एक मित्र पाएको छु !

अब म स्वतन्त्र छु 
बन्धन मुक्त भएको छु 
मेरो दोषको सजाय भोक्ने,
एक मित्र पाएको छु ।
अब म उज्यालोमा छु 
अन्धकार मुक्त भएको छु 
मेरो पापको क्रुस बोक्ने, 
एक मित्र पाएको छु ।
अब म बचाइएको छु 
दोष मुक्त भएको छु 
मेरो निम्ति मृत्यु चाख्ने, 
एक मित्र पाएको छु ।
अब म छानिएको छु 
पाप मुक्त भएको छु 
मेरो निम्ति चिहान फोड्ने,
एक मित्र पाएको छु ।
अब म रमाएको छु 
अविनाशी युक्त भएको छु 
मेरो निम्ति स्वर्ग खोल्ने,
एक मित्र पाएको छु ।
8/23/2013

श्रवन बोम्जन