किर्ते आरोप !

धर्म परिवर्तन गराउँदै हिँड्नेको सङ्ख्या बढेको भण्डारीको गुनासो र बालबालिकालाई क्रिश्चियन बनाए प्रतिबालक तीन हजार दिने प्रस्ताव जस्ता झुटा अरोप र इर्ष्यपूर्ण गुनासोको निम्ति मैले कानमा अलिकति तेल खनाएर सुनेजस्तो र मनमा सङ्लाले बाधेर भण्डारीको गुनासो बुझे जस्तो गरेको छु l उहाँको गुनासो लुकेको व्यथामा सान्त्वना मिलोस l
सजिसजाऊ भएर आएका र जोडीमा रहेका क्रिश्चियनले बालगृहमा देखाएको प्रलोभनका कुरालाइ जोड दिदै, सिंगो इसाई समुदायमा फेरी थपिएको यो अर्को आलोचनाको बिषय भनेको, अब मैले बुझ्दा सत्यले अर्को खुट्किलो उक्लेको र असत्यले तल्लो खुट्किलो भात्कौन खोजेको जस्तो मात्र ठान्दछु !
मानव धर्मको बिषय, l इश्वरीय धर्मको बिषय, l इर्ष्यालु धर्मको बिषय, l कसैले इर्ष्याको जडलाई धर्ममा लादेका छन्, कसैले मानवको कुचारित्र, र तल्लो निच सोचलाई धर्ममा जोडेका छन्, कसैले इश्वरहरु बनाएर यसलाई धर्ममा मिसाएका छन् l
गएको केहि समय अगाडी दिलशोभा श्रेष्ठको बिषयमा मानव धर्म र इर्स्याको निकै षड्यन्त्रपूर्ण खेल र समाबेशी थियो l जुन कुराले निकै चर्चा बटुले र त्यसमा पनि इसाई समुदायको खेदो भएको थियो l दोष लगाउनेले निकै प्रमाण खोजे भेटाएनन र अन्त्यमा माफी मागेर त्यो कुराको अन्त्य गरियो l
आजकाल केहि हिन्दू साथीहरुले मानव धर्मको गुणलाई रद्द गर्दै इर्स्याको भावनामा डुबेर धर्मको कुरालाई लाददै एकअर्कामा भएको शान्तिपूर्ण सम्बन्धलाई खल्बल्यौन खोजिरहेको प्रष्ट देखिन्छ l
यदि पैसा दिएर धर्म परिवर्तन गरौन खोज्नेलाई इनिहरुले भेटे भने त्यतिकै छोड्छन र भन्या ? इ केहि हिन्दू साथीहरु अहिले भोको सिंह जस्ता भएकाछन l यदि केहि प्रमाण पाएमा इनिहरुलाई खाऊ भनेर तर प्रमाण छैन l लगाइएका सबै दोषहरु झुटा हुन् l सत्य भएता इनिहरु लेखेर मात्र दोष्याएर मात्र चुप रहने थिएनन् l तर पनि भोको पेटलाई केहि सास्ती होस् भनेर इनिहरुले अलि अलि हुरी चलाई रहेकाछन् l तर हाम्रो सिद्दान्त र काम, बिश्वास, प्रेम, चट्टानमा बनाएको घर हो भन्ने कुरा बुझ्नुहोला l हुरीले, हावाले, हल्लिदैन l
सम्पूर्ण इसाई दाजु-भाइ दिदि-बहिनीहरुलाई यस्ता आरोपहरु प्रति बिचलित नहुन र आफ्नो मण्डली, समाजमा असल कम गरेर बढ्न उत्साह दिन चाहन्छु l पहेलो पात आफै सुकेर झर्छ l झरेनन भने पनि मालीले टिपेर, छाटेरा फ्याल्छन !
एक सत्यमा ९९ असत्यलाई झट्का लाग्छ, र त्यो ९९ असत्यहरु आफै अनियन्त्रित भएर कामना थाल्छन, तर झाक्री चाँही होइन l आफै काम्ने आफै लड्ने आफैमा सामर्थ नभएको झुटको श्रोत मात्र हुन् l
-समाजमा दाजु-भाइ एकअर्कामा मिलेर रहनु कति मनोहर छ –

july 15 2014
श्रवन बोम्जन #‎shrawanbomjan‬