीवन्त दर्शनलाई मैले प्रप्ता गरेको छु,
म बिजयी भएको छु ,
क्षणिक मृत्यु पाए पनि
अविनाशी जीवनमा सरेको छु,….
प्रिय ! जस्तै मूल्य चुकाउनु परेता पनि
ख्रीष्ट येशूमा आफुलाई सुम्पी देउ
अब तिम्रो र मेरो मिलन यहि सत्यमा मात्र, सम्भब छ, .
यहि सत्यमा मात्र, सम्भब छ, ……
श्रवन बोम्जन ।